पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०७९-१०-०८
- A
- A-
- A+
जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी नायव निरीक्षक उमा कुमारी गुरुङ र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक हवल्दार सुदर्शन कालाखेती पुस महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।
विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै उदयपुरको त्रियुगा नगरपालिका-१२ स्थित निकिता होटलबाट देह व्यपारमा संलग्न ७ जना पुरुष र ६ जना महिलालाई नियन्त्रणमा लिइएको, लिम्चुङबुङ गाउपालिका-२ कि अपाङ्गता महिलालाई पटक करणी गर्ने आरोपित बाबु, छोरालाई पक्राउ गरी कसुर बमोजिमको मुद्धा दायर गरी पिडित महिलाको उद्धार गर्न भुमिका निर्वाह गरेको तथा मिति २०७९ पौष २७ गते मोरङको बिराटनगर-७ जलजला चौक स्थितबाट बिराटनगर महानगरपालिका-१७ का रवी प्रकाश साहलाई श्रोत नखुलेको नेपाली रकम ७ लाख ९ हजार र को.२९ प ७९८४ नम्वरको मोटरसाइकल सहित पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन अहम भुमिका निर्वाह गर्नुको साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले दुबै जनालाई निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल पुस “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।