प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगोलागीबाट १९ वटा घर जली नष्ट १ जना नाबालिकाको मृत्यू

२०८१-१२-०६

  • A
  • A-
  • A+
Share

 मोरङ धनपालथान गाउँपालिका-७ का अमित मियाँको घरमा बिधुत सर्ट भई आगलागि हुँदा घर भित्र रहेकी उनको ४ बर्षीया छोरी रेस्मा खातुनको जलेर मृत्यू भएको छ । चैत्र ०५ गते दिउँसो साढे १२ बजे विधुत सर्टभई घरमा आगलागी भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल उद्धारका लागी मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव  तथा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया सहितको प्रहरी टोली खटी स्थानियबासी र ५ वटा दमकलको सहयोगमा पौने २ बजे  आगो नियन्त्रण गरेको थियो । आगलागीबाट  नजिकमा रहेका १३ घर परिवारको फुसको १६ वटा घर, भान्सा घर ३ र गोठ २ वटा जली नष्ट भएको थियो ।  

यसैगरी दिउँसो पौने ३ बजे उदयपुर चौदण्डीगढी नगरपालिका-७ का शरण कुमार राईको घरमा बिधुत सट भई आगलागी हुदाँ नजिकमा रहेको सर्वधन राई र कालुमान राईको घर समेतमा आगलागो फैलिई पुर्णरुपमा जली नष्ट भएको, सोही घर नजिक रहेको ४ वटा घर आंसिक क्षेति हुँदा करिव १ करोड २२ लाख बराबरको क्षति भएको छ । उक्त आगो इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले स्थानियबासी र ३ वटा दमकलको सहयोगमा साँझ ५ बजे पुर्णरुपमा नियन्त्रणमा लिएको थियो ।

अधिकांस आगलागीका घटनाहरु मानवीय त्रुटीका कारणबाट नै हुने गर्दछन, जसको रोकथाम तथा न्यूनिकरण गर्न हामी सवै सचेत हुन जरुरी रहेको छ । आफ्ना बालबालिकाहरुलाई जथाभावी सलाई, लाईटर खेलाउन नदिने, खाना पकाई सकेपछि आगो राम्ररी निभाउने, ग्याँस सिलिण्डरको प्रयोगमा सावधानी अपनाउने, चुरोट विँढीको ठुटो जथाभावी नफाल्ने, वन जंगलमा आगो लगाउँदा घाँस छिटो आउँछ भन्ने अभिप्रायले डढेलो नलगाउने, बन भोज पछि होसियारी पूर्वक आगो निभाउने, घरमा बिद्युत सट हुन नदिन गुणस्तरिय सामग्री प्रयोग गरी वाईरिङ गर्ने, गाईगोठमा मच्छड धपाउन आगो नवाल्ने, आगो लगायत प्रज्वलनशिल पदार्थको प्रयोगमा सावधानी अपनाउने हो भने गाउँ बस्ती र शहरहरुमा हुने आगलागीको घटनाबाट सुरक्षित रहन सकिन्छ ।


सम्बन्धित समाचार
बसको ठक्करबाट १ जनाको मृत्यु १ घाईते ।
२०८२-०१-११

मोरङको कानेपोखरी गाँउपालिका- ७ स्थित पुर्व पश्चिम लोकमार्गामा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । वैशाख १० गते काँकरडभिट्टाबाट बिराटनगर तर्फ जादै गरेको को. १ ख ७४८२ नम्बरको बसले बिपरीत दिशाबाट आउदै गरेको स. ४ प ५८४१ नम्बरको मोटरसाईकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकल चालक सुनसरीको इटहरी उप-महानगरपालिका-४ का ३५ वर्षीय हरी शर्मा, मोटरसाईकलमा सवार निजकै दिदी उदयपुरको बेलका नगरपालिका-४ कि ५५ वर्षीया कुमारी आचार्य घाइते भएका थिए । घाईते आचार्यको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारेमा मृत्यु भएको हो भने चालक शर्माको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । ठक्कर दिने बस र बस चालक झापा कन्काई- ४ का ५१ वर्षीय सोमनलाल चौधरीलाई जिल्ला प्रहरी कार्यलय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध ब्राउन सुगर र गाँजा सहित ६ जना पक्राउ ।
२०८२-०१-११

