लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०७९-११-१९
- A
- A-
- A+
मोरङ र झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो मोरङको बिराटनगर-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बिराटनगर-६ का आयुफ अलीलाई ०.४५ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने झापाको मेचीनगर नगरपालिका-६ स्थितमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका अर्जुन धारा नगरपालिका-११ का ३६ बर्षीय सागर गिरीको साथबाट १ ग्राम ७ सय मिलिग्राम र मेचीनगर-६ कि २० बर्षीया सन्ध्या दर्जीको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद भए संगै नियन्त्रणमा लिएको हो । प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धित कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।