प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध समान सहित मानिस पक्राउ

२०८०-०२-१६

  • A
  • A-
  • A+
Share

मोरङको बिराटनगर महानगरपालिका-१५ बाट १० लाख भन्दा बढीको अबैध समान ओसार पसारमा संग्लग्न रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुहवाट खटिएको प्रहरी टोलीले सुनसरीको गढी गाउँपालिका-२ का २६ बर्षीय सुरज चौधरी र भारतिय नागरीक ४० बर्षीय ओमप्रकाश यादवलाई आज बिहान सवा १२ बजे अबैध रुपमा ओसार पसार भईरहेको समान सहित पक्राउ गरेको हो ।  बा १८ च १८९५ नम्बरको कारमा सवार रहेका उनीहरुलाई चेकजाँच गर्दा गाडी भित्र बिभिन्न किसिमका गाडीका पार्ट पुर्जाहरु गरी अन्दाजी १० लाख ८५ हजार रुपैया बराबरको समान बरामद भएको र आवश्यक कारवाहीको लागी आजै भन्सार कार्यालय बुझाईएको छ ।

सम्बन्धित समाचार
मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण तालिम समापन
२०८०-१२-०५

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वधानमा ७ कार्यदिनको मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण तालिम पहिलो समुहको समापन भएको छ ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा गत फागुन २७ गतेबाट संचालन भएको उक्त तालिमको आज कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरिक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यतामा समापन भएको हो । समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरिक्षक जयराज सापकोटाले  तालिमबाट सिकेका सिप, ज्ञानबाट आफुलाई र खटिने कार्य क्षेत्रमा व्यवहारमा उतार्न निर्देशन दिनु भएको छ । साथै वहाँले प्रदेशकै महत्वपुर्ण तथा सम्वेदनशिल स्थानमा रहेर त्रुटीरहित तबरले कार्य सम्पादन गर्नु पर्ने भएको हुनाले अझ प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्न सहज होस भन्ने उदेश्यले यो तालिम संचालन गरिएको बताउनु भयो ।उक्त समापन कार्यक्रममा समसामयिक विषयवस्तुसँग सम्बन्धित अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । समापन कार्यक्रममा कोशी प्रदेश सभाका कार्यवहाक प्रदेश सभा सचिव (उप-सचिव)  श्रीमान गौतमराज अमात्य सहित प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।उक्त तालिममा कोशी प्रदेश सभामा कार्यरत रहेका प्रहरी कर्मचारी लगायत मातहतका जिल्लाहरुमा कार्यरत रहेका जु.प्र.अ. देखी प्र.ज. सम्मका २५ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

लागुऔषध ब्राउन सुगर र औषधी सहित ५ जना पक्राउ
२०८०-१२-०५

झापा र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ६ बजे झापाको दमक नगरपालिका- ८ स्थितमा बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले स्थानीय १९ बर्षीय शेखर परियार र २१ बर्षीय रोहित साहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट लुकाईछिपाई राखेको अवस्थामा लागुऔषध ब्राउन सुगर ५ ग्राम बरामद गरी पक्राउ गरेको छ । यसै गरी हिजो दिउसो साढे १२ बजे इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले हिजो १ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर सहित २३ बर्षीय मनिष चौधरीलाई कन्काई नगरपालिका- ८ बाट पक्राउ गरेको हो । यसै गरी हिजै बेलुका सवाँ ६ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका- ७ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगर र अस्थाई प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरी टोलीले साइकलयात्रीलाई शंका लागि चेकजाँच गर्ने क्रममा साइकल चालक स्थानीय २० बर्षीय रोहन राई र सोही साइकलमा पछाडी सवार बराहक्षेत्र- २० का समिर दर्जीको साथबाट नोफिन, एभिल, डाइजेपाम, ट्रमानिल, नाइट्रोसन, प्रोमेथोजिन गरी जम्मा ५६ ट्याब्लेट र सिरिन्ज ४ थान फेला पारी पक्राउ गरिएको छ । पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको छ ।

मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु
२०८०-१२-०५

झापाको गौरीगञ्ज गाउँपालिका-१ स्थित हुलाकी सडक खण्डमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । हिजो बेलुका साढे ९ बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको मे. ४ प ४२२४ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट जादै गरेको साईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते भएका साईकल यात्री गौरीगञ्ज- ३ का ४० बर्षीय अकालु माझीको बि.एण्ड.सी हस्पिटल बिर्तामोड उपचारको क्रममा मृत्यु भएको हो भने अन्य घाईते मोटरसाईकलमा सवार ३५ बर्षीय खोद नारायण महतो, २६ बर्षीय रतनसिंह राजबंशी र २२ बर्षीय बिकाश महतोको उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
२०८०-१२-०४

झापाको मेचिनगर नगरपालिका-१३ स्थित चारआली इलाम रोडबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा हिजो साँझ साढे ७ बजे इलाका प्रहरी कार्यालय धुलाबारी र लागु औषध नियन्त्रण ब्युरो झापाबाट खटिएको प्रहरी टोलीले मे ३ प १०२४ नम्बरको मोटरसाईकलमा सवार झापाको बुद्धशान्ती गाँउपालिका-३ का २९ बर्षिय भिम बहादुर मगरको साथबाट ५ ग्राम २० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गर्नुका साथै लागुऔषध ब्राउनसुगर ओसार पसार तथा बिक्रि बितरणमा संलग्न झापाको बुद्धशान्ति गाँउपालिका -२ का २४ बर्षिय रोशन उपरकोटी समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८०-१२-०४

इलाका प्रहरी कार्यालय चक्रघट्टी, सुनसरीमा कार्यरत प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिना र इलाका प्रहरी कार्यालय पथरी मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक किशोर भट्टराई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)  घोषित भएका छन् ।विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिनाले फागुन महिनामा प्रदेश ०१-०२-००१ ज ४०५० नं. को गाडी सहित ४०६ के.जी. ९४० ग्राम गाँजा सहित दुई जनालाई पक्राउ गरेको, को १ च २९३७ नं. को एम्बुलेन्समा २७३ के.जि. १३० ग्राम गाँजा बरामद गरी फरार रहेका ६ जनालाई पक्राउ गरेको, सप्तकोशीको वाढी नियन्त्रण गर्न लगाईएको पर्क्युपाईन (त्रिखुट्टी) पिलर थान- ५२ चोरी गर्ने ४ जना मानिस पक्राउ गरेको, युवतीलाई आफ्नो काबुमा पारी जबरजस्ती करणी उद्योग गर्ने जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. २ बस्ने सुनिल सिटौलालाई पक्राउ गरेको, बहु-बिवाह मुद्दामा फरार जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. ०८ बस्ने २ जना प्रतिवादी पक्राउ गरेको, जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. ०५ कालाबञ्जरमा तास खेलिरहेको अवस्थामा ५ बुङ तास, १०,७३०।– नगद रुपैया सहित ५ जना मानिसहरु नियन्त्रणमा लिएको, सम्मानित अदालतहरूबाट बिभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका अभियुक्तहरु ७ (सात) जनालाई नियन्त्रणमा लिनुका साथै बिभिन्न स्थानमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरी आफूलाई दिइएको जिम्मेवारी उच्च मनोबलका साथ निर्वाह गरी उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघट्टी सुनसरीमा कार्यरत प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिना र मिति २०८०/११/२१ गते अं. २२:१० बजेको समयमा जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ लामाटोलीमा १५ वर्षिय बालिकालाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी काटी कर्तब्य गरी मारेको घट्नाको अनुसन्धानमा SOCO को रुपमा खटिई घट्नास्थलको सुक्ष्म अनुसन्धान गरी घट्नास्थलमा रहेको संकित व्यक्तिको फुट प्रिन्ट सुरक्षित तरिकाले संकलन गरी सोही फुटप्रिन्ट समेतको आधारमा जिल्ला मोरङ ग्रामथान गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नं. २ बस्ने अभियुक्त वर्ष ३८ को धिरेन कुमार खाँ चौधरीसँग घट्नाको सम्बन्ध स्थापना गर्न सफल भई उच्च मनोबलका साथ कार्य सम्पादन गर्ने इ.प्र.का.पथरी मोरङ कार्यरत प्रहरी सहायक निरीक्षक किशोर भट्टराईलाई निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै २०८० साल फागुन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले कोशी प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा कोशी प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।