प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध सामान बरामद

२०७९-०९-२४

  • A
  • A-
  • A+
Share

जिल्ला प्रहरी कार्यालय मोरङले मोरङका बिभिन्न स्थानहरुबाट भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवैध सामान बरामद गरेको छ । मोरङ जिल्लाका सिमावर्ती क्षेत्रका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले खाध्यान्न, लत्ताकपडा, हार्डवयरको सामान, कस्मेटिक लगायतका अन्दाजी ७ लाख ३३ हजार १ सय ८० रुपैया बराबरको सामान प्रहरीले बरामद गरेको हो । बरामद भएका सामानहरु आवश्यक कारबाहीको लागी भन्सार कार्यालय बिराटनगर बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।