प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०७९-०९-१९

  • A
  • A-
  • A+
Share

१ नम्बर प्रदेश प्रहरी कार्यालय (RIT) समुहबाट खटिएको प्रहरी टोलीले वन पैदावर हानी नोक्सानी मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप-महानगरपालिका-५ का धुनिलाल झाको छोरा ५४ बर्षीय बिजय झा रहेका छन् । वन पैदावर हानी नोक्सानी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८|०५|१६ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना १० दिन कैद भई फरार रहेका झालाई गाँउघरमा नै लुकीछीपि बसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि झुम्का कारागर पठाईएको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित १२ जना पक्राउ
२०८३-०२-०६

झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट जेठ ५ गते लागू औषध सहित १२ जनालाई पक्राउ गरिएको छ । सुनसरीको धरान उप-महानगरपालिका-१७ स्थितबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT, वडा प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले सोही स्थानका जानकी धामी, किरण राई, समिर राई र विशाल राज धामिलाई १५ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी झापाको बिर्तामोड नगरपालिका-५ स्थितमा अस्थायी प्रहरी चौकी बसपार्क अनारमनीले सोही स्थानका रोहित श्रेष्ठ र सुनिल दासलाई ६ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित, वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड नगरपालिका-९ का सौगात बस्नेत र पाचँथर जिल्ला हिलिहाङ गाउँपालिका-३ का आमिङ योङहाङलाई ५ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय सुरुङगाले कन्काई नगरपालिका-३ स्थितबाट सोही स्थानका चन्द्र बहादुर पौडेललाई ४०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बेलका नगरपालिका-४ का देव कुमार राईलाई ७७० मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी नेपालटारले  सिरहा जिल्ला लहान नगरपालिका- १७ की लिलादेवी राम र लहान नगरपालिका- ८ की अस्मिता रामलाई ६ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भइ रहेक छ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०२-०५

झापा र सुनसरीबाट प्रतिबन्धित लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान पौने १० बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले झापाको विर्तामोड नगरपालिका ५ शनिश्चरे रोड पाथीभरा टोल स्थितबाट विर्तामोड नगरपालिका १ का १९ बर्षीय अभिषेक राईलाई ब्राउन सुगर ११० मिलिग्राम, ASPAM नामक प्रतिबन्धित औषधी ४ ट्याब्लेट सहित र हिजै राती साँढे ९ बजे विर्तामोड नगरपालिका ५ ईन्द्रेणी टोल स्थितबाट ब्राउन सुगर १९० मिलिग्राम सहित कारोबारमा संलग्न सोही स्थानका ३५ बर्षीय हरसिंह राजबंशी, २१ बर्षीय राजु राजबंशी, विर्तामोड नगरपालिका ६ का ४४ बर्षीय सन्तोष कुमार पराजुली र विर्तामोड नगरपालिका ९ का २२ बर्षीय प्रशान्त खड्कालाई पक्राउ गरेको छ । त्यसैगरी हिजो दिउँसो १ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका ६ पुरानो मेचीपुल स्थितबाट भारतबाट नेपाल तर्फ आउदै गरेको प्र.१-०१-००२ ह ७३१२ नम्बरको सिटी सफारी चालक सोही स्थान भानुटोलका ३८ बर्षीय जिवन घिमिरेलाई ब्राउन सुगर ११ ग्राम २०० मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी हिजो राती ८ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाकै दमक नगरपालिका ६ स्थित बसपार्कबाट दमक नगरपालिका १ बस्ने २७ बर्षीया विमला दाहाललाई ब्राउन सुगर ६ ग्राम ८४० मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी अस्थाई प्रहरी चौकी बरगाछी धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ८ सम्पाङ चौक स्थितबाट सुनसरी हरिनगरा गाँउपालिका ६ बस्ने २१ बर्षीय अंजक अंसारी र हरिनगरा गाँउपालिका ७ बस्ने १८ बर्षीय अब्दुल वाहिद अंसारीलाई ट्रामाडोल २००० क्याप्सुल र डिकोलिक २००० ट्याब्लेट सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ८ जना प्रहरीको नियन्त्रणमा
२०८३-०२-०४

