करेन्टलागि १ जनाको मृत्यु
२०७९-०६-०६
- A
- A-
- A+
मोरङको मिक्लाजुङ गाउँपालिका-१ स्थितमा करेन्टलागि १ जनाको मृत्यु भएको छ । हिजो बेलुका पैने ४ बजे बिधुत प्रसारण लाईनको तारमा अचानक बिधुत सर्ट भई आगलागि हुँदा बिधुतको एउटा तार जली भुईमा झर्दा स्थानिय ६५ बर्षीय रमेश राईलाई करेन्ट लागेर घाईते भएका थिए । घाईते राईलाई तत्काल उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे लगिएकोमा उनको अस्पताल पुर्याउना साथ मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको छ ।