प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला प्रहरी कार्यालय पाँचथरको निरीक्षण

२०७९-१०-१८

  • A
  • A-
  • A+
Share

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज जिल्ला प्रहरी कार्यालय पाँचथरको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालयका सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । निर्देशनको क्रममा वहाँले  धार्मिक स्थल, पर्यटकिय क्षेत्रहरु भएको पहाडी जिल्ला पाँचथरमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले  समय समयमा लामो तथा छोटो गस्तिहरु खटाई आम नागरिकहरुको सुरक्षार्थमा खटिन तथा बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गरी नागरिकहरुलाई शान्ति सुरक्षा प्रदान गर्न निर्देशन दिनुभयो । साथै बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालनगरी आम नागरीकहरुमा सचेतना फैलाउनुका साथै सेवाग्रहीसँग समान व्यावहार गरी प्रहरी संगठनको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न समेत निर्देशन दिनु भयो ।

 

 

सम्बन्धित समाचार
प्रहरीलाई ४ थान बिद्युतिय टेम्पो हस्तान्तरण
२०८१-०२-१३

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई शान्ति सुरक्षाको निम्ति परिचालन गर्न अटो सिटि बजाज सोरुम इटहरी सुनसरीका संचालक प्रदिप कुमार सन्थालियाले ४ थान बिद्युतिय टेम्पो प्रदान गर्नु भएको छ । आज दिउँसो नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरी सुनसरीमा आयोजित एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङलाई सन्थालियाले ४ थान बिद्युतिय टेम्पो हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खापुङले कोशी प्रदेश प्रहरी कार्यालयलाई प्राप्त भएको उक्त बिद्युतिय टेम्पो ट्राफिक व्यवस्थापनका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेललाई १ थान, समाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि परिचालन गर्न जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक बिपिन रेग्मी र नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवीका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरियालाई १/१ थान हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा प्रमुख अतिथि खापुङले प्रहरीलाई बिद्युतिय टेम्पो प्रदान गरी सहयोग गर्नु हुने सन्थालियालाई हार्दिक धन्यवाद दिनु हुँदै उक्त बिद्युतिय टेम्पो प्रहरीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापनका साथै समाजमा सचेतनामुलक कार्यक्रम संचालन गर्न नियमितरुपमा प्रयोग गरीने बताउनु भयो । कार्यक्रममा समाजसेवी सन्थालियाले समाजमा शान्ति सुरक्षा प्रदान गर्न अहोरात्र खटिदा सुरक्षाकर्मीलाई सहजता मिलोस भनेर उक्त बिद्युतिय टेम्पो आफुले प्रदान गरेको बताउनु भयो । उक्त कार्यक्रममा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी अधिकृत लगायत ट्राफिक प्रहरी कर्मचारीहरुको साथै संचारकर्मीहरुको समेतको उपस्थिति रहेको थियो ।  

अवैध सामान बरामद
२०८१-०२-१३

झापा, मोरङ र सुनसरी जिल्ला बिभिन्न स्थानहरुबाट भन्सार छलीका अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । शनिबार सुनसरीको धरान उप-महानगरपालिका- ८ तिनकुने स्थित अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ईटहरीबाट धरानतर्फ जादै गरेको को.१.ख.६५०२ नम्बरको ट्रकबाट बिलबिजक नभएको अवस्थामा बिभिन्न प्रकारका किराना तथा अन्य सामानहरु अन्दाजी ४० लाख २६ हजार ६८५ रुपैँया बराबरको बरामद गरेको हो भने झापा र मोरङका सम्बन्धित प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बिभिन्न प्रकारका कपडा लगायत खाद्यान्नका समाग्रीहरु अन्दाजी १ लाख ४६ हजार बराबरको सामान बरामद गरेको हो । बरामद भएका समानहरु आवश्यक कारवाहीको लागि सम्बन्धित भन्सार कार्यालय पठाईएको छ ।

मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु
२०८१-०२-१३

सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो दिउँसो साढे ३ बजे चतरातर्फ जादै गरेको को. २८ प ४७५८ नम्बरको मोटरसाईकल दुर्घटना भई करमखोलाको पुल देखि अन्दाजी ८ मिटर तल्ल झरी दुर्घटना हुँदा चालक  सोहि स्थानका ३५ बर्षीय पुष्प बस्नेत र मोटरसाईकलमा पछाडी सवार निजको ७ बर्षीय छोरा अनुभव बस्नेत घाईते भएका थिए । घाईते उनिहरुलाई उपचारको लागि घोपा धरान पठाईएकोमा उपचारको क्रममा अनुभव बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।  

प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ
२०८१-०२-१२

नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका-३ का ४५ बर्षीय पन्चु पासवान रहेका छन । पासवानले मोरङको कटहरी गाउँपालिका-५ का राज कुमार उराउलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भनि ३ लाख ३० हजार रूपैँया नगद लिई ठगी गरेको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । जेष्ठ १२ गते पक्राउ परेका पासवानको ठगी कसुरमा सम्मानित मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।