प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित ६ जना पक्राउ

२०८१-०२-१९

  • A
  • A-
  • A+
Share

सुनसरी, उदयपुर र पाँचथरबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध बेचबिखान भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले पाँचथरको फिदिम नगरपालिका- १० घर भई हाल फिदिम- ११ स्थित बस्दै आएका ३० बर्षीय हुसेन बहादुर कटुवाललाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर, Tramadol ४५ ट्याब्लेट, Spaspain ६ ट्याब्लेट र नगद ३ हजार ७९० रुपैँया फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका- ६ स्थितमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले बा.९५ प. ९५१२ नम्बरको मोटरसाईकलबाट डाईजेपाम, फेनारागन र बुप्रिनोर्फिन गरी जम्मा ४११ एम्पुल नियन्त्रित औषधी बरामद गरेसगै मोटरसाईकल चालक त्रियुगा- ११ का २८ बर्षीय प्रमेश भन्ने अमर बहादुर कार्की र मोटरसाईकल पछाडी सवार त्रियुगा- १२ का २१ बर्षीय राजेश भन्ने चन्द्र बहादुर कार्कीलाई समेत पक्राउ गरेको हो भने अस्थाई प्रहरी चौकी सिनुवारी सुनसरीबाट खटिएको प्रहरी टोलीले देवानगंज गाउँपालिका- ६ बाट को १ ह २०५२ नम्बरको अटोलाई चेकजाँच गर्दा उक्त अटोमा लुकाईछिपाई ल्याउदै गरेको २८ के.जी. ३ ग्राम गाँजा बरामद गरेसगै अटो चालक धरान- १६ का २० बर्षीय अर्जुन राई, अटोमा सवार २० बर्षीय प्रविन राई र १७ बर्षीया अन्जना तामाङलाई पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।