प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु

२०७९-०१-०९

  • A
  • A-
  • A+
Share

झापाको बाह्रदशी-३ चारपाने राजगढ सडकखण्डमा मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । हिजो राति साँढे ११ बजे प्रदेश२-०३-१९ प १८६४ नम्बरको  मोटरसाईकल अनियन्त्रित भई बिजुलिको पोलमा ठोक्किई दुर्घटना हुदा घाईते भएका मोटरसाईकल चालक बाह्रदशी-२ का १९ बर्षीय दिपेश बिष्टको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती नै  मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको  छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।