प्रतिबन्धित तथा नियन्त्रित औषधी सहित ६ जना पक्राउ
२०८२-०१-२०
- A
- A-
- A+
सुनसरीको विभिन्न स्थानहरुबाट प्रतिबन्धित तथा नियन्त्रित औषधि सहित ६ जानालाई प्रहरीले पक्राउ गरेको छ। वैशाख १९ गते राति पौने १२ बजे धरान उप-महानगरपालिका-१ शितल मार्ग स्थितमा डेरा गरी बस्ने मानिसहरुले लागु औषध करोवार गरी रहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले भोजपरका ३० वर्षीय सुजन श्रेष्ठ, १७ वर्षीय अंगत श्रेष्ठ, ३१ वर्षीय सागर राईलाई कोठा भित्र लुकाई छुपाई राखेको प्रतिबन्धित औषधी ट्रामाडोल, कोलिवान, स्पास्पेन, डिकोलिक, Nitrazepam, Arominc गरी १० हजार ३ सय १५ पिस , ब्राउन सुगर १ ग्राम ७ सय ६० मिलिग्राम र नगद रुपैया २ लाख ५३ हजार ७ सय ९६ सहित पक्राउ गरेको छ भने सोहिदिन वडा प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-१५ स्थितबाट धनुषा जनकपुर घर भई हाल सुनसरी धरान-१५ लक्ष्मन मार्ग स्थितमा डेरा लिई बस्ने २५ वर्षीय राहुल शाह र निजकै श्रीमती २४ वर्षीया लक्ष्मी राईको कोठाबाट ट्रामाडोल-५ हजार ५० क्याप्सुल, र धरान-१७ सियोन मार्ग स्थितमा डेरा लिई बस्ने ४० वर्षीया ममता भगतको कोठा बाट ट्रामाडोल, २० स्पास्पेन, opadol गरी ६ हजार २ सय ८५ चक्की औषधी सहित पक्राउ गरेको छ ।