प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार सम्झौता

२०८१-१०-१८

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी तथा सुनसरी धरान उप- महानगरपालिका-१ निवासी  ८४ बर्षीय धनन्जय आचार्य बीच कूल १ लाख ४२ हजार धनराशीको “देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार” को सम्झौता पत्रमा हस्ताक्षर भएको छ । माघ १८गते धरान-१ स्थितमा भएको “देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार” को सम्झौता कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फवाट कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारी (प्रथम पक्ष) र पुरस्कार दाता धनन्जय आचार्य (दोश्री पक्ष) बीच सम्झौताका शर्तहरु पालना एवं कार्यान्वयन गर्ने सहमती भई दुवै पक्षबाट सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

उक्त पुरस्कार कोशी प्रदेशका १४ वटै जिल्लामा बर्ष भरिमा प्रहरीको विविध कार्यहरुमा अति उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु मध्ये उत्त्कृष्ट २ जना महिला र उत्त्कृष्ट २ जना पुरुष गरी बढीमा ४ जना प्रहरी कर्मचारी, सिनियर प्रहरी अधिकृत भए १ जना मात्रलाई विशेष प्राथमिकता दिई जनही ३५ हजार ५ सयका दरले प्रहरी दिवसको अवसरमा प्रत्येक वर्ष संस्थापक वा निजको प्रतिनिधीद्वारा यो नगद पुरस्कार प्रदान गरिने छ ।

सम्झौता कार्यक्रममा पुरस्कार दाता धनन्जय आचार्यले समाजमा शान्ति सुव्यवस्था कायम राख्न जस्तो सुकै चुनौतीपूर्ण परिस्थितिमा पनि अहोरात्र खटिई उल्लेखनीय कार्य गर्ने व्यवसायीक प्रहरी कर्मचारीहरुको मनोबल र उत्प्रेरणा अभिवृद्धि गर्ने उद्देश्यले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत  "देवकुमारी-शिवप्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार" द्वारा पुरस्कृत गर्ने आफ्नो ईच्छा रहेको  बताउनु भयो ।

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख अधिकारीले आफ्नो घर परिवार नभनि अहोरात्र खटिने व्यवसायीक प्रहरीको मनोवल उच्च बनाउने कार्यमा हौसला प्रदान गर्न पुरस्कार प्रदान गर्न सम्झौता गर्नु हुने धनन्जय आचार्य तथा वहाँकी धर्म पत्नीलाई हृदय देखि आभार व्यक्त गर्नु भएको थियो ।  उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक प्रकाश जवेगु, धरान उपमहानगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष यज्ञमणी आचार्य लगायत स्थानियबासीको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लागू औषध सहित ५ जना पक्राउ
२०८३-०४-१०

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट साउन ०९ गते लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काकँरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काकँरभिट्टाको संयुक्त प्रहरी टोलीले झापाको अर्जुनधारा नगरपालिका-११ का २१ वर्षीय बिबेक जबेगुलाई ६ ग्राम ५०० मिलिग्राम लागू औषध ब्राउन सुगर र  प्र.१-०१-०१३ प ५२ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ भने वडा प्रहरी कार्यालय भद्रपुर झापाले अर्जुनधारा-९ का २२ वर्षीय अरमान खानलाई २ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसैगरी अस्थायी प्रहरी चौकी डाम्राभिट्टाले रतुवामाई नगरपालिका-८ का २९ वर्षीय मोहन बास्कीलाई २२० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी रमाईलोले बेलबारी नगरपालिका-११ का २९ वर्षीय रणध्वज राईलाई  ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर, प्र.१-०२-०४४ प.११८ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । यसका साथै प्रहरी चौकी नरसिंहटप्पु सुनसरीले साउन ९ गते साँझ धनकुटा-१ घर भई हाल इटहरी उप-महानगरपालिका-४ मा कोठा भाडामा बस्दै आएका ३५ वर्षीय मन बहादुर थापालाई १०८ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित १४ जना पक्राउ
२०८३-०४-०९

 कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न १४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ब्राउन सुगर ११२ ग्राम ५३६ मिलिग्राम, गाँजा ७१ किलो ३५ ग्राम, प्रतिबन्धित औषधी ३६३ क्याप्सुल, बस १ थान आटो १ थान र २ थान मोटरसाईकल बरामद भएको छ । ………………………. …………………………………………………. ……………………... मोरङको कानेपोखरी गाउँपालिका- ५ बाट प्रहरी चौकी रमाईलोले १ ग्राम ३७० मिलिग्राम ब्राउन सुगर सोहि स्थानका  अमित धिमाल र पर्वत राईलाई पक्राउ गरेको छ भने प्रहरी चौकी सिक्टी र बरडंगाको प्रहरी टोलीले सुनवर्षी गाउँपालिका- ८ बाट BR38K3179 नम्बरको मोटरसाईकल चालक भारत बिहारका भक्ति पासवानलाई ८२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यस्तै विराटनगर- ४ स्थितबाट CRV भट्टाचोक मोरङ र लागू औषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका- १२ का २१ बर्षीय धन कुमार यादवलाई १०४ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । सुनसरीको ईनरुवा नगरपालिका- ४ बाट उर्लाबारी- ४ का बुद्दिमान साह र एलिश राईलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसचोक ईनरुवाले ४ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका- ३ बाट प्र १-०५-००१ ख ००७० नम्बरको बस चालक त्रियुगा नगरपालिका- ७ का पर्शुराम मगर र सह-चालक उदयपुरगढी गाउँपालिका- ७ का जिवन कुमार कामीलाई अस्थायी प्रहरी पोष्ट बसपार्कले करिव ४७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी धनकुटाको धनकुटा नगरपालिका- १ बाट प्रहरी चौकी हिलेले पाख्रिबास नगरपालिका- ९ का रियल मगर र पाख्रिबस नगरपालिका- ४ का कुशल राईलाई प्रतिबन्धित औषधी ट्रामोल र स्पास्पेन ३६३ क्याप्सुल सहित नियन्त्रणमा लिएको छ भने सागुँरीगढी गाउँपालिका- २ बाट इलाका प्रहरी कार्यालय भेडेटारले सागुँरीगढी गाउँपालिका- २ का शिखर लिम्बुलाई को.२ ह १२५ नम्बरको अटोमा बोरा भित्र लुकाईछिपाई राखेको ७१ किलो ३५ ग्राम गाँजा सहित बेचबिखानमा संलग्न सागुँरीगढी गाउँपालिका- ३ का मदन याखा समेतलाई प्र. १-०४-००१ प ४७९१ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको छ । झापाको बिर्तामोड नगरपालिका- २ बाट इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड- २ का प्रवेश सहनी र किरण शर्मालाई २ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०४-०७

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ब्राउन सुगर १०२ ग्राम ५७० मिलिग्राम, गाँजा १० किलोग्राम, ट्रामाडोल ४४ क्याप्सुल, डिसाइक्लोमाइन ४४ ट्याब्लेट बरामद भएको छ । ………………………. …………………………………………………. ……………………... मोरङको रंगेली नगरपालिका-७  स्थितबाट इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले BR38AH7193 र BR38AQ8243 नम्बरको मोटरसाइकलमा सवार भारत अररियाका २८ वर्षीय मोहम्मद मुन्ना र २५ वर्षीय मोहम्मदलाई चेकजाँचको क्रममा १०१ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीले सुन्दरहरैँचा–९ का ३९ वर्षीय चेतन कुमार धमलालाई ७२० मिलिग्राम ब्राउन सुगर र नगद ३० हजार रुपैया समेत नियन्त्रणमा लिएको छ । त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय सुरुङ्गाले शिवसताक्षी नगरपालिका–१० का सन्तोष हस्तालाई ८५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने सुनसरीको प्रहरी चौकी तरहराले इटहरी उपमहानगरपालिका–३ का सरोज आचार्यलाई ट्रामाडोल ४४ क्याप्सुल, डिसाइक्लोमाइन ४४ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।

अवैध गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट
२०८३-०४-०६

भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गर्दै गरेको छ ।  साउन ५ गते इलाका प्रहरी कार्यालय बोयाङ र प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका-८ र ९ वडाका डाँडा पाखामा करिव ३ रोपनी क्षेत्रफलमा रहेका २ हजार ९० वटा गाँजाको बेर्ना तथा नाभो बोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।  यसै गरी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सिद्धिचरण नगरपालिका-१२ स्थित बारीमा आँफै उम्रेका ६० वटा गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको छ ।