लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८१-०२-३१
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह PIT र इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । हिजो बेलुका बिराटनगर-१५ स्थितमा भारतबाट नेपाल तर्फ आउँदै गरेका पैदल यात्री सुन्दरहरैचा-४ का २१ बर्षीय मदन चौधरी र अरुण गाउँपालिका-१ भोजपुरका २० बर्षीय बिनोद सिवा परियारलाई प्रादेशिक अनुसन्धान समुह PIT बाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ४१ ग्राम ३३ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । यसै गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचिनगर नगरपालिका- ७ का ४१ बर्षीय दर्शन लिम्बुलाई ५३० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।