आगलागिबाट १४ घर जली नष्ट
२०७९-११-१३
- A
- A-
- A+
तेह्रथुमको आठराई गाउँपालिका-६ स्थितमा आगलागि हुँदा चौध घर जली नष्ट भएको छ । हिजो साँझ ५ बजे आठराई गाँउपालिका-६ हात्तीखर्क स्थित खैरेनी निवुटार सामुदायिक बनमा लागेको आगो फैलिन गई बन नजिकै रहेको बस्तीमा आगोलागि भएको हो । बस्तीमा आगोलागि भएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आठराई, प्रहरी चौकी चुहानडाँडाबाट खटिएको प्रहरी टोली, फिदिम नगरपालिकाको दमकल र स्थानिय बासीको सहयोगमा करिब रातको १२ बजे बस्तीमा लागेको आगो नियन्त्रण गरिएको थियो । आगलागिबाट ढुंगामाटोले बनेको फुसको छानो भएको बिर धन घिसिङ, आस ब. घिसिङ, स्वर्ण ब. योनजन, सुरेन्द्र वाईबा, ददिराम वाईवा, जाल ब. तामाङ, अमर ब. तामाङ, सोम ब. तामाङ, भिम ब. तामाङ समेतको मानिस बस्दै आएको १० वटा घर र राई ब. तामाङ, डिकमान तामाङ, शंकर तामाङ, जस ब. तामाङ र भक्त ब. तामाङ समेतको ५ वटा खाली घर जली नष्ट भएको छ ।
आगलागिबाट करिव ९२ लाख ५० हजार बरावरको क्षेति भएको र जंगलमा लागेको आगो नियन्त्रण गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।