झापा, सुनसरी र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट जेठ ०३ गते लागू औषध सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  झापाको इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-२ का २३ वर्षीय विशेष लिम्बुलाई ६२० मिलिग्राम ब्राउन सुगर, दमक-९ का १९ वर्षीय सनम लिम्बुलाई प्रतिबन्धित लागू औषध ७५ क्याप्सुल र ७५ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत प्रहरी कार्यालयहरुले इटहरी-२ हलगडाका २३ वर्षीय कृष्ण राईलाई ९२ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित, धरान-१५ का २५ वर्षीय सनम राईलाई ट्रामाडोल १४० क्याप्सुल र डिकोलिक १४० ट्याब्लेट सहित, रामधुनी नगरपालिका-९ का २२ वर्षीय रोहन चौधरी र रामधुनी-७ का २३ वर्षीय मनिस चौधरीलाई ६ ग्राम ७४ मिलिग्राम ब्राउन सुगर सहित इनरुवा-४ स्थित बसपार्कबाट नियन्त्रणमा लिएको छ । यसका साथै इलाका प्रहरी कार्यालय लेटाङले बेलबारी नगरपालिका-११ का २३ वर्षीय प्रेम बहादुर तामाङ र बेलबारी-४ का २० वर्षीय संजोग विशंखेलाई ६ ग्राम २८ मिलिग्राम ब्राउन सुगर सहित लेटाङ-३ स्थितबाट नयन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०२-०२

सुनसरी, मोरङ र झापाबाट प्रहरीले हिजो लागू औषध सहित ५ जनालाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका १७ पकली स्थितबाट इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले ईटहरी उपमहानगरपालिका ८ का ३२ बर्षीय शुसिल कुमार राजवंशीलाई ब्राउन सुगर ३०० मिलिग्राम सहित पक्राउ गरिएको छ । यसै गरी  इटहरी उपमहानगरपालिका ४ फलामे पुल स्थितबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT समुह र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका २ का ३० बर्षीय रोशन धामीलाई ब्राउन सुगर ३५० मिलिग्राम सहित पक्राउ गरेको छ । यसै गरी झापाको कनकाई नगरपालिका ५ चाप्रमारी स्थितबाट अस्थाई प्रहरी बिट दुर्गापुरबाट खटिएको प्रहरी टोलीले झापा कमल गाँउपालिका ५ का २६ बर्षीय काले भन्ने जित बहादुर लिम्बु र दमक नगरपालिका ६ का २० बर्षीय प्रदिप रसायलीलाई ब्राउन सुगर ११ ग्राम ९७० मिलिग्राम सहित पक्राउ गरेको छ । यसै गरी मोरङको पथरीशनिश्चरे नगरपालिका ८ स्थित कुशलचोकबाट अस्थाई प्रहरी पोष्ट कुशलबजारबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २४ बर्षीय सुमन राईलाई ट्रामाडोल २,२१० क्याप्सुल र स्पासपेन २,३२० चक्की सहित पक्राउ गरेको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८३-०२-०१

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय लेटाङ मोरङमा कार्यरत प्रहरी निरीक्षक सागर साहलाई वैशाख “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक सागर साहले इलाका प्रहरी कार्यालय लेटाङ मोरङको प्रमुखको रुपमा कार्यरत रही विभिन्न मितिमा फैसला कार्यन्वयन अन्तर्गत आफू समेत प्रहरी कर्मचारीहरु परिचालन गरी उल्लेख्य संख्यामा फरार प्रतिवादीहरुलाई पक्राउ गरी सम्मानित अदालतमा उपस्थित गराएको र प्रविधिमैत्री प्रहरी सेवा प्रवाह गर्न ड्रोन क्यामेरा (Drone Camera) को माध्यमबाट अपराधको रोकथाम र अनुसन्धान गर्ने कार्य प्रभावकारी रुपमा सम्पादन गरेको, नागरिक सहायता कक्षमा डिस्पले बोर्ड (Display Board) जडान गरी सचेतनामुलक सन्देशहरु प्रवाह गर्ने कार्य गरेको, सञ्चार शाखाको निर्माण कार्य गरेको, हिरासत कक्षमा पुस्तकालय स्थापना गरी उल्लेखनिय रुपमा नवप्रवर्धनात्मक कार्यहरुलाई बढावा दिई नागरिक र प्रहरी बीचको सम्बन्ध प्रगाढ बनाउन महत्वपुर्ण कार्य गरेको हुँदा निज प्रहरी निरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८३ साल वैशाख “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।