प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित ७ जना पक्राउ

२०८०-०८-२३

  • A
  • A-
  • A+
Share

मोरङ र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधी सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार दिउँसो मोरङको बिराटनगर महानगरपालिका- १६ दरैया स्थितबाट लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेका बिराटनगर - ९ का ३३ बर्षीय जिवन तामाङ र खाँदबारी नगरपालिका- ७ संखुवासभाका २८ बर्षीय हिरालाल बिश्वकर्मालाई १ ग्राम ४८ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने सोहि दिन  मिक्लाजुङ गाउँपालिका- ९ का ३० बर्षीय सरोज मण्डल र उर्लाबारी नगरपालिका- ५ का २४ बर्षीय रमेश सिंह लिम्बुलाई १ ग्राम १८ मिलिग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो । यसैगरी बिराटनगर- १५ बाट प्रतिबन्धित औषधी Codiwell Cough Syrup २ बोतल, Nitrovet-१० र SPASMO- २४ ट्याप्लेट सहित ईटहरी- ४ का ४० बर्षीय खेमराज श्रेष्ठ र  ईटहरी- ८ का ४६ बर्षीय पंकज सिंहलाई पक्राउ गरेको हो । त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका- ६ स्थित प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा- २ का २४ बर्षीय सुरेन्द्र बस्नेतलाई  डाईजेपाम, बुप्रिनोरफीन र फेनारागन गरी जम्मा ९ एम्पुल प्रतिबन्धित औषधी सहित शुक्रवार पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
करेन्ट लागेर २ जनाको मृत्यु
२०८२-०४-०६

संखुवासभा र मोरङमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । साउन ०५ गते संखुवासभाको चिचिला गाउँपालिका- ३ सोलाखानी स्थित रहेको निर्माणाधिन अरुण तेश्रो जलविद्युत परियोजनाका कामदार कैलाली घोडाघोडिका ४० बर्षीय करण धर पौडेललाई सुरुङ भित्र काम गर्ने क्रममा अचानक करेन्ट लागि घाईते भएकोमा उपचारको क्रममा जिल्ला अस्पताल संखुवासभा खाँदबारीमा मृत्यु भएको हो । त्यस्तै मोरङको केराबारी गाउँपालिका- ८ स्थित माहादेब क्रसरमा वल्डिङ गर्ने क्रममा करेन्ट लागी घाईते भएका गोर्खाका ३५ बर्षीय मंगल चेपाङको उपचारको क्रममा बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको छ ।  

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-०६

झापा, सुनसरी र धनकुटाबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०६ गते झापाको गौरादह नगरपालिका- १ स्थितमा इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका २५ बर्षीय लुखीराम बास्की र १८ बर्षीय करण यादबलाई १ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको धरान- १३ बाट अस्थायी प्रहरी चौकी अमरहाटले ९ किलोग्राम गाँजा सहित ईटहरी- ७ का २४ बर्षीय सुरेश खत्वे र इटहरी- ८ का २० बर्षीय तुलसि पासवानलाई र सामुदायिक प्रहरी बिट हवाईचोकले इटहरी- २ का २३ बर्षीय आकास भण्डारीलाई ट्रामाडोल १ सय क्याप्सुल र स्पासपेन १ सय १० ट्याब्लेट सहित पक्राउ गरेको हो । त्यस्तै धनकुटाको चौबिसे गाउँपालिका- ५ बाट इलाका प्रहरी कार्यालय राजारानीले २५ बर्षीय सौगात मगरलाई प्रतिबन्धित औषधी १ सय ४ ट्याब्लेट सहित उनकै घरबाट पक्राउ गरेको हो ।

करेन्ट लागेर २ जनाको मृत्यु
२०८२-०४-०५

मोरङ र सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । साउन ०४ गते  मोरङको बेलबारी- ८ स्थितमा रहेको कान्तिपुर वासिङमा वेल्डिङ काम गर्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका पर्सा बिरगंञ्जका २५ बर्षीय ईद मोहमद अन्सारीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारकोको क्रममा मृत्यु भएको हो । त्यस्तै सुनसरीको इटहरी उप-महानगरपालिका-८ का ७२ बर्षीय तिलक चौधरीले आफ्नै घरमा रहेको साउण्ड सिस्टमको चुडिएको तार मर्मत गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको थियो । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ ।

असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८२-०४-०५

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी (सिमा) मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारीलाई असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH)  घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक विजय चौहानले भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर सहित कार र एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको, भद्रपुर नगरपालिका-७ मा ६ राउण्ड गोली फायर गरी २०५ ग्राम ८० मिलिग्राम ब्राउन सुगर सहित २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको यसै गरी झापा गाउँपालिका-४ स्थितमा चेकजाँचको क्रममा साईकलको चक्का भित्र १६७ ग्राम ब्राउन सुगर सहित एक जनालाई नियन्त्रणमा लिन सफल भएको र प्रहरी नायव निरीक्षक सुवास अधिकारीले मोरङको कटहरी गाँउपालिका-३ स्थितका एक व्यक्तिलाई ज्यान मारी फरार रहेको प्रतिवादीलाई सोहि दिन पक्राउ गरेको साथै कर्तब्य ज्यान मुद्दामा जन्म कैद सजाय भएका तथा अन्य विभिन्न मुद्धामा फरार रहेका २१ जना प्रतिवादीहरुलाई पक्राउ गर्नुका साथै लागू औषध दुर्व्यसन नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेको हुँदा निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०८२ असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरी पुरस्कृत गरिएको हो  ।

पौडी खेल्ने क्रममा खोलामा डुबेर २ बालकको मृत्यु
२०८२-०४-०५

सुनसरीको इटहरी उप-महानगरपालिका-२ स्थित रहेको ट्याङ्ग्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको छ । साउन ०४ गते अपरान्ह संखुवासभा चैनपुर नगरपालिका-१ घर भई इटहरी स्थित सानी आमाको घरमा बस्दै आएका बिष्णु लिम्बुको ११ बर्षीय छोरा क्रिश्वास लिम्बु र इटहरी-३ का दिपेश चौधरीको ८ बर्षीय छोरा दिप्सन चौधरी ट्याङ्ग्रा खोलामा पौडी खेल्ने क्रममा पानीमा डुवेको अवस्थामा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोली स्थानियको सयोगमा उद्दार गरी तत्काल उपचारको लागि क्रिश्वास लिम्बुलाई बिराट मेडिकल कलेज टिचिङ अस्पताल टंकीसिनवारी र दिप्सन चौधरीलाई नोबेल अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा दुबै जनाको  मृत्यु भएको हो ।