प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

२०८१-०७-२४

  • A
  • A-
  • A+
Share

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

विराटनगर, कात्तिक २४ गते ।

झापा र मोरङबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक २३ गते राती इलाका प्रहरी कार्यालय दमकबाट खटीएको प्रहरी टोलीले चेकजाँचको क्रममा झापाको कमल गाँउपालिका - ५ पाडाजुगी बजार स्थितबाट कमल गाँउपालिका - ५ का २५ बर्षीय बिष्णु राजबंशीको साथबाट प्रतिवन्धित औषधी स्पाईसनेस- १०८ पिस, ट्रामाडोल- ८० पिस र एन्टिकफ- २४ पिस  फेला पारी नियन्त्रणमा लिएको हो ।

 यसै गरी अस्थाइ प्रहरी पोष्ट बलिया मोरङको टोलीले गोप्य सुचनाको आधारमा मोरङ सुन्दरहरैचा- ४ का ४२ वर्षिय राजु राईलाई लागुऔषध ब्राउन सुगर ४२ मिलिग्राम सहित पक्राउ गरेको छ ।

प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेको उनिहरुकोको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।