प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

२०८०-०६-२७

  • A
  • A-
  • A+
Share

सुनसरी र मोरङको छुट्टाछुट्टै दुई स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो बेलुका साढे ५ बजे सुनसरीको बर्जु गाउँपालिका-५ देवानगंज बिराटनगर सडक खण्ड स्थितमा को. ६ प  ९३३३ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ७० बर्षीय बेचुलाल शर्मालाई ठक्कर दिदा घाईते भएका शर्माको बिराटनगर गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यसै गरी मोरङको उर्लाबारी नगरपालिका-७ स्थित पुर्व पश्चिम राजमार्गमा बागमती प्रदेश-०१-०२६ च ६२८८ नम्बरको कारले ठक्कर दिदा घाईते भएका स्थानीय ५६ बर्षीय बोधबिक्रम मुखियाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न मोटरसाईकल चालक देवानगंज-३ का २८ बर्षीय बिनोद उराव र कार चालक भक्तपुर सुर्यबिनायक-९ का ३३ बर्षीय भाष्कर गुरागाँईलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरी रहेको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित ९ जना पक्राउ
२०८३-०८-०६

झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ ।मंसिर ५ गते झापाको लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उदयपुरको चौदण्डीगढी नगरपालिका-६ का ३० वर्षीय देब बहादुर पुलामीलाई १ ग्राम ९०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी, मोरङको पथरीशनिश्चरे नगरपालिका-४ का २४ वर्षीय कैलाश तामाङ र २३ वर्षीया अनिसा तामाङलाई ४ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर र निट्जासेन्ट १२८ क्याप्सुल प्रतिबन्धित औषधि सहित प्रहरी चौकी कुशेचौरी मोरङले पक्राउ गरेको छ ।त्यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय दुहबीले प्र.१-०२-०५३ प ४७२९ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्ने क्रममा चालक धरान उपमहानगरपालिका-२० का २१ वर्षीय गौरव राईलाई २१ किलो ९८० ग्राम लागू औषध गाँजा सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवानगञ्जले देवानगञ्ज गाउँपालिका-३ का २२ वर्षीय सन्तोष कुमार राम, भारतको अररिया निवासी २१ वर्षीय सन्दिप कुमार पासवान र २५ वर्षीय दिनदयाल पासवानलाई बि.आर. ५० ए.ई. ३६५५ नम्बरको भारतीय मोटरसाइकलमा सवार रहेको अवस्थामा ३ किलो ८०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय रामधुनी र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले रामधुनी नगरपालिका-१ का २५ वर्षीय विवेक चौधरीलाई १ ग्राम २५० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय धरानले धरान-८ का ३२ वर्षीय सुशिल परियारलाई ट्रामाडोल ३६४ क्याप्सुल र स्पासपेन ३६४ ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ ।लागू औषध सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भईरहेको छ ।

कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८३-०८-०५

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला, उदयपुरमा कार्यरत प्रहरी निरीक्षक अस्वीन तोलाङ्गेलाई २०८३ साल कात्तिक महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र व्यावसायिकता प्रदर्शन गर्दै आफ्नो पदीय कर्तव्य वहन गर्ने क्रममा प्रहरी निरीक्षक अस्वीन तोलाङ्गेले जिल्ला उदयपुर बेलका न.पा. वडा नं. ३ जगना स्थित गिदेरी खोलाको कासघारीमा १४ बर्षीय नावालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाई फरार भएका प्रतिवादी समिर परियारलाई खोजतलाश गर्ने क्रममा फेला पारी पक्राउ गरी सफल अनुसन्धान गरेको, जिल्ला उदयपुर बेलका न.पा. वडा नं. ९ रामपुर बजारमा पैदल यात्री बर्ष ५६ की लक्ष्मीमाया राईलाई ठक्कर दिई निजको मृत्यु भएको सवारी ज्यान मुद्दामा दुर्घटना गराई फरार भएको बोलेरो गाडी र चालक प्रेम बहादुर बि.क. लाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको साथै जिल्ला उदयपुर बेलका न.पा. वडा नं. ७ स्थित पित्लाङ जङ्गलबाट बेवारिसे अवस्थामा लुकाई छिपाई राखेको २,८२०.५० के.जी. लागू औषध (गाँजा) फेला पारी बरामद गरेको र सोही स्थानमा अं. ६ रोपनी क्षेत्रफलमा रहेको २,२०० बोट गाँजा फडानी गरी नष्ट गर्ने समेतको सम्पूर्ण प्रक्रियागत कार्य अनुशासित, व्यावसायिक र कर्तव्यनिष्ठ तवरले उच्च मनोवलका साथ सम्पन्न गरी सफल अपराध अनुसन्धान र लागू औषध नियन्त्रणमा अनुकरणीय योगदान गरी प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिका लागि उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा निज प्रहरी अधिकृतबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८३ साल कात्तिक महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरिएको हो ।

