प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुनचाँदी चोरीमा संग्लग्न ३ जना पक्राउ

२०८०-०२-११

  • A
  • A-
  • A+
Share

जिल्ला प्रहरी कार्यालय मोरङले सुन र चाँदी चोरीमा संग्लग्न रहेको आरोमा ३ जनालाई पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको छ । जेठ ३ गते बिराटनगर महानगरपालिका-३ का जय किशोर चौधरीको घरमा चोरी भएको सूचना पाएसंगै तत्काल घटनास्थलमा खटिएको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको थियो ।

चौधरीको घरबाट २० तोला सुन र ३६ केजी चादी चोरी भएको जानकारी पाएसंगै जिल्ला प्रहरी कार्यालय मोरङले उक्त घटनाको अनुसन्धानको लागी ८ जनाको अनुसन्धान टोली परिचालन गरेको र सुक्ष्म अनुसन्धानको क्रममा घटनामा संग्लग्न ३ जनालाई जेठ १० गते राती पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा  बिराटनगर-१२ का २१ बर्षीय राज कुमार कामत, १९ बर्षीय बिबेक कामत र २२ बर्षीय श्रीकान्त दास रहेका छन् । जयकिशोर चौधरी र ज्योती प्रसाद खाँले साझेदारीमा ज्वलर्स संचालन गर्ने गरेको र ज्वलर्सका समानहरु चौधरीको घरमा राख्ने गरेकोमा घरैबाट चोरी भएको थियो ।

चोरीमा संग्लग्न ब्यक्तिहरु पिडितका छिमेकी वा चिनेजानेकै ब्यक्तिहरु भएको आशंकामा अनुसन्धान शुरु गरेको प्रहरी टोलीले घटनास्थल आसपासका केही ब्यक्तिहरुको निरन्तर निग्रानी गर्ने क्रममा उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका ब्यक्तिहरु मध्ये बिबेक कामत चोरी मुद्धामा ९ महिनाको सजाय भुक्तान गरेर यही बैशाख २८ गते छुटेका र श्रीकान्त दास डाका मुद्धामा २० महिनाको सजाय भुक्तान गरी गत असोज ३ गते छुटेका  हुन् ।

यिनीहरुले चोरी गरेको मध्ये सुन भारतिय बजार बेचेको र ३५ केजी चाँदी प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ३५ केजी चादी सहित भारतिय रुपैयाँ २ हजार ५ सय, नेपाली रुपैयाँ १ हजार ७ सय ३० र २ थान मोवायल समेत बरामद गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८३-०२-२७

झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरूबाट जेठ २६ गते लागू औषध सहित ४ जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका–१६ स्थितमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको धरान उप-महानगरपालिका–१५ का २८ वर्षीय सुजन लिम्बुलाई ५ ग्राम २१ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले इटहरी–१६ का २७ वर्षीय दिपेश चौधरी, २८ वर्षीय सरोज चौधरी र बराहक्षेत्र नगरपालिका–९ का २४ वर्षीय दिपेन्द्र मोचेलाई ३ ग्राम २२० मिलिग्राम ब्राउन सुगर सहित बराहक्षेत्र–१ स्थितबाट पक्राउ गरेको भने प्रहरीको सोही टोलीले बराहक्षेत्र–२ स्थित पटनाली जंगलमा बेवारिसे अवस्थामा रहेको को २४ प ६७४ नम्बरको मोटरसाइकल र १५ वटा बोरामा रहेको  ४३० किलोग्राम गाँजा बरामद गरेको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ ।

लागू पदार्थ सेवन गर्ने १४ जना नियन्त्रणमा
२०८३-०२-२६

मोरङको विराटनगर महानगरपालिका-१६ स्थित सिमा क्षेत्रमा चेकजाँचको क्रममा ला.प.से. गरी सवारी चलाउने १३ जना र पैदल यात्री १ जनालाई  प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको “लागू औषध दुर्व्यसन विरुद्धको महाअभियान (Mega Campaign Against Narcotics- Mega CAN)” अन्तरगत जेठ २५ गते लागू पदार्थ सेवन तथा प्रयोग समेतलाई नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले विराटनगर-१६ स्थित सिमा क्षेत्रमा आवत जावत गर्ने सवारी साधन तथा संकित व्यक्तिहरुलाई लक्षित गरी गरेको ला.प.से. चेकजाँचको क्रममा १२ जना सिटी सफारीका चालक, १ जना अटोटेम्पो चालक र १ जना पैदल यात्रीले ला.प.से. गरेको फेला पारेको थियो । लागू पदार्थ सेवन गर्ने १४ जनालाई इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।  

लागू औषध सहित ३ जना पक्राउ
२०८३-०२-२६

झापा, सुनसरी र मोरङ जिल्लाको विभिन्न स्थानहरूबाट जेठ २५ गते लागू औषध सहित ३ जना पक्राउ परेका छन् । झापाको इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पाँचथर फाल्गुनन्द गाउँपालिका–७ का २५ वर्षीय सुजन नेम्वाङलाई ८ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित दमक नगरपालिका–६ स्थितबाट पक्राउ गरेको छ भने सुनसरीको धरान उप-महानगरपालिका–१७ स्थितमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT तथा अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको संयुक्त टोलीले सोही स्थानका ३१ वर्षीय करण खड्काको घर कोठामा चेकजाँच गर्दा Tramol ६५० क्याप्सुल र Coliban ९४० चक्की गरी जम्मा १ हजार ५ सय ९० पिस प्रतिबन्धित औषधि फेला पारी नियन्त्रणमा लिएको छ । त्यसैगरी मोरङको रतुवामाई नगरपालिका–८ स्थित ३५ वर्षीय कर्णबहादुर थापाले घरबाट लागू औषध बिक्री वितरण गर्दै आएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङबाट खटिएको प्रहरी टोलीले थापालाई उनकै घरबाट ३ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ८ जना पक्राउ
२०८३-०२-२५

झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरूबाट लागू औषध सहित ८ जना पक्राउ परेका छन् । झापाको प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका–४ सुकुम्बासी बस्ती स्थितबाट गौरीगञ्ज गाउँपालिका–१ का २० वर्षीय जीवन राजवंशीलाई १ ग्राम ५७ मिलिग्राम ब्राउन सुगर सहित, ताप्लेजुङ्गको सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनका २५ वर्षीय विजय लिम्बु र पाँचथरको फिदिम नगरपालिका–२ की २३ वर्षीया एलिना तामाङलाई प्रतिबन्धित औषधि NITZASCEN ७ चक्की सहित र इलाका प्रहरी कार्यालय अनारमनीबाट बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–६ स्थित राजु राजवंशीलाई उनकै घरबाट ३ ग्राम ब्राउन सुगर फेला पारी राजु राजवंशी र संलग्न ३० वर्षीय अभिनास चौधरीलाई पक्राउ गरेको छ । सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका–७ स्थित २५ वर्षीय रवि श्रेष्ठलाई उनकै घरबाट ५ ग्राम १७० मिलिग्राम ब्राउन सुगर, N10 लेखिएको १६३ पिस प्रतिबन्धित चक्की, नगद ४५ हजार ९ सय रुपैया तथा एक थान डिजिटल तराजु सहित पक्राउ गरेको छ ।त्यस्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तिमा खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–११ का २५ वर्षीय अभिषेक कार्की ढोली र त्रियुगा नगरपालिका–३ लच्काका ३० वर्षीय फिलेमान शाहको साथबाट १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ ।