प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८०-०२-२४

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट खटिएको प्रहरी टोलीले लागुऔषध अन्य मुद्दा र लागुऔषध मुद्दाका दुई जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । लागुऔषध अन्य मुद्दामा सम्मानित उच्च अदालत बिराटनगरको मिति २०७३|०२|०७ गतेको सजाय निर्धारण फैसला आदेशले १ बर्ष ६ महिना कैद र नगद १ लाख रुपैया र मिति २०७५|०३|१५  गतेको सजाय निर्धारण फैसला आदेशले १ बर्ष १० दिन कैद र नगद ९८ हजार रुपैया जरिवाना बेरुजु रहि फरार रहेका भोक्राहा गाउँपालिका-४ सुनसरी घर भई धरान उप-महानगरपालिका-१७ फोक्ल्यान्ड बस्दै आएका २८ बर्षीय सदाम अन्सारी र लागुऔषध मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७९|११|२१ गतेको सजाय निर्धारण फैसला आदेशले ११ महिना १९ दिन कैद र ५ हजार रुपैया जरिवाना रहि फरार रहेका बिराटनगर महानगरपालिका-४ का २२ बर्षीय दिपेन्द्र कुमार मण्डल धानुकलाई गाउँघरमानै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका अन्सारीलाई सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा सम्मानित अदालतले कैद भुक्तानको लागि झुम्का कारागार सुनसरी पठाएको छ भने धानुकलाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाईएको छ ।

सम्बन्धित समाचार
अवैध लागू औषध गाँजा सहित २ जना पक्राउ
२०८२-०७-२८

सुनसरीको इटहरी उप-महानगरपालिका-३ डाडागाँउ टोल स्थितबाट अवैध लागू औषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २८ गते लागू औषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी चौकी तालतलैयाबाट खटिएको प्रहरी टोलीले इहटरी-३ की कल्पना राईको घरमा रहेको प्रदेश १-०२-००३ ह ९०५५ नम्बरको सिटी सफारीमा गाँजा लोड गर्दै गरेको अवस्थामा कल्पना राई र भोजपुर रामप्रसादराई गाउँपालिका-७ घर भई सोही घरमा बस्दै आएका मनोज राईलाई फेला प्लास्टिको पोकामा रहेको ९८ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान भईरहेको  छ ।  

लागू औषध सहित १० जना पक्राउ
२०८२-०७-२८

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २७ गते मोरङको इलाका प्रहरी कार्यालय रंगेलीबाट रंगेली नगरपालिका-४ र ६ स्थितमा चेकजाँचमा खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका-५ का जिवन खड्का र रंगेली-४ का सतिस कुमारलाई ४ ग्राम ८० मिलिग्राम र कानेपोखरी गाउँपालिका- ५ का सलिन गुरुङ र कपिल जिमि याख्खालाई १ ग्राम ७९०मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यैगरी झापाको प्रहरी चौकी जलथलले हल्दीवारी गाउँपालिका-५ का सौरभ गुरुङ र  देवी प्रसाद गुरुङलाई ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय पकली सुनसरीले ईटहरी-१७ का जान मोहमद हुसेन, सादाब हसिन, मोरङ केराबारीका भुसण राई र अनिस मगरलाई २ किलो २०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०७-२७

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २६ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँज गर्ने क्रममा कमल गाउँपालिका-३ का प्रज्वल बाँनियालाई ३ ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको धरान-६ बाट प्रहरी चौकी पानबारीले सोहि स्थानका रोशन राई र अभिषेक बिश्वकर्मालाई निषेधित औषधीट्रामाडोल २६१ क्याप्सुल र २८४ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय दुहबीले बर्जु गाउँपालिका-३ का मुकेश कुमार चौधरीलाई १८ किलो ५९८ ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

अवैध गाँजा फडानी गरी नष्ट
२०८२-०७-२७

भोजपुर र धनकुटा जिल्लाको बिभिन्न स्थानमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा रोपिएका अवैध गाँजाको बोट तथा बिरुवाहरु फडानी गरी नष्ट गरेको छ । कार्तिक २६ गते भोजपुरको बिभिन्न स्थानमा इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी हसनपुर र ,अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले करिव ९ रोपनी क्षेत्रफलमा लगाएका १ हजार १ सय गाँजाको बोट तथा बिरुवाहरु फडानी गरि नष्ट गरेको छ भने धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी पोष्ट मौनाबुधुकले चौबिसे गाँउपालिका-५ स्थित डाँडापाखाको २.५ रोपनी क्षेत्रफलमा रहेको ५ सय ४५ वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरी नष्ट गरेको छ ।