प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण, श्रोत साधनको अभावलाई व्यवस्थापन गरेर प्रभावकारी प्रहरी सेवा प्रदान गर्न निर्देशन ।

२०८१-०९-११

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय झापा तथा प्रदेश विपद व्यवस्थान कार्यालय चन्द्रगढीको निरीक्षण भ्रमण गर्नु भएको छ । पुस १० गते निरीक्षण भ्रमणको क्रममा वहाँले जिल्ला प्रहरी कार्यालय झापामा रहेका बिभिन्न शाखाहरु लगायत हिरासत कक्ष तथा विपद व्यवस्थापन कार्यालयको निरीक्षण पश्चात जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत इकाई प्रमुखहरु सहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । निर्देशनको क्रममा वहाँले सुरक्षा सदैव सम्वेदनशिल बिषय भएकोले आफुलाई सुम्पिएको जिम्वेवारी चुस्त दुरुस्त अवस्थामा अनुशासित तवरले विश्राम नलिई आफ्नो पदिय दायित्व निर्वाह गर्न र  समाजलाई जीवन्त राख्न ईमान्दारीताका साथ प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ ।

सम्पुर्ण प्रहरी कर्मचारीहरुले प्रहरी कार्यसम्पादन सम्झौता बमोजिम नतिजामुलक कार्य गरी सदैव प्रहरी संगठनको गरीमालाई उच्च बनाउन जोड दिनुका साथै श्रोत साधनको अभाव रहेको भनेर गुनासो मात्र गर्ने होईन, अभावलाई व्यवस्थापन गरेर हामीले प्रवाह गर्ने सेवा नागरिकको मन जित्ने गरी प्रभावकारीरुपमा प्रदान गर्न जरुरी रहेको बताउनु भएको छ ।  हाम्रा अग्रज प्रहरीले हामीलाई दुख गरेर सुम्पिएको जिम्मेवारी हामीले उत्कृष्ट तवरले निर्वाह गरी हाम्रा अनोज प्रहरीहरुलाई पनि अनुशासित, संगठित, भातृत्वभावयुक्त तथा असल अभ्यासका साथ जिम्मेवारी सुम्पिन कटिवद्ध रहनु पर्ने बताउनु भयो ।

वहाँले प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजान तथा आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण, पेण्डिङ्ग मुद्दाको सफल अनुसन्धान गर्न र धेरै क्षेत्रफल खुल्ला सिमा रहेको झापा जिल्लामा सीमा क्षेत्रबाट हुने अवैध चोरी निकासी नियन्त्रण, लागु औषध ओसार पसार नियन्त्रण, जंगली हात्तीको आतंकमा स्थानियबासीहरुसंग समन्वय गरी सुरक्षा व्यवस्थालाई मजवुद बनाउन तथा आर्थिक प्रलोभनमा नपरी शून्य सहनशिलतामा रही व्यवसायिक प्रहरीको भुमिका निर्वाह गर्न निर्दशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा पाल्नु भएका प्रदेश प्रहरी प्रमुख अधिकारीले  झापा जिल्लामा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गर्नु भएको थियो ।

निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी.ले प्रदेश प्रहरी प्रमुख अधिकारीलाई झापा जिल्लाको समग्र शान्ती शुरक्षाको अवस्था, जनशक्ती व्यवस्थापन, भावि कार्य योजना, सुरक्षा चुनौतीहरु र प्रदेश प्रहरी कार्यालय संगको अपेक्षा सहितको प्रस्तुतिकरण गर्नु भएको थियो ।

 

सम्बन्धित समाचार
लागूऔषधसहित ३ जना पक्राउ
२०८३-०६-२५

मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागूऔषध तथा प्रतिबन्धित औषधिसहित ३ जनालाई पक्राउ गरिएको छ। असोज २४ गते मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले धनकुटाको सहिदभूमि गाउँपालिका–२ की २२ वर्षीया मुस्कान राईलाई १ किलो १८ ग्राम गाँजासहित पक्राउ गरेको छ। त्यसैगरी, सुनसरीको वडा प्रहरी कार्यालय इटहरीले इटहरी उपमहानगरपालिका–९ का १९ वर्षीय रिकेश चौधरीलाई ५१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ भने प्रहरी चौकी खनारले इटहरी–१३ का २७ वर्षीय सुनिल सरदारलाई नाइट्राजेपामका १२६ ट्याब्लेटसहित पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०६-२४

