प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०७९-०९-१९

  • A
  • A-
  • A+
Share

१ नम्बर प्रदेश प्रहरी कार्यालय (RIT) समुहबाट खटिएको प्रहरी टोलीले वन पैदावर हानी नोक्सानी मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप-महानगरपालिका-५ का धुनिलाल झाको छोरा ५४ बर्षीय बिजय झा रहेका छन् । वन पैदावर हानी नोक्सानी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८|०५|१६ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना १० दिन कैद भई फरार रहेका झालाई गाँउघरमा नै लुकीछीपि बसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि झुम्का कारागर पठाईएको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।