प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना दुई जनाको मृत्यु

२०८०-०५-२४

  • A
  • A-
  • A+
Share

सुनसरी र झापाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । शनिवार सुनसरीको धरानमा को.१ क ११५९ नम्बरको स्कुलबसले प्र.१-०२-०५२ प १९५२ नम्बरको स्कुटरलाई ठक्कर दिंदा घाईते भएका स्कुटर चालक पर्सा घर भई बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत प्रभु दयाल चौधरी र पछाडी सवार निजको श्रीमती २६ बर्षीया अम्बिका माखिमलाई उपचारको लागी घोपा लगिएकोमा उपचारको क्रममा माखिमको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । यसैगरी झापाको कमल गाँपालिका-३ बोहोरा टोलमा दक्षिणबाट उत्तर तर्फ आईरहेको मे. ११ प ९२०३ नम्बरको मोटरसाईकल र बिपरित दिशा तर्फ गई रहेको गई रहेको मे. २ प ५९२३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका ९२०३ नम्बरको मोटरसाईकल चालक कमल गाउँपालिका- ३ का ३० बर्षीय बिरेन्द्र सहनीको उपचारको क्रममा लाईफ लाईन अस्पताल दमकमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटना भएका सवारी तथा चालकलाई समेत नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८३-०५-२१

झापा, तेह्रथुम र मोरङको छुट्टा छुट्टै स्थानहरुबाट भदौ २० गते लागू औषध सहित ४ जनालाई पक्राउ गरीएको छ । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट इलाका प्रहरी कार्यालय काकँरभिट्टा र लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर-१३ का २३ वर्षीय विवेक राजवंशीलाई ३ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर सहित, प्रहरी चौकी शरणामतीले बिर्तामोड नगरपालिका-२ का २५ वर्षीय सनम शेर्मालाई ४ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसैगरी अस्थायी प्रहरी पोष्ट चित्रे तेह्रथुमले धनकुटाको महालक्ष्मी नगरपालिका-१ का २९ वर्षीय सुजित भण्डारीलाई ट्रामाडोल ३८ क्याप्सुल र डिकोलिक ३८ ट्याब्लेट सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय पथरी मोरङले पथरी शनिश्चरे-८ स्थितबाट कानेपोखरी गाउँपालिका-४ का ३४ वर्षीय राज कुमार लिम्बुलाई ८५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०५-१९

सुनसरी, झापा र धनकुटाबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १८ गते सुनसरीको धरान- ५ का ३१ बर्षीय मनिराज भुजेललाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय धरानले ४ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर सहित उनकै घरबाट पक्राउ गरेको हो भने प्रहरी चौकी कप्तानगञ्जले देवानगंज गाउँपालिका- ३ बाट देवानगंज गाउँपालिका- १ का सन्दिप कुमार मेहतालाई २१० मिलिग्राम ब्राउन सुगर र को. २५ प ७८९७ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिईएको छ । त्यस्तै झापाको दमक- ५ स्थितबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले इलाम चुलाचुली गाउँपालिका- ५ का ३५ बर्षीय हिरालाल बिश्वकर्मालाई ३ ग्राम २३० मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने प्रहरी चौकी टाघनडुब्बाले झापा गाउँपालिका- ४ बाट बाह्रदर्शी गाउँपालिका- ७ का २७ बर्षीय सन्तोष क्षेत्रीलाई १ ग्राम २६ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । धनकुटाको साँगुरीगढी गाँउपालिका- ६ भेडेटार चौक स्थितबाट इलाका प्रहरी कार्यालय भेडेटारले १५ किलो ७३ ग्राम गाँजा सहित ओसार पोसारमा संलग्न साँगुरीगढी- ४ का भिम बहादुर लिम्बु, सागर लिम्बु र बीर बहादुर लिम्बुलाई को. २८ प ७२७७ र प्र.१-०२-५८ प ६०९९ नम्बरको दुई थान मोटरसाईकल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

उद्धार कार्यमा परिचालित प्रहरी कर्मचारीहरुलाई आवश्यक सामग्री उपलव्ध
२०८३-०५-१९

मिति २०८३ साल भदौ १० गते बुधवार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायत विभिन्न जिल्लाहरुमा सडक, पुल, पूर्वाधार लगायत ठुलो मानवीय एवं भौतिक क्षति भई खोज उद्धार तथा विपद व्यवस्थापन कार्यमा अग्रपंक्तिमा परिचालित प्रहरी कर्मचारीहरुका  निम्ति आवश्यक पर्ने हेण्ड ग्लव्स, गमबुट र माक्सहरु स्वतः स्फुर्त रुपमा सहयोग स्वरुप मोरङ उद्योग व्यापार संघ, अनपूर्ण जुत्ता चप्पल उद्योग दुहवी, म्याजिक फुट वेयर दुहवी, समाजसेवी लगायत अन्य संघसंस्थाहरुबाट विपद उद्धारका निम्ति कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई हस्तान्तरण भएको निम्न अनुसारको सामग्रीहरु नेपाल प्रहरी प्रधान कार्यालय मार्फत उद्धार कार्यमा खटिएका प्रहरी कर्मचारीहरुले प्राप्त गर्ने गरी पठाईएको छ । सामग्रीहरुः १.      मोरङ उद्योग व्यापार संघ – हेण्ड ग्लव्स- ४०० जोर, गमबुट-३८४ जोर । २.     अन्नपुर्ण जुत्ता चप्पल उद्योग प्रा.लि. दुहबी- गमबुट-७२० जोर । ३.     म्याजिक फुट वेयर दुहवी- गमबुट १४४ जोर । ४.     उत्सव सप्लायर्स विराटनगर- गमबुट-१०० जोर । ५.     दिपेश खतिवडा (समाज सेवी)- माक्स- १०७ कार्टुन (२,५६,८०० पिस) ।

