प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०७९-०५-२०
- A
- A-
- A+
मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर रानी भन्सारको १ नम्वर ढाँट स्थितमा भारतबाट नेपाल आउदै गरेका जहदा गाउँपालिका-५ मोरङका २१ बर्षीय सुरज कुमार चौधरीलाई संका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट ४४ मिलिग्राम ब्राउन सुगर र इटहरी उप-महानगरपालिका-९ का ३४ बर्षीय सन्तक कुमार खडकाको साथबाट १.६१ ग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।