प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बुलेरो दुर्घटनाबाट ३ जनाको मृत्यु

२०७९-०३-१२

  • A
  • A-
  • A+
Share

ईलामको माङसेबुङ गाँउपालिका २ दहगाँउ स्थित भित्री सडक खण्डमा बुलेरो दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाँउपालिका ५ का ६५ बर्षीय हिम प्रसाद लावती, ६० बर्षीया पदम कुमारी लावती र ईलाम माङसेबुङ गाँउपालिका ६ का ५० बर्षीय प्रकाश राई रहेका छन् ।

आज दिउसो १२ बजे पाँचथरको रबिबाट झापाको दमक तर्फ जादै गरेको मे १ ज ४८७ नं. को बोलेरो गाडी सडकबाट अं.२०० मिटर तल झरी दुर्घटना भएको थियो । सो दुर्घटनामा परी हिम प्रसाद र पक्राशको घटनास्थलमानै मृत्यु भएको थियो भने पदम कुमारीको उपचारको लागी दमक अस्पताल लादै गर्दा बाटैमा मृत्यु भएको हो । बोलेरो चालक तत्काल फरार रहेकोले खोजतलास तथा घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
निषेधित औषधी सहित ३ जना पक्राउ
२०८१-०६-२१

सुनसरीको धरान उपमहानगरपालिका-९ र ११ स्थितबाट ठुलो परिमाणमा निषेधित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २० गते बेलुकी ६ बजे लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट  खटिएको प्रहरी टोलीले धरान-९ स्थितमा डेरा गरी बस्दै आएका धर्मदेवी नगरपालिका-८ संखुवासभाका ३१ बर्षीय सुरज गुरुङको डेरा कोठा खानतलासी गर्दा दुई ओटा जेब्रा झोलामा लुकाई छिपाई राखेको अवस्थामा निषेधित औषधी ट्रामानिल ७ हजार ८ सय ६० क्यापसुल र स्पास्मो ८ हजार ४ सय ३० चक्की बरामद गरेको हो भने अस्थायी प्रहरी विट जोरसखुवाको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-११ का २९ बर्षीय देवराज भुजेललाई ट्रामानिल १ हजार १ सय ९० क्याप्सुल र स्पासरेष्ट १ हजार  क्याप्सुल सहित पक्राउ गरेको हो । त्यसैगरी मोरङ कानेपोखरी-६ का १९ बर्षीय अर्जुन सुन्दासलाई निट्राजेपाम ४० चक्की सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

बृहत नि:शुल्क स्वास्थ्य शिविर संचालन
२०८१-०६-२०

तेह्रथुमको छथर गाउँपालिका-२ स्थितमा कोशी प्रदेश प्रहरी अस्पताल इनरुवा, सुनसरीको आयोजनामा बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । असोज १९ गते तेह्रथुमको छथर अस्पताल शुक्रवारेमा ६९ औ प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अभिनारायण काफ्लेको अध्यक्षता तथा छथर गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुको प्रमुख आतिथ्यतामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो । उक्त स्वास्थ्य शिविरमा कोशी प्रदेश प्रहरी अस्पतालका डाक्टर प्रहरी नायव उपरीक्षक सरोज सिंह लगायत जनरल फिजिसियन, वरिष्ठ दन्त मुख तथा अनुहार शल्यचिकित्सक, भिटिटिङ कन्सलटेन्ट, नवजात शिशु तथा वालरोग विशेषज्ञ, अर्थोपेडिक बिशेषज्ञ, प्रसुती तथा स्त्री रोग विशेषज्ञ सहित १७ जना डाक्टरहरुको टोलीले  मुटु रोग, छाती, पेट, श्वासप्रश्वास, मधुमेह, थाईराईड चेक जाँच तथा परामर्श, हाड जोर्नी, प्रसुती तथा स्त्री रोग, नाक, कान, घाँटी तथा दन्त रोग, इ.सि.जि. सेवा, रगत, पिसाव, सुगरको जाँच सहितको स्वास्थ्य सेवा उपलव्ध गराएका थिए । स्वास्थ्य शिविरबाट महिला-१९६ जना र पुरुष-१२६ जना गरी ३२२ जना स्थानियबासीहरु लाभान्वित भएका थिए भने बिरामीहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।  

लागुऔषध सहित ३ जना पक्राउ
२०८१-०६-२०

मोरङको रतुवामाई नगरपालिका-१ र २ बाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १९ गते अपरान्ह इलाका प्रहरी कार्यालय सिजुवा र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले रतुमामाई-२ स्थितबाट को.२०प ८४८२ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक मोरङ सुनवर्षी-२ का १९ बर्षीय उमेश परियार र पछाडी सवार रतुवामाई-८ का २६ बर्षीय बसन्त राईलाई ब्राउन सुगर ७ ग्राम ८१० मिलिग्राम सहित र रतुवामाइ-१ स्थितबाट झापा शिबसताक्षी-८ का २२ बर्षीय बिवस लिम्बुलाई प्रतिबन्धित औषधी BIOSPAS‍, NITRAZEPAM र TRAMNIL गरी जम्मा २२९ ट्याब्लेट सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

धन्यवाद तथा शुभकामना कार्यक्रम
२०८१-०६-२०

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत सुरुवा हुनुभएका प्रहरी नायव उपरीक्षक ज्योत नारायण यादव र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर सरुवा हुनुभएका प्रहरी निरीक्षक सञ्जिप दाहाललाई कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना बिच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले आगामी कार्यकालको शुभकामना सहित मायाको चिनो प्रदान गर्नु भएको छ । कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल सहित सिनियर प्रहरी अधिकृतहरु तथा जुनियर प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।