प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न

२०७८-१२-२८

  • A
  • A-
  • A+
Share

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा एक कार्यक्रमको आयोजना बिच पदोन्नति हुनु हुने प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हले सु-शोभन गरीएको छ। प्रहरी प्रधान कार्यालयको बिभिन्न मितिको पत्रले प्रहरी बरिष्ठ नायब निरीक्षक, प्रहरी बरिष्ठ हवल्दार र प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका ७७ जना प्रहरी कर्मचारीहरुलाई प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि.सी.ले दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नु भएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख बि.सि.ले पदोन्नति हुनु हुने सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना प्रदान गर्नु हुदै पदोन्नतिले थप जिम्मेवारी बढेको अवगत गराउदै आफ्नो कर्तब्य जिम्मेवारीका साथ निर्वाह गर्न समेत निर्देशन दिनु भयो । सु-शोभन कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी अधिकृत,  प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
प्रतिबन्धित औषधी सहित २ जना पक्राउ
२०८२-१०-२६

मोरङको ग्रामथान गाउँपालिका-५ सोमबारे स्थितबाट प्रतिबन्धीत औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २५ गते मोरङको प्रहरी चौकी तेतरीयाबाट खटिएको प्रहरी प्रदेश १-०१-००२ ह ३९७३ नम्बरको सिटि सफारीलाई संका लागि चेकजाँच गर्दा चालक सुन्दरहरैचा-११ का रन्जित साह र सवार सोहि स्थानका श्री बैजनाथ औषधी पसल संचालक भकुलाल विश्वास थारुको साथबाट प्रतिबन्धीत औषधी स्पास्पेन १५ सय ट्याब्लेट र ट्र्माडोल १ हजार २० क्याप्सुल फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुबैजनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारी मोरङबाट थप अनुसन्धान भई रहेको छ ।

सिटि सफारी लक्षित “सुरक्षित चालक” पोशाक वितरण
२०८२-१०-२६

सुरक्षित चालक अभियान कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा सवारी चालक अनुमति पत्र प्राप्त गरेका सिटि सफारी (ई-रिक्सा) चालकहरुलाई  “सुरक्षित चालक” पोशाक वितरण गरिएको छ । माघ २६ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा विराटनगर महानगरपालिका-१ स्थितमा आयोजित कार्यक्रममा  विराटनगर महानगरपालिका क्षेत्र भित्र संचालनमा रहेका सिटि सफारीलाई सुरक्षित, अनुशासित, जिम्मेवार, मर्यादित बनाई व्यवस्थितरूपमा सञ्चालन गरी  सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ सवारी चालक अनुमति पत्र प्राप्त गरेका सिटि सफारी चालकहरुलाई  “सुरक्षित चालक” पोशाक वितरण गरिएको हो । उक्त कार्यक्रमलाई सम्वोधनको क्रममा प्रमुख अतिथि घिमिरेले सवारी चालक अनुमति पत्र प्राप्त गरी नियमअनुसार सवारी सञ्चालन गर्ने चालक नै सुरक्षित चालक भएकोले सवारी दुर्घटना न्यूनीकरणमा चालकलाई जिम्मेवारी बनाउन पोशाकले  थप भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो । बर्दीमा भएका प्रहरी जसरी नियममा रहेका हुन्छन् त्यसरीनै सुरक्षित चालकको जिम्मेवारी लिएका सिटी सफारी चालकहरुले ट्राफिक नियमको पालना गरी यात्रु सुरक्षालाई उच्च प्राथमिकतामा राखी आफुलाई दिएको पोशाकको कदर गरी अमर्यादित र नियम बिपरीतको कार्यहरु नगर्न अनुरोध गर्नु भयो । मन्तब्यकै क्रममा प्रमुख अतिथि घिमिरेले ट्राफिक प्रहरी कर्मचारीहरुले सवारी चालक, सह-चालक तथा सडक प्रयोगकर्ताहरु प्रति समान ब्यवहार गर्दै प्रभावकारीरुपमा ट्राफिक व्यवस्थापन मिलाई सवारी दुर्घटना न्यूनिकरण गरी ट्राफिक प्रहरीको छविलाई उच्च बनाउन निर्देशन दिनु भयो ।  कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीले विराटनगर महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका सिटी सफारीलाई लक्षित गरी ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउने उद्देश्यले सवारी चालक अनुमति पत्र प्राप्त गरेका सिटी सफारी चालकहरूलाई “सुरक्षित चालक” पोशाक प्रदान गरिएको बताउनु भयो । छोटो दूरीको यात्राका लागि उपयोगी रहेको सवारी साधन ट्राफिक नियम उल्लंघन गरी असुरक्षित तरिकाले सञ्चालन गरेको  कारण दुर्घटनाको जोखिम हुने भएकाले चालकको पोशाकको प्रयोगले ट्राफिक नियमको पालना बढ्ने तथा सवारी दुर्घटना न्यूनीकरणमा कमी आउने साथै सिटी सफारी सञ्चालनलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउँदै आम यात्रुको सुरक्षामा सकारात्मक प्रभाव पार्ने बताउनु भयो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शन्तोष न्यौपानेले कोशी प्रदेशको राजधानी तथा औद्योगिक क्षेत्र रहेको विराटनगरमा सिटि सफारीलाई व्यवस्थित रुपमा सञ्चालन गरी सवारी आवागमन सहज बनाउन तथा सवारी दुर्घटना न्यूनीकरण गर्न  सुरक्षित चालक अभियान कार्यक्रम अन्तरगत सिटि सफारीका चालकहरुलाई चालक पोशाक वितरण गरिएको  बताउनुभयो । वहाँले सिटि सफारीलाई दर्ता गर्दै अभिलेखीकरण गरेर चालकहरुलाई ट्राफिक नियम तथा सुरक्षित सवारी संचालन सम्बन्धी नियमित अनुशिक्षण तालिमहरु समेत प्रदान गरीने बताउनु भयो । कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र प्रसाद दुलालले महानगर क्षेत्र भित्र सञ्चालनमा रहेका सिटि सफारीलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन स्थानीय तह सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । यसै गरी सिटि सफारी चालक संघका प्रतिनिधि भगवान बस्नेतले सिटि सफारीलाई सुरक्षित, अनुशासित, जिम्मेवार बनाई सवारी दुर्घटना न्यूनीकरण गर्न चालक पोशाक प्रभावकारी रहेको बताउनु भयो  । कार्यक्रममा प्रमुख अतिथि घिमिरे लगायत अतिथिहरुले चालक पोशाकको अनुमोदन गर्नुका साथै विराटनगर महानगरपालिका क्षेत्र भित्र संचालनमा रहेका सवारी चालक अनुमति पत्र प्राप्त सिटि सफारीका चालकहरुलाई ट्राफिक नियमको पालना गरी सुरक्षित यात्राको कामनाका साथ नम्वर सहितको “सुरक्षित चालक” लेखिएको ज्याकेट वितरण गर्नु भएको थियो । कार्यक्रममा यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख गोपाल दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कट्वाल, महेन्द्र मोरङ बहुमुखी क्याम्पसका उप-प्राध्यापक मनिता भण्डारी, पत्रकार महासंघ मोरङका अध्यक्ष सुशीला पाठक, विकल्प एण्ड अल्टरनेटिभका अध्यक्ष बसन्त अधिकारी, आईटी ईन्जिनियर सन्देश पोखरेल, प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरु, संचारकर्मीहरु, शिक्षक तथा विद्यार्थीहरु, सिटि सफारी चालक संघका प्रतिनिधि तथा चालकहरुको उपस्थिति रहेको थियो ।  

