प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गाँजा र चरेस सहित २ जना पक्राउ

२०७८-०९-३०

  • A
  • A-
  • A+
Share

झापाको दमक नगरपालिका २ हुम्से-दुम्से सामुदायिक जंगल स्थितमा चेकिङको क्रममा गाँजा र चरेस सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईलाम माईसेबुङ गाऊपालिका २ का ३२ बर्षीय दिपेन्द्र राई र १९ बर्षीय नुवसन मुखिया रहेका छन् ।

आज बिहान ४ बजे प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरी टोलीले उनिहरु सवार मे ३ प ५६६२ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा उनिहरुको साथबाट प्रतिबन्धित लागुऔषध गाँजा १२ केजी र चरेस ६ ग्राम २६० मिलिग्राम फेला परेको थियो ।

लागुऔषध फेला परे पश्चात उनिहरु सवार रहेको मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सम्बन्धित समाचार
३ वटै सुरक्षा निकायका प्रमुखहरुद्धारा निर्देशन सम्बोधन
२०८०-०६-०८

बिराटनगरको बिग होटलमा आज भएको सुरक्षा सम्बन्धी समसामयिक छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुद्धारा मातहत कर्मचारीहरुलाई आवश्यक निर्देशन दिईएको छ । कार्यक्रममा नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँर, शसस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक हुतराज थापालेले संयुक्त रुपमा कोशी प्रदेश अन्तरगत रहेका झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा र उदयपुर जिल्लामा कार्यरत तीन वटै सुरक्षा निकायका जिल्ला स्थित प्रमुखहरुलाई  निर्देशन दिनु भएको हो । निर्देशनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले नागरीकको मौलिक हक र अधिकारको संरक्षण गर्न नेपाल प्रहरी गम्भिर भएर लाग्नु पर्ने र समाजमा शान्ति सुरक्षा कायम राख्न हरदम तयार रहनु पर्ने बताउनु भयो । वहाँले खुल्ला सिमानाका कारण हुन सक्ने चोरी तस्करी नियन्त्रणमा सम्पुर्ण सुरक्षा निकायहरुले समन्वय गरी प्रभावकारी भुमिका निर्वाह गर्न समेत निर्देशन समेत दिनु भयो । साथै वाहाँले सबै सुरक्षा निकायको निरन्तर सहकार्य र समन्वयमा नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी सुरक्षा ब्यबस्थालाई थप मजबुत बनाउनु पर्ने बताउनु भयो । यसैगरी शसस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालको सुरक्षा चुनौतीहरुलाई मध्यनजर गरी सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले अवैध भन्सार छलीलाई नियन्त्रण गरी राजश्व संकलनमा जोड दिनु पर्ने बताउनु भयो । यसै गरी राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले सत्य तथ्य सूचना संकलनले सुरक्षा ब्यबस्था मजबुत हुने हुँदा सूचना संकलन कार्यलाई प्रभावकारी बनाई सत्य र तथ्य सुचाना संकलन गर्न अन्य सुरक्षा निकायको समेत सहयोग आवश्यकता रहेको बताउँदै सुचना संकलनमा बिशेष ध्यान दिन निर्देशन दिनु भएको थियो ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८०-०६-०८

कोशी प्रदेशको उदयपुर र सुनसरी जिल्लाका बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ट्याब्लेट, ब्राउनसुगर र नियन्त्रीत गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका-१२ का २० बर्षीय अंकित साह, उदयपुरगढी गाउँपालिका-८ की ३० बर्षीया उर्मिला खत्री, कटारी नगरपालिका-४ बस्ने २३ बर्षीय संजय मगर र बराहक्षेत्र नगरपालिका- २ का २६ बर्षीय सनम बिश्वकर्मा रहेका छन् । साहलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-३ बसपार्कबाट  ट्रामाडोल २० पत्ता र स्यासपेन्ट १८ पत्ता सहित आईतवाट बिहान पक्राउ गरेको हो । यसैगरी अस्थायी प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरी टोलीले खत्रीलाई २ केजी गाँजा सहित घरैबाट पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले देवदह नगरपलिका-६ रुपन्देही घर भई कटारी बस्दे आएका मगरलाई प्रतिबन्धित लागुऔषध SPASMO PROXYVON- ३०ट्याब्लेट सहित कटारी -४ बसपार्कबाट पक्राउ गरेको हो । यसेगरी बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बिश्वकर्मालाई प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।  पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरी जवान आधारभुत तालिम १४० औ समुहको दिक्षान्त समारोह सम्पन्न
२०८०-०६-०७