मोरङ, सुनसरी र उदयपुयरको विभिन्न स्थानहरुबाट वैशाख १० गते लागुऔषध ब्राउन सुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले मोरङको बिराटनगर महानगरपालिका-१३ स्थितमा चेकजाँचको क्रममा धनकुटा शहिदभुमी गाउँपालिका -७ का ३५ वर्षीय बालकृष्ण राई र सुनसरीको धरान उप-महानगरपालिका-१० का ३२ वर्षीय मनोज गुरुङलाई लागूऔषध गाँजा ६ किलोग्राम सहित पक्राउ गरेको हो । त्यसैगरी सुनसरीको देवानगंज गाउँपालिका-२ स्थितबाट इलाका प्रहरी कार्यालय देवानगंजको प्रहरी टोलिले हरिनगराबाट देवानगंज तर्फ आउँदै गरेको BR 38A D4133 नम्बरको मोटरसाईकलमा सवार भारत अररिया पत्राहा-१५ का २६ वर्षीय को मोहम्मद जावेद, ३० वर्षिय मोहम्मद जमशेर र २५ वर्षीय मोहम्मद आलविनलाई ५०० ग्राम गाँजा सहित पक्राउ गरेको हो । यसकासाथै उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट गस्तिमा खटिएको प्रहरी टोलिले बेलका नगरपालिका-९ का २४ वर्षीय जनम गहतराजलाई ब्राउन सुगर २०० मिलिग्राम सहित पक्राउ गरेको छ । ब्राउन सुगर र गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

करेन्ट लागेर २ जनाको मृत्यु १ घाईते
२०८२-०१-११

मोरङ जिल्लाको दुई छुट्टा छुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । बैशाख १० गते देश भारत राज्य बिहार जोगवनी टिकुलिया घर भई हाल बिराटनगर-१५ स्थित ससुरालीमा बस्दै आएका ३६ बर्षीय सुरेश चौधरीलाई कोठा भित्र सुति रहेको अवस्थामा ओछ्यान नजिकै राखेको टेवल पङ्खाबाट अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो । त्यसैगरी मोरङको सुन्दरहरैँचा नगरपालिका-९ स्थितमा बिजुलीको पोलमा चढेर तार सिपटिङ गर्ने क्रममा अचानक करेन्ट लाग्दा ईलामको चुलाचुलीका २८ बर्षीय राजेश लावती र ईटहरी उप-महानगरपालिका-१७ का ४३ बर्षीय बाल कुमार अधिकारीको घाईते भएका थिए । घाईते लावतीको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो भने अधिकारीको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।

लागुऔषध सहित १३ जना पक्राउ
२०८२-०१-१०

सुनसरी, मोरङ र धनकुटाबाट बैशाख ०९ गते लागुऔषध सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको कोशी गाउँपालिका-१ स्थितबाट लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकचाँचको क्रममा ९ ग्राम ६६ मिलिग्राम ब्राउन सुगर सहित ओखलढुङ्गाको चिसौकुगढिका २७ बर्षीय राजन बास्तोला, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ का २० बर्षीय अनोज कुमार उँराव, भोक्राहा नरसिंह-३ का २५ बर्षीय अनोज रुपेश कुमार यादब, ईटहरी उप-महानगरपालिका-१७ का २० बर्षीय मो समिर खान  र  २० बर्षीय राजेश पुरीलाई नियन्त्रणमा लिएको हो भने सोहि स्थानमा पार्किङ गरी राखेको प्रदेश १-०२-००२ च ५३४८ नम्बरको पिकअप गाडीबाट ३ सय २३ किलो २१ ग्राम गाँजा बरामद गरेसगै पिकअप चालक भोजपुरको अरुण गाउँपालिका-५ का २६ बर्षीय तेजेन्द्र कार्कीलाई नियन्त्रणमा लिएर निजको शरिर खानतलाशी गर्दा कार्कीको साथबाट २ ग्राम ब्राउन सुगर समेत फेला पारेको थियो । त्यस्तै धरान उप-महानगरपालिका-१ बाट औषधी एम्पुल २५ पिस सहित को.१८ प ७२६ नम्बरको स्कुटी चालक धरान-८ का २८ बर्षीय मनिस तामाङलाई अस्थायी प्रहरी चौकी जोरसखुवाले र धरान- १३ बाट ट्रामाडोल ७० क्याप्सुल, स्पासपेन ७० ट्याब्लेट सहित १८ बर्षीया आदित्य तामाङलाई अस्थायी प्रहरी चौकी अमरहाटले नियन्त्रणमा लिएको हो ।  त्यसैगरी धनकुटाको धनकुटा नगरपालिका-७ बाट जिल्ला प्रहरी कार्यालय धनकुटाले स्पास्पेन र ट्रामाडोल गरी जम्मा ७०४ ट्याब्लेट सहित धनकुटा-७ की ५३ बर्षीया अन्जना तामाङ, धरान घर भई ससुरालीमा बस्दै आएका निज अन्जना तामाङको ज्वाई २२ बर्षीय मनिस धामी र १९ बर्षीय ओम तामाङलाई नियन्त्रणमा लिएको हो भने धनकुटाको प्रहरी चौकी मुलघाटले साँगुरीगढी गाँउपालिका-७ स्थितबाट बा. ७३ प ३९१५ नम्बरको मोटरसाईकल चालक साँगुरीगढी गाँउपालिका-१ का २० बर्षीय अबि तामाङलाई २० किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय रानी (सिमा) मोरङले ५४ मिलिग्राम ब्राउन सुगर सहित झापाको दमक नगरपालिका-८ का ३२ बर्षीय मनोज साहलाई बिराटनगर महानगरपालिका-१६ बाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

