पौडी खेल्ने क्रममा खोलामा डुबी मृत्यु
२०७९-१२-०४
- A
- A-
- A+
इलामको इलाम नगरपालिका-१० स्थित माई खोलामा पौडी खेल्ने क्रममा डुवेर बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका-१० का देव बहादुर मगरको १४ बर्षीया छोरी प्रतिक्षा मगर रहेकि छन । हिजो अपरान्ह ३ बजे माई खोलामा पौडी खेल्ने क्रममा खोलामा डुबी बालिका बेपत्ता भएको भनि प्रहरीलाई खवर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले खोज तालसको क्रममा दहमा डुबेको अवस्थामा मृत फेला पारेको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको छ ।