प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

इलाका प्रहरी कार्यालय वाना संखुवासभाको नव-निर्मित भवन उदघाटन

२०८१-०३-१३

  • A
  • A-
  • A+
Share

संखुवासभाको पाँचखपन नगरपालिका-७ स्थितमा रहेको इलाका प्रहरी कार्यालय वानाको नव-निर्मित भवनको समुदघाटन भएको छ । आज बिहान आयोजित एक बिशेष कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले शिलालेख अनावरण गर्नु भई नव-निर्मित ७ कोठे भवनको  समुद्घाटन गर्नु भएको हो ।

भवनको समुद्घाटन तथा निरीक्षण कार्यक्रम पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै वहाँले नयाँ भवन उपलब्ध भए संगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उक्च हुनुका साथै सुबिधा सम्पन्न भवनले प्रहरीमा थप जोश र उर्जा बढेर जाने हुँदा सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारीहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउदै आम नागरिकहरुलाई प्रदान गरिने प्रहरी सेवा समेत स्तरिय हुने धारणा ब्यक्त गर्नु भयो । वहाँले कार्यरत प्रहरी कर्मचारीहरुलाई कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न समेत निर्देशन समेत दिनु भयो ।


कार्यक्रममा प्रमुख अतिथि खापुङले इलाका प्रहरी कार्यालय वानाको नव निर्मित भवनको लागी जग्गा खरिद गरिदिने पाँचखपन नगरपालिका, प्रहरी चौकी वाना स्थापना हुँदा निःशुल्क जग्गा प्रदान गर्नु हुने स्व. ललित बहादुर दर्जीको छोरा झलक दर्जी (प्रतिनिधि), तथा भवन निर्माण कम्पनी कार्की बन्धु/ अमर जेभिलाई कदर पत्रले सम्मान गर्नु भएको थियो भने भवन निर्माण कार्यमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग पुर्‍याउनु हुने सम्पुर्ण महानुभवहरुलाई हृदय देखि हार्दिक आभार व्यक्त गर्नु भएको थियो । उक्त भवन नेपाल सरकारको बिनियोजित बजेट २ करोड ४३ लाख ३१ हजार रुपैयाको लागतमा निर्माण सम्पन्न भएको थियो ।


समुद्घाटन कार्यक्रममा संखुवासभाका जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य, पाँचखपन नगरपालिकाका नगर प्रमुख बिपिन राई, ‍सहायक प्रमुख जिल्ला अधिकारी मोहन मणि घिमिरे, जिल्ला स्थि त सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयहरूका प्रमुख एवम प्रतिनिधि, बिभिन्न संघ संस्था तथा राजनैतिक दलका प्रतिनिधि, संचारकर्मी लगायत स्थानियबासीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ
२०८१-०८-२८

सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २७ गते राती इलाका प्रहरी कार्यालय देवानगंज र अस्थायी प्रहरी चौकी मध्यहर्षाहीबाट खटिएको प्रहरी टोलीले देवानगंज गाउँपालिका-१ स्थितबाट स्थानीय २१ बर्षीय अजय कुमार मण्डललाई Gpp नामक प्रतिबन्धित औषधी १५ हजार ट्याबेल्ट फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले औषधी ट्रामाडोल ६९ क्याप्सुल र स्पासरेष्ट ४८ ट्याब्लेट सहित ३५ बर्षीय निपेन श्रेष्ठ र २० बर्षीय देवराज धामीलाई धरान-८ बाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।    

स्रोत नखुलेको नगद सहित १ जना पक्राउ
२०८१-०८-२८

झापाको कमल गाँउपालिका-३ केर्खा चोकबाट स्रोत नखुलेको नगद सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २७ गते दिउँसो प्रहरी चौकी केर्खाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले दमकबाट बिर्तामोड तर्फ जादै गरेको प्रदेश १-०२-००१ ख ९५३० नम्बरको यात्रुबाहक बसका यात्रु गौरादह नगरपालिका-५ का २५ बर्षीय मोहम्द नौसाद मियाको साथबाट स्रोत नखुलेको अमेरिकन डलर १०० दरका २९७ थान (२९ हजार ७ सय), भारतीय रुपैँया १ हजार ५ सय ९०, नेपाली रुपैँया १ सय ६५ र मोवाईल १ थान बरामद गरे सगै उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०८-२७

झापा, मोरङ, पाँचथर र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २५ राती झापाको भद्रपुर नगरपालिका-५ स्थितमा मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले पैदल यात्री नुवाकोट बिदुर नगरपालिका-१० का २६ बर्षीय बिकाश घिमिरेलाई लागुऔषध ब्राउन सुगर १४ ग्राम १३० मिलिग्राम र चरेस १ ग्राम ५७० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर-१५ बाट १ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित सुन्दरहरैचा नगरपालिका-६ का १९ बर्षीय अरुण मण्डललाई पक्राउ गरेको हो । पाँचथरको फिदिम नगरपालिका-२ स्थितमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले १२० मिलिग्राम ब्राउन सुगर सहित फिदिमका ३५ बर्षीय चन्द्र तुम्बापो, १७ बर्षीय तिर्थ तुम्बापो, ३५ बर्षीय योगेश थाम्सुहाङ र ३० बर्षीय एल्बिस नेम्वाङलाई नियन्त्रणमा लिएको हो भने सुनसरी धरान-११ का २५ बर्षीय करण मगरलाई नियन्त्रित औषधी ट्रामाडोल ६० क्याप्सुल र स्पासपेन ४० ट्याब्लेट सहित अस्थायी प्रहरी पोष्ट जोरसखुवाको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।