प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध समान बरामद

२०७९-०४-०१

  • A
  • A-
  • A+
Share

झापाका दुई छुट्टाछुट्टै स्थानबाट शनिवार राती अन्दाजी साँढे ६ लाख भन्दा बढीको अबैध समान बरामद भएको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शनिवार राती १० बजे झापाको मेचीनगर नगरपालिका-६ बाट नेपालबाट भारत तर्फ लैजाँदै गरेको ५ बोरा सुपारी  र भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको ४ पोका बिभिन्न किसिमका कपडा गरी अन्दाजी ४ लाख बराबरको समान बरामद  गरेको हो ।

यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार राती साँढे १२ बजे भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउँदै गरेको करिव २ लाख ७५ हजार बराबरको लत्ता कपडा बरामद गरेको छ । यसरी अबैध रुपमा समान बराद भएसंगै आवश्यक कारवाहीको लागी मेची भन्सार बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार
सहकारी चोरीमा संलग्न ६ जना पक्राउ
२०८१-०१-१०

झापा जिल्लाको बिभिन्न स्थानमा रहेको सहकारीहरु चोरीमा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर ईन्द्रसरोबर गाउँपालिका-५ का ३० बर्षिय सोमलाल स्याङ्तान, २१ बर्षीय सुनिल भन्ने सन्त बहादुर स्याङ्तान, २२ बर्षीय सुनिल स्याङ्तान, २५ बर्षीय बुद्ध स्याङ्तान, २६ बर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका-८ का २८ बर्षीय अजय राना मगर रहेका छन् । पक्राउ परेका उनिहरुले बिभिन्न मिति र समयमा १३ वटा सहकारीहरु योजनाबद्ध तरिकाले चोरी गरेको खुल्न आएको छ ।सहकारी चोरी भएको घटनाको जानकारी जिल्ला प्रहरी कार्यालय झापामा प्राप्त हुनासाथ अनुसन्धान तथा खोज तलासमा खटिएको प्रहरी टोलीले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको समन्वय र जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा संलग्न ६ जनालाई ईटहरीको बिभिन्न स्थानमा लुकि छिपि बसेको अवस्थमा बैशाख ७ गते पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट मोटरसाईकल २ थान, सहकारी चोरीमा प्रयोग गरेको बिभिन्न औजारहरु र उनिहरुले उक्त समयमा प्रयोग गरेको कपडा समेत बरादम गरेको छ । उनिहरुले बिभिन्न सहकारीहरुबाट ३० लाख १६ हजार ६ सय ८७ रुपैया चोरी गरेको खुल्न आएको छ भने पक्राउ परेका ६ जनालाई सम्मानित जिल्ला अदालत झापाबाट चोरी कसुरमा म्याद थप  गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   

बाँदर धपाउन राखिएको बन्दुक पड्किदा १ जनाको मृत्यु
२०८१-०१-१०

पाँचथरको हिलिहाङ गाउँपालिका- ४ सिबुवा स्थित बाँदर धपाउन राखिएको बन्दुक पड्किदा १ जुनाको मृत्यु भएको छ । हिजो राती साढे १० बजे घरदेखि अन्दाजी १ किलोमिटर उत्तरमा मकै रोपेको खेतमा बाँदरलाई धपाउनको लागी भरुवा बन्दुक पड्काउने क्रममा उक्त बन्दुकको फायरिङ पिनको नाल फुटी पड्किदा बारुदको छर्राले शरिरको बिभिन्न भागमा लागेर घाईते भएका स्थानीय ५१ बर्षीय मन कुमार सिगुको उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको हो । घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा इलाका प्रहरी कार्यालय अमरपुर र अस्थाई प्रहरी चौकी पाँचथरबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०१-१०

झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ३ बजे झापाको अर्जुनधारा नगरपालिका- ५ स्थितमा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले कन्काइ नगरपालिका- ८ का ३१ बर्षीय रविन चौधरीलाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट ४० ग्राम ८२० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । त्यस्तै इलाम चुलाचुली गाँउपालिका- ५ घर भई हाल दमक नगरपालिका- ३ भुटानी शरणार्थी शिविर स्थित बस्दै आएका ३३ बर्षीय फुर्वा तामाङको घरमा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने सुचना पाएसगै प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले उक्त घरबाट ब्राउनसुगर २ ग्राम ६०० मिलिग्राम, नगद १५ हजार ४५० रुपैया र बिभिन्न कम्पनीको मोबाईल २ थान बरामद गरेसगै तामाङलाई पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका- १६ हुलास चौक स्थित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले ३ ग्राम ४४ मिलिग्राम ब्राउनसुगर सहित कानेपोखरी गाउँपालिका- ५ का ३१ बर्षीय आकाश धिमाल र बिराटनगर- १५ ढाटबाट NITRAVET १६५ चक्की, SPASMO ८० क्यापसुल नियन्त्रित औषधी सहित ईटहरीका ४८ बर्षीय सुबास नगरकोटीलाई पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर ४ सय मिलिग्राम र नगद १९ हजार ९ सय रुपैया सहित पथरीशनिश्चरेका २१ बर्षीय अनि मगर र २० बर्षीय आनीहान लिम्बुलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

नहरमा डुबेर बालीकाको मृत्यु
२०८१-०१-०९

झापाको शिवसताक्षी नगरपालिका-७ स्थितमा रहेको कन्काई सिचाई आयोजनाको नहरमा डुबेर बालीकाको मृत्यु भएको छ । हिजो दिउँसो साढे ३ बजे स्थानीय राजबिर ऋषिदेवको १४ बर्षिया छोरी सन्जु ऋषिदेव नहरमा नुहाउन गएकोमा उनलाई अपरान्ह ४ बजे नहरमा डुबेर मृत्यु भएको अवस्थामा स्थानीयले फेला पारेका थिए । घटनाबारे जानकारी पाउनासाथ तत्काल घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय शिवगञ्जबाट प्रहरीको टोली खटिएको थियो भने इलाका प्रहरी कार्यालाय झिलझिलेबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान तथा कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी दमक अस्पताल पठाएको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

सावरी दुर्घटना हुँदा १ जनाको मृत्यु ३ घाईते
२०८१-०१-०८

झापाको कचनकवल गाउँपालिका-६ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएका छ भने ३ जना घाईते भएका छन् । हिजो राती १० बजे मे. ८ प ८१७ नम्बर र BR 36x3944 नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर लागी दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक कचनकबल-४ का ४१ बर्षीय कृष्ण प्रसाद साहको उपचारको क्रममा  ओमसाई पाथिभरा अस्पतालमा भद्रपुरमा मृत्यु भएको हो भने  घाईते १४ बर्षीय संदिप माझी, २१ बर्षीय गोपाल राजबंशी र २५ बर्षीय राम बहादुर राजबंशीको सोही अस्पतालमा उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।