प्रदेश स्तरीय सुरक्षा वैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८२-१०-२५

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा निर्वाचन लक्षित  प्रदेश स्तरीय सुरक्षा वैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । माघ २५ गते नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय राजेन्द्र सिंह भण्डारीको प्रमुख आतिथ्यतामा निर्वाचन लक्षित सुरक्षा योजना, सुरक्षाको अवस्था, सुरक्षा तयारी तथा व्यवस्थापन सम्वन्धमा वैठक तथा अन्तरक्रिया भएको थियो । कार्यक्रममा प्रमुख अतिथि भण्डारीले वैठक तथा अन्तरकृयामा उठेका जिज्ञासाहरुको सम्वोधन गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको थियो । कार्यक्रममा कोशी प्रदेशको सुरक्षा व्यवस्था तथा निर्वाचन  तयारी सम्वन्धमा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र कुमार पौडेल, सशस्र प्रहरी वल बराह बाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, पुर्वी पृतना हे.क्वा.इटहरीका महासेनानी नन्द बहादुर गुरुङ, जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फबाट प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव आस्मान तामाङ, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे, राष्ट्रिय अनुसन्धान विभाग कोशीका अनुसन्धान निर्देशक इन्द्र सिंह लामा, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, जिल्ला सुरक्षा समिति मोरङका पदाधिकारी  सहित सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित २ जना पक्राउ
२०८२-१०-२४

झापा र धनकुटा जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २३ गते झापाको अस्थायी प्रहरी चौकी बसपार्क, अनारमनीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा-११ बसपार्क स्थितबाट चेकजाँचको क्रममा इलामको इलाम नगरपालिका-६की रोमिक श्रेष्‍ठको साथबाट ११० मिलिग्राम लागु औषध फेला पारी नियन्त्रणमा लिएको छ भने धनकुटाको धनकुटा नगरपालिका-६ औधोगिकग्राम स्थितमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका सुमन भुजेलको साथबाट २५४ पिस प्रतिबन्धित औषधी फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

१४४ ग्राम ४०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित ३ पक्राउ
२०८२-१०-२०

झापाको भद्रपुर नगरपालिका-८  स्थित भद्रपुर बिमान स्थलबाट १४४ ग्राम ४०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित १ जना र  कारोवारमा संलग्न २ जनालाई काठमाण्डौ बुढानिलाकण्ठ-६ स्थितबाट प्रहरीले पक्राउ गरेको छ । माघ १९ गते साँझ झापाको भद्रपुर बिमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुरबाट काठमाण्डौं जान लागेकी हुम्लाको खार्पुनाथ गाउँपालिका-२ की २६ वर्षीया रोशनी बुढालाई १४४ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेकी  रोशनी बुढालाई सोधपुछ तथा अनुसन्धानको क्रममा अन्य कारोवारी समेत काठमाण्डौमा रहेको भनि बताए अनुसार लागू औषध नियन्त्रण ब्युरो काठमाडौबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ बुढानिलाकण्ठ-६ स्थितबाट कारोवारमा संलग्न सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ का ३० बर्षीय सन्तोष बञ्जारा र रामेछाप दोरम्वार गाउँपालिका-५ का २१ बर्षीय थोर्मस तामाङलाई पक्राउ गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।