सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
२०७९-११-१२
- A
- A-
- A+
मोरङ र सुनसरीको छुट्टा छुटै स्थानमा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । हिजो बेलुका मोरङको पथरीशनिश्चरे नगरपालिका-१० स्थित राजमार्गमा मे. १ च ४१७१ नम्वरको पिकअप भेनले मे. ७ प ७५४३ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका-४ का ३० बर्षीय बिशाल सिटौलाको मदन भण्डारी अस्पताल तथा ट्रमासेन्टर उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो भने सुनसरीको इटहरी-२० स्थित कोशी लोकमार्गमा को. २५ प ८४४४ नम्बर र प्रदेश १-०२-०४३ प २९१ नम्बरको मोटरसाईकल आपसमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएकि प्रदेश १-०२-०४३ प २९१ नम्बरको मोटरसाईकल पछाडि सवार धरान-७ कि ४० बर्षीया पिङगला थापाको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाईते भएका धरान ७ बस्ने बर्ष २४ को रिदम थापा, इनरुवा-१ का मनोज र ४० बर्षीय दिनेश बस्नेतको सोही अस्पतालमा उपचार भईरहेको छ । घटना सम्वन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।