 सुनसरी र मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरीएको छ । असोज २३ गते राती मोरङको रंगेली नगरपालिका-८ स्थितबाट को २ ह ४१८२ नम्बरको ई-रिक्साको सिट मुनि लुकाई छिपाई राखेको १० ग्राम १०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित चालक कानेपोखरी-७ का २१ वर्षीय अर्पन जोगी र सवार पथरी सनिश्चरे-१ का रोसन बिश्वकर्मा, रितेश लिम्बुलाई पक्राउ गरेको हो । यसैगरी मोरङको विराटनगर महानगरपालिका-१६ स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त प्रहरी टोलीले को ३१ प २४७७ नम्बरको मोटरसाईकल चालक लेटाङ नगरपालिका-५ का ३० वर्षीय विशेष मगरलाई २ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसका साथै जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-४ बसचोक स्थितबाट केराबारी गाउँपालिका-३ का २४ बर्षीय सुमन राईलाई १ ग्राम ८६ मिलिग्राम ब्राउन सुगर सहित र ईटहरी उप-महानगरपालिका-२ का ३२ बर्षीय भविन प्रधान, ३० बर्षीय रबिन कुमार प्रधान इटहरी-३ का ३१ बर्षीय मुकेन्द्र कुमार राईलाई ६ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

बिभिन्न मुद्दाका १५ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-२४

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १५ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २३ गते मोरङबाट ६ जना, झापाबाट ८ जना र सुनसरीबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ४ वर्ष १ महिना ७ दिन कैद सजाय र ४ करोड ७ हजार ८ सय ८ रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

बिभिन्न मुद्दाका ६ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-२३

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २२ गते मोरङबाट १ जना, झापाबाट १ जना, सुनसरीबाट २ जना, भोजपुरबाट १ जना र इलामबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट २ वर्ष ६ महिना २५ दिन कैद सजाय र ६८ हजार ४ सय ८ रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।  

लागू औषध सहित १५ जना पक्राउ
२०८३-०६-२३

झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित १५ जनालाइ पक्राउ गरिएको छ । असोज २२ गते सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाले उदयपुर चौढण्डीगढी नगरपालिका-३ का नरेश राई, अनुश मगरलाई डाईसाईक्लोमाइन १३९० ट्रयाब्लेट, ट्रामाडोल १३९० क्याप्सुल प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा झापाको इलाका प्रहरी कार्यालय दमकले दमक-७ का आशिस कुमार तामाङ, शशिष कुमार तामाङ, समिर मल्लिक, पुजन सुन्दास र काठमाडौं तार्केशोर नगरपालिका-११ का समिर क्षेत्रीलाई १ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर र ट्रामोल-२७ क्याप्सुल सहित र दमक-७ का राज गौतम र लक्ष्मी शंकरलाई ६० ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीले भोजपुरको षडानन्द नगरपालिका-७ का सुर्य दर्जीलाई १ ग्राम २८० मिलिग्राम ब्राउनसुगर सहित, अस्थायी प्रहरी चौकी सोमबारेले बेलबारी नगरपालिक-६ का राहुल राईलाई ९ ट्याब्लेट प्रतिबन्धित औषधी सहित, इलाका प्रहरी कार्यालय लौकहीले दुहबी नगरपालिका- ५ का शिशिर कुँवरलाई ४२० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय पकलीले ईटहरी-१७ की जैमुल खातुनलाई ५०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले धरान-२० का बिशाल राईलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ भने मोरङको इलाका प्रहरी कार्यालय मायागंजले धनपालथान गाउँपालिका-३ स्थितमा बेवारिसे अवस्थामा २४ किलो ७१० ग्राम लागू औषध गाँजा बरामद गरेको छ ।