लागुऔषध सहित ४ जना पक्राउ
२०८०-१२-३०
- A
- A-
- A+
झापा र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध गाँजा र नियन्त्रित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे २ बजे झापाको मेचिनगर नगरपालिका-१० स्थितमा लागुऔषध बेचबिखन भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले मकवानपुरको कैलाश गाउँपालिका-४ का २७ बर्षीय पासाङ जिम्बा र मेचीनगर-१० का ५६ बर्षीय शम्भु राजबंशीलाई ६ किलोग्राम ६ सय २० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको उर्लाबारी नगरपालिका-२ स्थितबाट इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४५ बर्षीय बिमला भुसाल र १७ बर्षीय कमल भुसाललाई नियन्त्रित औषधी ट्रामाडोल र स्पास्मिड ५ सय ८० क्यापसुल सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धीत प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।