अवैध गाँजा सहित भारतीय कार नियन्त्रण
२०८०-१२-१०
- A
- A-
- A+
सुनसरीको भोक्राहानर्सिंङ गाउँपालिका- ६ उराव टोल स्थितबाट अवैध गाँजा सहित भारतीय कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो बिहान ९ बजे बिशेष सुचनाको आधारमा प्रहरी चौकी चिरौलीचोकबाट खटिएको प्रहरी टोलीले WB06E3179 नम्बरको भारतीय कार लक गरी राखेको बेबारिसे अबस्थामा फेला पारी उक्त कारको लक खोली चेकजाँच गर्दा कारको डिकी भित्रबाट १ सय ६५ किलोग्राम अवैध गाँजा बरामद गरेसगै कार नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा अनुसन्धान भईरहेको छ ।