प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ब्राउन सुगर सहित ५ जना पक्राउ

२०८१-०७-२६

  • A
  • A-
  • A+
Share

ब्राउन सुगर सहित ५ जना पक्राउ

विराटनगर, २०८१ कार्तिक २६ गते ।

मोरङ र सुनसरीबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ । हिजो दिउँसो अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १७ मटेर्वाबाट विराटनगर ११ पिचरा बस्ने ३७ बर्षीय राजेन्द्र पोखरेल र  विराटनगर १० तिनटोलिया बस्ने बर्ष ४२ का कुशल थापालाई ब्राउन सुगर ५९० मिलिग्राम सहित पक्राउ गरिएको छ । यसै गरी हिजो बेलुका साँढे ५ बजे लागुऔषध व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १६ हुलास चौकबाट ब्राउन सुगर ३ ग्राम ६४ मिलिग्राम  सहित सुन्दरहरैचा नगरपालिका ६ का ३२ बर्षीय युवराज खड्कालाई पक्राउ गरिएको थियो । यसै गरी हिजै राती सँवा ८ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका ३ स्थितबाट धरान १५ बस्ने २४ बर्षीय राम श्रेष्ठ र धरान १६ बस्ने २२ बर्षीया मेलिना राईलाई ब्राउन सगुर ५२० मिलिग्राम सहित पक्राउ गरिएको छ । लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।