प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पानीमा डुबी बालक र महिलाको मृत्यु

२०७८-१२-२०

  • A
  • A-
  • A+
Share

झापाको दमक नगरपालिका -२ सिपेनि सिमसार स्थित जमेको पानीमा पौडी खेल्ने क्रममा डुबी बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका पुष्प कुमार राईको १४ बर्षीय छोरा मोहन राई रहेका छन् । हिजो दिउसो साढे २ बजे साथीकोमा जान्छु  भनि घरबाट निस्केका राईको पौडी खेल्ने क्रममा पानीमा डुबि मृत्यु भएको भनि इलाका प्रहरी कार्यालय दमकमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटि मृत अवस्थामा पानीबाट बाहिर निकाली घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ भने ओखलढुङगा खिजिदेम्बा गाँउपालिका-७ कि  ५८ बर्षीया  गोमा माया परीयार चैत्र ६ गते घरबाट कोहि कसैलाई नसोधि हिडी हराई बेपत्ता भऐकिमा खोज तलासको क्रममा हिजो बिहान ११ बजे खिजिदेम्बा-७ स्थित लिखु नदीमा डुवी मृत अवस्थमा फेला परेकि हुदा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पक्राउ
२०८०-११-१९

झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो १२ बजे झापाको बिर्तामोड नगरपालिका- २ स्थित प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ बर्षीय अनिल लुईटेललाई शंका लागि चेकजाँच गर्दा उनिहरुको साथबाट ५०० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको बुढिगंगा गाउँपालिका- २ स्थितका ३५ बर्षीया रिना देवी सिहंले गाँजा घरमा लुकाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त घर भित्र लुकाईछिपाई राखेको अवस्थामा ५ के.जी. गाँजा फेला पारी बरामद गरेसगै सिंहलाई प्रहरीले पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु २ जना घाईते
२०८०-११-१९

सुनसरीको बर्जु गाउँपालिका- ६ स्थित हुलाकी राजमार्गमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । हिजो बेलुका ७ बजे चिमडीबाट हरिनगरातर्फ जाँदै गरेको को १० प ८३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा घाईते भएका चालक देवानगंज- ७ का २० बर्षीय जय कुमार उराव मोटरसाईकलमा पछाडी २९ बर्षीय मनोज कुमार उराव २२ बर्षीय निरज उरावलाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाएईएकोमा उपचारको क्रममा निरज उरावको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चिमडीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८०-११-१८

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ६ बजे झापाको मेचिनगर नगरपालिका- ६ बसपार्क स्थितबाट जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड- ४ का २१ बर्षीय रबिन चौधरीको साथबाट २ ग्राम ब्राउनसुगर र नेपाली नगद २२ हजार ६ सय रुपैया समेत फेला पारी नियन्त्रणमा लिएको हो । यसैगरी सोही दिन प्रहरी बिट मेचिपुल झापाबाट खटिएको प्रहरी टोलीले साईकल यात्री धरान- १२ सुनसरी घर भई हाल भद्रपुर- ७  स्थित बस्दै आएका ३८ बर्षीय सुबर्ण श्रेष्ठलाई भद्रपुर- ५ स्थितबाट ईन्जेक्सन लिक्विड ६ थान फेला पारी पक्राउ गरेको हो । त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको लेटाङ- ९ का ३२ बर्षीय भिम भण्डारीलाई मोरङको बिराटनगर- १६ हुलास चौक स्थितबाट १ ग्राम ९६ मिलिग्राम ग्राउन सुगर सहित पक्राउ गरेको हो भने मिक्लाजुङ गाउँपालिका- ६ मोरङका २६ बर्षीय रविन लिम्बुलाई प्रतिबन्धित औषधी ट्रामाडोल १८२ क्याप्सुल र डोकोलिक २६७ क्याप्सुल सहित ईलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । त्यस्तै अस्थायी प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उप-महानगरपालिका- १३ स्थितमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको मे. ७ प ७३७५ र प्रदेश १-०२-०५३ प ७६६० नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकलबाट ११ के.जी. गाँजा बरामद गरेसगै चालक कन्काई- १ का ३६ बर्षीय धन बहादुर मुखिया, मोटरसाईकलमा पछडी सवार ३५ बर्षीया गंगा दर्जी र सहिदभुमी गाउँपालिका- ३ धनकुटाका २२ बर्षीय टेकेन्द्र राईलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटना तिन जनाको मृत्यु २ जना घाईते
२०८०-११-१८

मोरङको बेलवारी नगरपालिका-१ स्थित पुर्व पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको प्रदेश १ -०२-००१ ख ९६७६ नम्बरको टिपरले बिपरीत दिशाबाट आऊँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २७१८ नम्बरको बसलाई ठक्कर दिंदा टिपर अनियन्त्रित भई सोहि दिशा तर्फ आउदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरोलाई समेत ठक्कर दिई दुर्घटना हुँदा बोलेरोमा सवार ५ जना घाईते भएका थिए । घाईतेहरुलाई उद्धार गरी उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा बोलेरो चालक बिर्तामोड नगरपालिका-२ झापाका ३६ बर्षीय कृष्ण गजुरेल, बोलेरोमा सवार कमल गाउँपालिका-२ का ५२ बर्षीय यदुकान्त भट्टराई र कमल गाउँपालिका-४ की ४४ बर्षीया दिपा खानालको उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटनामा घाईते भएका बिर्तामोड-२ की ४८ बर्षीया गायत्री भट्टराई र बिर्तमोड-४ का ४६ बर्षीय हरि खनालको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । दुर्घटना भएको टिपर चालक सुन्दरहरैचा नगरपालिका-७ मोरङका २३ बर्षीय चन्द्र कुमार बि.क. र बस चालक सुन्दरहरैचा-१२ का ४५ बर्षीय छत्र कुमार मास्केलाई ईलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको छ ।

एकै दिनमा ४६ जना फरार प्रतिवादी पक्राउ
२०८०-११-१८

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चिता तथा फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले झापा, मोरङ र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुबाट एकै दिनमा ४६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । सम्मानित मोरङ जिल्ला अदालतको फैसलाले बिभिन्न मुद्धाका फरार ब्यक्तिहरुको खोजतलासमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको टोलीले मोरङ जिल्लाका बिभिन्न स्थानहरुबाट एकैदिन बिभिन्न मुद्धाका ४१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । त्यस्तै सोहि दिन जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले छुट्टाछुट्टै मुद्धाका ४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सवारी ज्यान मुद्धाका फरार १ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतहरुमा उपस्थित गराईएको छ ।