कोशी प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा संचालित प्रहरी जवान १४० औ समुहको आधारभुत तालिममा सहभागी २९५ जना प्रहरी जवानहरु दिक्षित भएका छन् ।२०७९ साल कार्तिक २० गते देखि संचालित २ सय ३४ कार्यदिनको प्रहरी जवान १४० औ समुहको आधारभूत तालिम पश्चात आज प्रशिक्षार्थीहरूलाई कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङगणमा कोशी प्रदेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो । प्रहरी जवान १४० औ समुहको आधारभुत तालिममा सहभागी ५३ जना महिला सहित २९५ जना प्रहरी जवानहरु दिक्षित भएका छन ।  दिक्षान्त समारोहमा तालिम केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक रबिन बिष्टले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भई तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई नेपाल र नेपाल प्रहरी संगठनको परिचय सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र बिद्यामान कानुन र प्रहरी युक्ती तथा कारबाही लगायतका बिषयमा प्रशिक्षण दिईएको जानकारी गराउनु भयो । दिक्षान्त समारोहमा सहभागी प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीले शब्दमा सफत ग्रहण गराउनु भएको थियो । प्रशिक्षार्थीहरुलाई तालिम अवधी भर लिईएको चरणगत परिक्षाको प्राप्ताङका आधारमा बिभिन्न बिधामा उत्कृष्ट हुने  प्रशिक्षार्थी प्रहरी जवानहरुहरु लगायत तालिममा सहभागी प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत गर्नु भएको थियो । दिक्षान्त समारोहका प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले अत्यन्त चुनौती एवं जोखिमले भरिएको यस मर्यादित प्रहरी पेशामा आफ्ना सन्ततिलाई प्रवेश गर्न हौसला प्रदान गर्नु हुने दिक्षित प्रहरीका परिवारजन तथा आफन्तहरुमा आभार प्रकट गर्नु भएको छ । साथै वहाँले कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापुर्वक, ईमान्दार र बफादारी भई उच्च मनोवलका  साथ नागरिकको सेवामा दत्तचित्त भई लागि पर्न दिक्षित प्रहरी जवानहरुलाई शुभकामना सहितको निर्देशन समेत दिनु भएको छ ।दिक्षान्त समारोहमा तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीले धन्यवाद ज्ञापन गर्नुहुदै समाज गतिशील रहेको र हाम्रा प्रयास पनि गतिशील नै हुनुपर्ने बताउँदै प्रशिक्षण केन्द्रले प्रशिक्षणका दौरानमा भरमग्दुर प्रयत्न गरेको र अब कार्यक्षेत्रमा खरो उत्रिने पालो दीक्षित प्रशिक्षार्थीहरुकै रहेको हुँदा समाज र संगठनले अपेक्षा गरे अनुरुप निष्ठापूर्वक कार्य गर्ने बिश्वास ब्यक्त गर्दै दिक्षित भई जाने प्रहरी जवानहरुलाई कार्यक्षेत्रको सफलताको शुभकामना समेत दिनु भएको थियो । दिक्षान्त समारोहमा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, दिक्षित हुने प्रशिक्षार्थी प्रहरी जवानहरुका अभिभावक तथा आफन्तहरु, संचारकर्मीहरु, पुर्व प्रहरी कर्मचारीहरु तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सवारी दुर्घटनाबाट एकजनाको मृत्यु
२०८०-०६-०६

सुनसरीको रामधुनी नगरपालिक-७ ईचौल स्थितमा सवारी दुर्घटनाबाट एकजनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को.२१ प.५८१० नम्बरको स्कुटर र बिपरित दिशाबाट जादै गरेको प्रदेश १-०२-०४० प.३०३१ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा परेर घाईते भएका  धरान उप-महानगरपालिका-११ का ४८ बर्षिय ज्ञान प्रकास राई र पछाडि सवार  निजकै श्रीमति ४१ बर्षिया दुर्गा कुमारी राई साथै सुनसरी बराहक्षेत्र नगरपालिका-२ का ४२ बर्षिय प्रताप मगर घाइते भएका थिए । घाइते भएकी दुर्गा कुमारी राईको उपचारको क्रममा बिराट टिचिङ् अस्पतालमा मृत्यु भएको थियो भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ
२०८०-०६-०६

झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेका झापाको बिर्तामोड नगरपालिक-३ बिर्ताबजार का २४ वर्षिय उत्सब चौधरीको साथबाट १ ग्राम ५ सय मिलिग्राम लागुऔषध बरामद गरेको छ । यसैगरी गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको सोहि टोलिले मेचिनगर नगरपालिका-९ झोडाका २० वर्षिय निर्दोस डाँगी र २७ वर्षिय साजन राजवंशीको  साथबाट १ ग्राम ९ सय मिलिग्राम लागुऔषध ब्रउनसुगर फेला पारी बरामद गरेको थियो । उनसुगर सहित नियन्त्रणमा लिएका तिनैजना उपर ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट आवश्यक अनुसन्धान भईरहेको छ।  

ब्राउन सगुर सहित २ जना पक्राउ
२०८०-०६-०२

मोरङको बिराटनगर महानगरपालिका वडा नं.१७ मटेरुवाबाट लागुऔषध ब्राउन सगुर सहित २ जनालाई प्रकाउ गरिएको छ । पक्राउ पर्नेमा  सुनसरीको ईटहरी उपमहानगरपालिका २० बस्ने ३७ बर्षीय अमृत पुरी र धरान उपमहानगरपालिका १ का ३० बर्षीय सुसान्त रिजाल रहेका छन् । हिजो दिउसो १२ बजे भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १-०२-०५२ प २७१७ नम्बरको मोटरसाईकललाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागुऔषध ब्राउन सुगर १० ग्राम ३० मिलिग्राम फेला पारी उनिहरुलाई पक्राउ गरिएको थियो । पक्राउ परेका दुवै जनाको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको  छ ।