हात्तीको आक्रमणबाट १ जनाको मृत्यु
२०८०-०८-१६
- A
- A-
- A+
झापाको हल्दिबारी नगरपालिका- ३ स्थितमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । रणकाली सामुदायिक वनमा चौकीदारको काम गर्दै आएका स्थानीय ४० बर्षीय धन बहादुर वनलाई जंगलबाट आएको जंगली हात्तीले कुल्चिएर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसगै जिल्ला प्रहरी कार्यालय झापाबाट घटनास्थलमा प्रहरीको टोली खटिगई सम्पुर्ण कानुनि प्रकृया पश्चात शवलाई परिक्षणको लागि प्रादेशीक अस्पताल भद्रपुर पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।