प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पिकअपको ठक्करबाट साईकल यात्रीको मृत्यु

२०८०-१२-०८

  • A
  • A-
  • A+
Share

मोरङको ग्रामथान गाउँपालिका- ५ स्थितमा पिकअप गाडीको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । आज बिहान साढे को. २ च २१७ नम्बरको दुध बोक्ने पिकअप गाडीले बाटो क्रस गर्दै गरेको साईकललाई ठक्कर दिदा साईकलमा सवार ग्रामथान गाउँपालिका ३ का ५६ बर्षीय हुवालाल माझी घाईते भएका थिए । घाईते माझीलाई उपचारको लागि आर्या न्युरो अस्पताल बिराटनगर लागिएकोमा उनको अस्पताल पुर्‍याउन साथ मृत्यु भएको थियो । घटनामा संलग्न ठक्कर दिने पिकअप र पिकअप चालक बिराटनगर महानगरपालिका १ का ३९ बर्षीय राजेश गुप्तालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।