प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला प्रहरी कार्यालय ईलामको निरीक्षण भ्रमण

२०८०-१०-२५

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले जिल्ला प्रहरी कार्यालय ईलामको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा कार्यलय भवन, मेस, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै प्रहरी सेवा प्रवाहलाई थप चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन र नागरिकमा प्रहरी सेवाको पहुँच पुर्‍याउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणकै क्रममा वहाँले पर्यटकिय क्षेत्र, धार्मिक स्थल भएको पहाडी जिल्ला ईलाममा शान्ति सुरक्षा कायम राख्न विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न तथा अपराधिक गतिबिधि नियन्त्रण गर्नको लागि कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । साथै वहाँले ईलाम जिल्लाका स्थानिय जनप्रतिनिधि, सुरक्षा समितिका पदाधिकारीहरु, विभिन्न संघ सस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजिवि, नागरीक समाज, पुर्व प्रहरी तथा संचारकर्मीहरु लगायतका व्यक्तित्वहरुसंग भेटघाट गर्नु भई अन्तरक्रिया तथा छलफल समेत गर्नु भएको थियो ।

सम्बन्धित समाचार
लागू औषध सहित ५ जना पक्राउ
२०८३-०१-३०

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २९ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितमा लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक- ५ का मित्र सुन्दासलाई ७ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय दमकले दमक- ७ बाट पथरी शनिश्चरे- १ का दिपन लिम्बुलाइ ट्रामाडोल  ३०० क्याप्सुल र डिक्लोमाईन ३०० ट्याब्लेट  सहित नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको ईटहरी उप-महानगरपालिका- १८ बाट कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (PIT)को प्रहरी टोलीले सोहि स्थानका सितल चौधरी र निजकै छोरा शुसान्त चौधरीलाई ३ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान सहित नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी रमाइलो मोरङले कानेपोखरी गाउँपालिका- ६ का बिष्णु शेर्पालाई १ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर सहित सोहि स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनसुन्धान भईरहेको छ ।

प्रतिवन्धित लागू औषध चरेस र नियन्त्रित औषधी सहित २ जना पक्राउ
२०८३-०१-३०

विरानटगर, वैशाख ३० गते ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) बाट खटिएको प्रहरी टोलीले प्रतिवन्धित लागू औषध चरेस र नियन्त्रित औषधी सहित २ जनालाई पक्राउ गरेको छ । वैशाख ३० गते दिउँसो बिषेश सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मोरङको बुढीगंगा गाउँपालिका-२ गंगाचोकका २७ बर्षीय करन प्रधान र २१ बर्षीय अनिस परियारलाई चरेस ८ ग्राम ७५ मिलिग्राम,  ट्रामाडोल र डाईक्लोमाईन समेत गरी ७ हजार ९६० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनसुन्धान भईरहेको छ ।

४४० किलोग्राम गाँजा सहित एम्बुलेन्स नियन्त्रणमा
२०८३-०१-२९

सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट ४ सय ४० किलोग्राम गाँजा बोकेको एम्वुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । वैशाख २९ गते राती इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी चेकिङ टोलीले धरान-१३  स्थितमा चेकजाँचको क्रममा को. १ च ७३५९ नम्बरको एम्बुलेन्स भित्र प्लास्टिकको बोरामा प्याक गरी राखेको ४ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो । एम्बुलेन्समा गाँजा बरामद भएसगै चालक तथा संलग्न ब्यक्तिहरुको खोजी कार्य भईरहेको छ । उक्त एम्वुलेन्स बुढासुब्बा डाईग्नोष्टिक सेन्टर प्रा.लि. धरानद्वारा संचालित रहेको खुल्न आएको छ । लागूऔषधको उत्पादन, संचय, बेचबिखन ,ओसारपसार तथा सेवन गर्नु कानुन अनुसार दण्डनीय अपराध हो ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०१-२८

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २७ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले १० ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित शिवसताक्षी नगरपालिका-९ का बिशाल लिम्बु, मेचीनगर-६ का नविन दर्नाल र धरान-३ का राकेश परियारलाई पक्राउ गरेको छ । यसै गरी मोरङको प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका-६ का ३ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर सहित अन्जन जिमि, प्रज्वल राई, लोकेस घले र कोराज विश्वकर्मालाई पक्राउ गरेको छ भने सुनसरीको अस्थायी प्रहरी बिट जोरसखुवाले धरान- १६ का साइवक सारु मगर र पवन राईलाई १ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०१-२६

झापा र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ ।बैशाख २५ गते विषेश सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) को टोलीले धरान उप-महानगरपालिका-९ स्थितबाट धरान-१६का क्षितिज भण्डारी, काठमाण्डौं महानगरपालिका-६का समिर दियाली, सिन्धुपाल्चोक मेलम्ची-४ का सन्देश तामाङलाई ३६ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । त्यसैगरी झापाको अस्थायी प्रहरी चौकी बसपार्कले अर्जुनधारा नगरपालिका-११ स्थितबाट दमक नगरपालिका-२ का सुमन थापालाई ५ सय ८९ चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।