लागू औषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८३-०८-०४

झापा, सुनसरी र ताप्लेजुङ जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरिएको छ । मंसिर ३ गते झापाको इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-६ का मनिष शर्मा र डिक बहादुर शर्मालाई १ ग्राम ४७० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय झिलझिलेले दमक-७ का भिम सागर न्यौपानेलाई ७३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीले उदयपुर चौदण्डिगढी नगरपालिका-५ का उदित नरायण चौधरीलाई ८ ग्राम ६५० मिलिग्राम ब्राउन सुगर सहित र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिका-७ का आषिश लिम्बुलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०८-०४

झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ । मंसिर ०२ गते झापाको लागू औषध नियन्त्रण ब्युरो काकँरभिट्टा र इलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-८ का ४२ वर्षिय दिलिप राजवंशीलाई १ ग्राम ७०० मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलिले मोरङको सुन्दरहरैँचा नगरपालिका-५ का १८ वर्षिय दिपेश रिसिदेवलाई १ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित, मोरङ केराबारी नगरपालिका-८ का १७ वर्षिय सुहन रम्तेललाई १ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित र ईलामको रोङ गाउँपालिका-१ का २३ वर्षिय रचित भट्टराईलाई ४ ग्राम ४६० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०८-०१

मोरङ झापा, इलाम, र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ३० गते विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह, लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका-४ चोप्राहा नेपाल भारत सिमानाका स्थितबाट पैदलयात्री भारत बिहारका ४५ वर्षीय रघुनाथ पासवान निजको ४० वर्षीया श्रीमती सकुन्तला पासवान र छोरा करण पासवानले लुकाई छिपाई ल्याउदै गरेको २९ ग्राम ४८० मिलीग्राम ब्राउन सुगर सहित तिनैजनालाई नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी चौकी गरामनी झापाले ४ ग्राम २२० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड नगरपालिका-८ का ३३ वर्षीय राज कुमार चौधरीलाई पक्राउ गरेको छ । यसका साथै प्रहरी चौकी फिक्कल इलामले चेकजाँचको क्रममा झापाको मेचीनगर नगरपालिका-२ का ३४ वर्षीय बिशाल योगीलाई ८० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय लौकहीले इटहरी-७ का २२ वर्षीय विज्ञान विष्ट र २६ वर्षीय उपेन्द्र चौधरीलाई १ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर सहित, कोशी प्रदेशको प्रादेशिक अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानले र धरान उप-महानगरपालिका-८ का २१ वर्षीय अनिश धामीलाई ५२० मिलिग्राम ब्राउन सुगर सहित र धरान-११ का २७ वर्षीय समिर माझीलाई ट्रामाडोल १८५ क्याप्सुल, स्पास्पेन १८५ ट्याब्लेट सहित नियन्त्रमा लिएको छ । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

बिभिन्न मुद्दाका २४ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०७-२८

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका २४ जना फरार प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा कात्तिक २७ गते मोरङबाट २२ जना र झापाबाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट १५ बर्ष ३ महिना ७ दिन कैद सजाय र १७ हजार ९ सय १७ रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।