प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रतिवन्धित लागुऔषध सहित पक्राउ

२०८०-१२-२३

  • A
  • A-
  • A+
Share

मोरङ, झापा र पाँचथर जिल्लाबाट प्रतिवन्धित लागुऔषध र निषेधित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो मोरङको विराटनगर-१६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरी धरान-१६ का २३ बर्षीय युवराज श्रेष्ठको साथबाट १ ग्राम २३ मिलिग्राम ब्राउनसुगर र झापा मेचीनगर नगरपालिका-१२ का ३३ बर्षीय सुबास राईको  साथबाट ५३ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । सोही दिन झापाको मेचिनगर-१० का  १८ बर्षीय सिहिल मगरलाई निषेधित औषधी ४१२ ट्याव्लेट सहित ईलाका प्रहरी कार्यालय धुलावारीले र कमल गाउँपालिका-६ का २७ बर्षीय मदन तिम्सिना र ३८ बर्षीय बुद्धलाल साहुलाई निषेधित औषधी १३५ ट्याव्लेट सहित इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ ।

यसै गरी बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले फिदिम-४ का २५ बर्षीय डेविट लिम्वु सहित २ जनालाई ३ ग्राम ३३० मिलिग्राम ब्राउनसुगर र नगद ४१ हजार २६० रुपैया सहित नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।