प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध गाँजा सहित ६ जना पक्राउ

२०७९-१०-०८

  • A
  • A-
  • A+
Share

धनकुटा र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट  ९० किलो १०० ग्राम लागुऔषध गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका-१ उखुडाँडा स्थित कोशी लोकमार्गमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धनकुटाबाट धरान तर्फ आउदै गरेको को. १ ख २८३३ नम्बरको यात्रुबाहक बसको हुट र डिक्कीमा राखेको झोलाबाट ४० किलोग्राम गाँजा बरामद गरेको हो । चेक जाँचकै क्रममा सोही बसमा सवार रहेका सहिदभूमी गाउँपालिका-१ धनकुटाका ३२ बर्षीय सुरज राईको साथबाट ४० ग्राम, र २२ बर्षीय सुरेश राईको साथबाट ६० ग्राम गाँजा बरामद भएको थियो । लागुऔषध गाँजा बरामद भए संगै उक्त बस र बसका चालक सुन्दरहरैचा-५ मोरङका ५१ बर्षीय रुद्ध बहादुर तामाङ, सहचालक सहिदभूमी गाउँपालिका-७ का ४३ बर्षीय फत्तेमान राई र चौबिसे गाउँपालिका-५ धनकुटा का २९ बर्षीय सुरेन्द्र देवान समेतलाई पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरुको  जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।
यसैगरी हिजो बेलुका पौने ७ बजे बिराटनगर महानगरपालिका-११ स्थित बसपार्कबाट ५० किलोग्राम गाँजा सहित धनकुटा सहिदभुमि गाउँपालिका-४ का ४४ बर्षीय यज्ञ प्रसाद राईलाई  प्रहरीले पक्राउ गरेको छ । राईले साग र तेजपत्ताको तीन वटा बोरामा गाँजालुकाई छिपाई ल्याएको अवस्थामा वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लागुऔषध गाँजा सहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८३-०८-०४

झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ । मंसिर ०२ गते झापाको लागू औषध नियन्त्रण ब्युरो काकँरभिट्टा र इलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-८ का ४२ वर्षिय दिलिप राजवंशीलाई १ ग्राम ७०० मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलिले मोरङको सुन्दरहरैँचा नगरपालिका-५ का १८ वर्षिय दिपेश रिसिदेवलाई १ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित, मोरङ केराबारी नगरपालिका-८ का १७ वर्षिय सुहन रम्तेललाई १ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित र ईलामको रोङ गाउँपालिका-१ का २३ वर्षिय रचित भट्टराईलाई ४ ग्राम ४६० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०८-०१

मोरङ झापा, इलाम, र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ३० गते विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह, लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका-४ चोप्राहा नेपाल भारत सिमानाका स्थितबाट पैदलयात्री भारत बिहारका ४५ वर्षीय रघुनाथ पासवान निजको ४० वर्षीया श्रीमती सकुन्तला पासवान र छोरा करण पासवानले लुकाई छिपाई ल्याउदै गरेको २९ ग्राम ४८० मिलीग्राम ब्राउन सुगर सहित तिनैजनालाई नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी चौकी गरामनी झापाले ४ ग्राम २२० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड नगरपालिका-८ का ३३ वर्षीय राज कुमार चौधरीलाई पक्राउ गरेको छ । यसका साथै प्रहरी चौकी फिक्कल इलामले चेकजाँचको क्रममा झापाको मेचीनगर नगरपालिका-२ का ३४ वर्षीय बिशाल योगीलाई ८० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय लौकहीले इटहरी-७ का २२ वर्षीय विज्ञान विष्ट र २६ वर्षीय उपेन्द्र चौधरीलाई १ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर सहित, कोशी प्रदेशको प्रादेशिक अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानले र धरान उप-महानगरपालिका-८ का २१ वर्षीय अनिश धामीलाई ५२० मिलिग्राम ब्राउन सुगर सहित र धरान-११ का २७ वर्षीय समिर माझीलाई ट्रामाडोल १८५ क्याप्सुल, स्पास्पेन १८५ ट्याब्लेट सहित नियन्त्रमा लिएको छ । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०७-२८

सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ । कात्तिक २७ गते सुनसरीको कोशी गाउँपालिका-१, लौकहीस्थित इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१ का २५ वर्षीय अमर दर्जीलाई ५ ग्राम ३४० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय भन्टाबारीले उदयपुरको चौदण्डीगढी नगरपालिका-३ का २९ वर्षीय हेम कुमार वि.क.लाई निट्राजेपाम ६० ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ भने अस्थायी प्रहरी चौकी जनताबासीले इटहरी उप-महानगरपालिका-५ का २२ वर्षीय अबिनाश संकर र ४० वर्षीय रजन शंकरलाई २७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको छ ।

बिभिन्न मुद्दाका २४ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०७-२८

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका २४ जना फरार प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा कात्तिक २७ गते मोरङबाट २२ जना र झापाबाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट १५ बर्ष ३ महिना ७ दिन कैद सजाय र १७ हजार ९ सय १७ रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

लागू औषध सहित १० जना पक्राउ
२०८३-०७-२७

झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागुऔषध सहित १० जनालाई पक्राउ गरिएको छ । कात्तिक २६ गते झापाको बिर्तामोड नगरपालिका-९ घौलापुल स्थितमा अस्थायि प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-७ का २० वर्षिय राहुल शेख र १९ वर्षिय समिर मियालाई ७०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका-७ का ३० वर्षिय समुएल राईलाई १ ग्राम ८० मिलिग्राम ब्राउन सुगर सहित, प्रहरी चौकी मधुबनले भोक्राहा नरसिंह गाउँपालिका-१ का २६ वर्षिय जिवन उराँवलाई ८१ मिलिग्राम ब्राउन सुगर सहित, अस्थायी प्रहरी चौकी तालतलैयाले इटहरी उप-महानगरपालिका-३ का रबिन भुजेल, २७ वर्षिय किशोर राई र २२ वर्षिय बिवेक माझिलाई प्रतिबन्धित औषधि निट्राजेपाम-९ ट्रयाब्लेट सहित र इलाका प्रहरी कार्यालय देवानगंज र इलाका प्रहरी कार्यालय साहेबगंजले प्र १-०२-००४ ह ९६६९  ई- रिक्सा,  को १५ प ९६५६ नम्बरको मोटरसाईकल र बि.आर ३८ ए.एन ५२६१ नम्बरको  भरतिय मोटरसाईकललाई शंका लागी चेकजाँच गर्दा बर्जु नगरपालिका-५ का २७ वर्षिय डोमा बस्नेत, २३ वर्षिय पवन कुमार यादव र भारत देश अररिया जिल्लाका २३ वर्षिय सोनु यादवलाई ४ किलो ५० ग्राम लागू औषध गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भइ रहेको छ ।

लागूऔषध सहित ४जना पक्राउ
२०८३-०७-२६

मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रतिबन्धित औषधि र लागूऔषध सहित ४ जनालाई पक्राउ गरिएको छ ।कात्तिक २५ गते मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले को २० प ४७२३ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक पथरीशनिश्चरे नगरपालिका–४ का ४१ वर्षीय जयराम राई र सोही स्थानकी २४ वर्षीया अस्मिता चौधरीलाई ट्रामाडोल–७५ र स्पास्पेन–७५ क्याप्सुल सहित पक्राउ गरेको हो।त्यस्तै, सुनसरीको प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको टोलीले को ३० प ८४७२ नम्बरको स्कुटर जाँच गर्दा चालक धरान उपमहानगरपालिका–१५ का २८ वर्षीय बिगेश घोर्साने र २४ वर्षीय आशिष लिम्बुलाई ८६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।पक्राउ परेका चारै जनाको थप अनुसन्धान भइरहेको छ।