प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध समान बरामद

२०८०-०६-२१

  • A
  • A-
  • A+
Share

मोरङको बिराटनगरबाट १ लाख २८ हजार भन्दा बढीको अबैध समान बरामद भएको छ । BR 38 AA 1867 नम्बरको मोटरसाईकलमा भन्सार छली अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको जुत्ता चप्पल र मोटरसाइकल समेत गरी १ लाख २८ हजार रुपैयाँ बराबरको सामान आज बिहान साढे १० बजे बिराटनगर महानगरपालिका-१२ स्थित रोडशेष चोकबाट बरामद भएको हो । बरामद भएको समान आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बिराटनगर बुझाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । 


सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।