प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी चौकी बेनी सोलुखुम्बुको नव निर्मित भवनको उद्घाटन

२०८०-०२-३२

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा सोलुखुम्बुको प्रहरी चौकी बेनिको नव निर्मित प्रहरी कार्यालय भवनको समुदघाटन भएको छ । आज दिउँसो आयोजित एक बिशेष कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले शिलालेख अनावरण गरी भवनको बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो । नव निर्मित भवनको समुद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै वाहाँले सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न प्रेरणा मिलेको र सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउन  भयो । यसका साथै गास बास र कपासको उचित ब्यबस्थानले प्रहरी कर्मचारीमा थप मनोवल बृद्धि हुनुका साथै आम नागरिकमा प्रदान हुने प्रहरी सेवा समेत स्तरिय हुने धारणा ब्यक्त गर्दै कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।
कार्यक्रममा प्रमुख अतिथी बास्तोलाले नयाँ भवन निर्माणको लागी प्रहरीलाई आफ्नो अमुल्य जग्गा प्रदान गर्नु हुने जग्गा दाता तथा  भवन निर्माणमा सहयोग गर्नु हुने महानुभावहरुलाई सम्मान पत्र तथा प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो । राष्ट्रिय पुन निर्माण प्राधिकरणको सहयोगमा बिनियोजित १ करोड ७९ लाख ३३ हजार ६ रुपैयाँको लागतमा प्रहरी चौकी बेनीको २ तले प्रहरी कार्यालय भवन , भान्साघर र शौचालयको निर्माण सम्पन्न भएको हो ।
 

सम्बन्धित समाचार
लागू औषध सहित ३ जना पक्राउ
२०८३-०६-०५

सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई पक्राउ गरिएको छ । असोज ५ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका-४ स्थितबाट मोरङको मिक्लाजुङ गाउँपालिका-५ का ३१ वर्षिय निरोज माली र ३० वर्षिय दिपेश नेपालीलाई ट्रामाडोल-५३० क्यापसुल , नाईट्रोजापाम- १० ट्याबलेट प्रतिबन्धित औषधि र १ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी उप-महानगरपालिका-५ का २३ वर्षिय बसन्त खत्रीलाई ३६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेको तिनैजनाको थप अनुसन्धान भइ रहेको छ ।  

बिभिन्न मुद्दाका १४ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-०५

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका १४ जना फरार प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारेर पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज ४ गते मोरङबाट ८ जना, सुनसरीबाट १ जना, ताप्लेजुङबाट ४ जना र उदयपुरबाट १ जना गरी जम्मा १४ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ३ बर्ष ३ महिना कैद सजाय र २ लाख ५३ हजार १ सय रुपैयाँ जरिवाना वापतको रकम असुल उपर भएको छ भने सबैजनालाई कैद भुक्तानको लागी कारागार पठाएको छ ।  

बिभिन्न मुद्दाका ३ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-०४

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ३  जना फरार प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारेर पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज ३ गते झापाबाट २ जना र उदयपुरबाट १ जना गरी जम्मा ३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट १८ बर्ष कैद सजाय र १ लाख २ हजार २ सय रुपैयाँ जरिवाना वापतको रकम असुल उपर भएको छ भने सबैजनालाई कैद भुक्तानको लागी कारागार पठाएको छ ।

लागू औषध सहित १४ पक्राउ
२०८३-०६-०४

झापा, मोरङ, सुनसरी र इलाम जिल्लाको विभिन्न स्थानहरुबाट असोज ३ गते १४ जनालाई लागू औषध सहित पक्राउ गरिएको छ ।झापाको मेचिनगर नगरपालिका-७ स्थितबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ४४ वर्षिय नारायण किसानलाई १० ग्राम ९ सय मिलिग्राम लागू औषध ब्राउन सुगर,  ३३ वर्षिय संजित राजबंशि र ३१ वर्षिय प्रबिण उराउलाई १३० मिलिग्राम ब्राउन सुगर सहित र  इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-१ का २५ वर्षिय किरण साम्बा लिम्बु र २५ वर्षिय रोशन राईलाई १ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका-१ का २३ वर्षिय करण राईलाई १ ग्राम ११० मिलिग्राम ब्राउन सुगर सहित, ६६ वर्षिय सुक्र बहादुर तामाङ र २५ वर्षिय सन्दिप राईलाई ३१ ग्राम ११० मिलिग्राम लागू औषध गाँजा सहित र प्रहरी चौकी सिक्टिले कानपोखरी गाउँपालिका-६ का २४ वर्षिय विक्रम गुरुङ र २१ वर्षिया केविना गुरुंङलाई ५ ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालीका -१० स्थितबाट को १ च ८२७९ नम्बरको टाटा पिकअपमा राखेको १ हजार ४ सय ५४ किलो ८७० ग्राम लागू औषध गाँजा फेला पारी चालक भोक्राहानरसिंह -५ का ३० वर्षिय राम बहादुर यादवलाई पिकअप सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले देश भारत बिहार का २० वर्षिय बिपिन कुमार यादवलाई ८३० मिलिग्राम ब्राउन सुगर सहित र जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिका-९ का ३४ वर्षिय मौसम लिम्बु र ३४ वर्षिया मनिसा लिम्बुलाई ५४० मिलिराम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

बिभिन्न मुद्दाका ९ जना फरार प्रतिवादी पक्राउ
२०८३-०६-०३

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ९ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज २ गते मोरङबाट २, सुनसरी २, झापा ४ र ताप्लेजुङबाट १ जना गरी जम्मा ९ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट २ बर्ष १० महिना ८ दिन कैद सजाय र १ लाख २४ हजार रुपैयाँ जरिवाना वापतको रकम असुल उपर भएको छ भने कैद भुक्तानको लागी कारागार पठाएको छ ।

लागू औषघ सहित ४ जना पक्राउ
२०८३-०६-०३

झापा र धनकुटाबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज ०२ गते झापाको दमक नगरपालिका- ५ स्थितमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दमक- ५ का सुजन माझी, सुविन कुमाल र कुल प्रसाद सिवाकोटीलाई फेला पारी चेकजाँच गर्दा सुजन माझीको साथबाट लुकाई छपाई राखेको अवस्थामा ३ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर फेला पारी तिनै जनालाई नियन्त्रणमा लिएको हो । त्यस्तै जिल्ला प्रहरी कार्यालय धनकुटाले महालक्ष्मी नगपरालिका- ८ घर भई हाल धनकुटा- ६ स्थित बस्दै आएका उज्वल थापालाई प्रतिबन्धित लागू औषध ट्रामोल, स्पास्पेन गरी जम्मा ४०८ क्याप्सुल सहित उनकै घरबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।