बाढी तथा डुवान उद्धार अनुशिक्षण तालिम प्रथम समुहको समुद्घाटन ।
२०८२-०१-१०

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा ७ कार्य दिनको “बाढी तथा डुवान उद्धार” अनुशिक्षण तालिम प्रथम समुहको समुद्‍घाटन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा बैशाख १० गते बिहान तालिम संयोजक प्रहरी निरीक्षक विकाश राईको प्रमुख आतिथ्यतामा उक्त तालिमको समुद्‍घाटन भएको हो । समुद्‍घाटन कार्यक्रमलाई सम्वोधन गर्नुहुदै तालिम संयोजक राईले दैवीक प्रकोप वर्षा याममा हुने बाढी तथा ढुवानले मानवीय र भौतिक संरचनाको ठुलो क्षेति हुन सक्ने हुँदा उद्धार कार्यमा खटिने प्रहरी कर्मचारीहरूलाई प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञान, सिप सम्बन्धी तालिम उपलव्ध गराई उद्धार कार्य प्रभावकारी बनाउन तालिम प्रदान गरी विपद व्यवस्थापनमा बाढी, पहिरो र डुवान जस्ता प्रकोपको व्यवस्थालाई अझ बढी प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने उद्देशयले तालिम संचालन गरिएको बताउनु भयो ।उक्त तालिममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत जुनियर प्रहरी अधिकृत देखि प्रहरी जवान सम्मका ५० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८२-०१-१०

झापा र भोजपुरको बिभिन्न स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बैशाख ९ गते झापाको कन्काई नगरपालिका-८ स्थितमा ना. ७ प २९९७ नम्बरको ट्याङकरले ठक्कर दिँदा साईकल यात्री अर्जुनधारा नगरपालिका- ५ का ५५ बर्षीय लेखनाथ सापकोटाको घटनास्थलमै मृत्यु भएको हो भने ट्याङ्कर चालक झापाको कमल गाउँपालिका-१ का ४६ बर्षीय भिम बहादुर कोईरालालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ । त्यस्तै भोजपुरको षडानन्द नगरपालिका-१४ स्थित सडक किनारामा रोकेर राखेको को. २ त ८६९७ नम्बरको ट्याक्टरमा खेल्ने क्रममा अचनाक ट्याक्टर अगाडी बढी सडक देखी करिब १५ मिटर तल खसेर दुर्घटना हुँदा मामा घरमा बस्दै आएका षडानन्द -१२ का बिकास कार्कीको ८ बर्षीय छोरा सौगात कार्कीको घट्नास्थलमा नै मृत्यु भएको हो । ट्याक्टर चालक २२ बर्षीय भुबराज भट्टराईलाई इलाका प्रहरी कार्यालय दिङ्लाले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।