प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्लाको सुरक्षा ब्यबस्था सम्बन्धमा छलफल तथा अन्तरक्रिया

२०८०-०१-२४

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले पाँचथर जिल्लाका स्थानिय जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, जिल्ला स्थित विभिन्न संघ संस्थाका प्रतिनिधी, व्यापार संघ, नागरिक समाज, पुर्व प्रहरी, पत्रकार लगायतका ब्यक्तित्वहरु संग छलफल तथा अन्तरक्रिया गर्नु गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरको निरीक्षण भ्रमणको क्रममा भएको उक्त कार्यक्रममा सहभागी महानुभावहरुले जिल्लाको सुरक्षा ब्यबस्था तथा जिल्लाका अन्य बिबिध परिस्थितिको बारेमा आ-आफ्नो जिज्ञासा राख्नु भएको थियो । उपस्थित महानुभावहरुबाट आएका जिज्ञासाहरुलाई सम्बोधन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जनमुखी प्रहरीको अवधारणा अनुरुप प्रहरी खटिने र शोषित, पिडित, असहाय, नागरिक तथा पिडामा परेका व्यक्तिहरुलाई प्राथमिकताका साथ प्रहरी सेवा प्रदान गर्ने गरी प्रहरी परिचालित हुने प्रतिबद्धता ब्यक्त गर्नु भयो । उक्त कार्यक्रममा जिल्ला सुरक्षा समितका पदाधीकारीको तर्फबाट पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला समन्वय समितिका प्रमुखले धन्यबाद ब्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार
प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०४-११

मोरङ, धनकुटा र उदयपुरबाट लागुऔषध ओसार पसारमा संलग्न रहेका ४ जनालाई पक्राउ गरिएको छ । हिजो मोरङको बिराटनगर-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेकजाँचको क्रममा पैदल यात्री भारत बिहारका २५ बर्षिय गौरव जैनलाई १.७४ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने  जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका-६ स्थितबाट मोरङ्ग पथरी शनिश्चरेका २१ बर्षीय मिलन तामाङलाई स्प्रासरेस्ट र ट्रामानिल १०२ ट्याव्लेट,  गाँजा १०० ग्राम सहित नियन्त्रणमा लिएको छ । यसै गरी उदयपुरको चौदण्डीगढी नगरपालिका-६ का २४ बर्षीय केवस तामाङ् र २३ बर्षीय सुस्मा राईलाई  ट्रामानोल ६०० ट्याव्लेट, क्यालिवान ६०० ट्यावलेट सहित इलाका प्रहरी कार्यालय बेल्टारले  पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

प्रतिवन्धित लागुऔषध सहित ५ जना प्रहरीको नियन्त्रणमा
२०८१-०४-०७

मोरङ, झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो साँझ सुनसरीको अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीको टोलीले धरान-१७ स्थितबाट स्थानिय ३२ बर्षीय जीवन राई र २५ बर्षीय मनिष लिम्बुलाई ट्रामाडोल ८२० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले मेचीनगर नगरपालिका-६ स्थितमा भारतबाट नेपाल आउदै गरेका १९ बर्षीय निर्दोश डाँगीलाई ३ ग्राम ५ सय २० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो भने लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले विराटनगर-१६ स्थितबाट स्थानिय २० बर्षीय जिवछ खत्वे र मोरङ उर्लावारी-४ का ३३ बर्षीय सबिन बुढाथोकीलाई नाईट्रोजेपाम ३० चक्की सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

अबैध लागुऔषध ब्राउनसुगर र गाँजा सहित ६ जना पक्राउ
२०८१-०४-०६

मोरङ, सुनसरी र झापाको बिभिन्न स्थानहरुबाट अबैध लागुऔषध ब्राउनसुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान साढे ४ बजे बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बिष्णुपादुका सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान-२० भज्याङ छेउ स्थितबाट बागमती प्रदेश -०१-०२६ च ५०१९ नम्बरको कार र को २७ प ४८४७ नम्बरको मोटरसाईकलमा सवार ईटहरी उप-महानगरपालिका-१० का ४० बर्षीय राम कुमार चौधरी र ईटहरी-११ का ३६ बर्षीय मोहन कार्कीलाई १२ किलोग्राम लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएको हो । यसैगरी मोरङको केराबारी-८ खदम खोलाको पुलबाट केराबारी-७ का १९ बर्षीय साजन लिम्बु, केराबारी-१ का २२ बर्षीय गोबिन राई, धनकुटा चौबिसे गाउँपालिका-५ का ३१ बर्षीय शक्ती लिम्बुलाई १ ग्राम ९२० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित लागुऔषध ओसार पसारमा प्रयोग गरको को २५ प ५९४५ नम्बरको मोटरसाईकल सहित इलाक प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको हो । यसका साथै हिजो राती १० बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बाघखोरबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका-३ बेलडागी शिविर का २७ बर्षिय बिक्रम राईलाई घरमा लुकाई छिपाई राखेको १ ग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । अबैध लागुऔषध सहित पक्राउ परेका सबै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।