प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ब्राउन सुगर सहित १ जना पक्राउ

२०८०-१२-१८

  • A
  • A-
  • A+
Share

मोरङको सुनवर्षी नगरपालिका ८ हरिसचन्द्रगढी स्थितबाट प्रहरीले ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  सुनवर्षी नगरपालिका ६ पटियापाडा कि २० बर्षीया सुलेखा राजबंशी रहेकी छिन् । हिजो बेलुका ५ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध ब्राउन सुगर ४ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेकी उनको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।