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०५-१८

मोरङ, उदयपुर र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट भदौ १७ गते लागू औषध सहित ७ जनालाई पक्राउ गरीएको छ ।   कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय रानी मोरङको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१६ स्थितबाट १ ग्राम ३७० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित मोरङको केराबारी गाउँपालिका-७ का ३३ वर्षीय कमल राईलाई पक्राउ गरेको छ । यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका-३ का २६ वर्षीय सावन राईले लागू औषधको कारोबार गर्दै गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले राईको घर खानतलाशी गर्दा ट्रामाडोल १ हजार ४ सय ५४ क्याप्सुल र डाइक्लोमाईन १ हजार ४ सय ५४ ट्याब्लेट बरामद गरे संगै राई र चौदण्डीगढी-६ का २७ वर्षीय शुभ राईलाई पक्राउ गरेको हो । यसका साथै इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले  धादिङका २७ वर्षीय सुवास अर्याल र सिन्दुपाल्चोकका ३७ वर्षीय बिक्रम कार्कीलाई इटहरी उप-महानगरपालिका-४ स्थितबाट १९ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका-२ का गौतम ऋषिदेव र सुन्दरहरैचा नगरपालिका-७ का २८ वर्षीय अमिन चौधरीलाई नियन्त्रणमा लिएको हो ।  पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।  

Fire extinguisher को प्रयोग सम्बन्धी १ दिने अनुशिक्षण
२०८३-०५-१७

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी कर्मचारीहरुलाई लक्षित गरी Fire extinguisher को प्रयोग सम्बन्धी १ दिने अनुशिक्षण तालिम प्रदान गरेको छ । भदौ १७ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा संचालित अनुशिक्षण तालिमको प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले समुद्‍घाटन गर्नु भएको थियो । तालिम उद्‍घाटन कार्यक्रमलाई सम्वोधनको क्रममा प्रहरी नायव उपरीक्षक जवेगुले कार्यक्षेत्रमा आइपर्ने आगलागीका घटनामा थप क्षति हुन नदिन र तत्काल नागरिकको जीउधनको रक्षा गर्न यो तालिमले प्रहरी कर्मचारीहरूको व्यावसायिक दक्षता अभिबृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । तालिममा सहभागी प्रहरी कर्मचारीहरुलाई बिपद ब्यव्स्थापन गुल्म चन्द्रगढीका तालिम प्राप्त प्रशिक्षकहरुले ठोस, तरल, ग्यास, विद्युतीय जस्ता आगलागीका प्रकार र तिनलाई निभाउने उपयुक्त विधिहरू, आगलागी भएको अवस्थामा Fire Extinguisher को सुरक्षित र सही प्रयोग गर्ने विधि र उद्धार कार्यमा खटिँदा अपनाउनुपर्ने सुरक्षा र सावधानीका उपायहरूको वारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । उक्त तालिममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र मोरङमा कार्यरत प्रहरी वरिष्ट हवल्दार देखी प्रहरी जवान दर्जा सम्मका ३० जना प्रहरी कर्मचारीहरुको सहभागीता रहेको थियो । आगो नियन्त्रणका उपयुक्त विधि र जोखिमयुक्त क्षेत्रबाट नागरिकको उद्धारसम्बन्धी सीपले आकस्मिक अवस्थामा गरिने उद्दारलाई सहयोग पुर्‍याउनेछ । समयमै सही विधि अपनाएर आगो नियन्त्रण गर्न सके थप क्षति  रोक्न सकिने भएकाले प्रहरी कर्मचारीलाई अग्नि नियन्त्रण सम्बन्धी व्यवहारिक तथा सैद्दान्तिक ज्ञान दिलाईएको हो  ।

लागू औषध गाँजा सहित २ जना पक्राउ
२०८३-०५-१७

सुनसरीबाट लागू औषध गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । भदौ १६ गते सुनसरीको दुहबी नगरपालिका ११ नहर चौक स्थित भित्री सडक खण्डमा अस्थाई प्रहरी चौकी तनमुनाबाट खटिएको प्रहरी टोलीले नहर चौक देखि शुक्रबारे तर्फ जादै गरेको को २१ प ७९८० नम्बरको मोटरसाईकलबाट गाँजा २८ के.जी. बरामद गरि मोटरसाईकल चालक सुनसरी देवानगंज गाँउपालिका ३ का २३ बर्षीय एम.डी. जावेद मियालाई पक्राउ गरेको छ । यसै गरी हिजै सुनसरीको कोशी गाँउपालिका १ लौकही स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले मधुवनबाट लौकही तर्फ आउदै गरेको ना. ६० प. ५३९१ नम्बरको मोटरसाईकलबाट गाँजा १७ किलो १४० ग्राम फेला परे पश्चात मोटरसाईकल चालक भारत सुपौल पञ्चायत फत्तेपुर वडा नं. १ बस्ने २१ बर्षीय दिपक कुमार पोदारलाई पक्राउ गरिएको छ । पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको छ ।