प्रहरी चौकी रुपाटार उदयपुरको नव निर्मित भवनको समुदघाटन
२०८०-१२-३०
- A
- A-
- A+
उदपुरको ताप्ली गाउँपालिका-५ स्थितमा रहेको प्रहरी चौकी रुपाटारको नव निर्मित भवनको समुदघाटन भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यता तथा ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज बिश्वकर्माको अध्यक्षतामा नव निर्मित प्रहरी चौकीको समुदघाटन भएको हो । नव निर्मित भवनको समुद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख खापुङले भवन निर्माण भए पश्चात आम नागरिकको सुरक्षामा अहोरात्र खटिने प्रहरी कर्मचारीको मनोवल बृद्धि हुनुका साथै आम नागरिकमा प्रदान हुने प्रहरी सेवा समेत स्तरिय हुने धारणा ब्यक्त गर्दै प्रहरीले कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको कुरा बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि खापुङले नयाँ भवन निर्माण कार्यमा सहयोग गर्नु हुने महानुभावहरुलाई प्रशंसा पत्रले सम्मान समेत गर्नु भएको थियो । उक्त प्रहरी चौकी शान्ति तथा पुन निर्माण मन्त्रालय, शान्तिकोषको १ करोड ११ लाख १८ हजार ४ सय ४९ रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो ।
उदघाटन कार्यक्रममा उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु तथा प्रहरी अधिकृतहरु, स्थानिय जनप्रतिनिधिहरु, बिभिन्न कार्यालय, संघ संस्थाका प्रमुख, स्थानिय समाजसेवी, बुद्धिजिवि तथा स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।