प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

२०८१-०२-०८

  • A
  • A-
  • A+
Share

कोशी प्रदेशको झापा, मोरङ र सुनसरी जिल्लाका बिभिन्न स्थानहरुबाट सोमबार प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सोमवार दिउँसो सुनसरीको कोशी गाउँपालिका-१ पुरी टोलबाट ईनरुवा नगरपालिका-६ का २६ बर्षीय सुशान्त खनाललालाई ३ ग्राम ९१ मिलिग्राम ब्राउनसुगर र १ थान मोवायल सहित पक्राउ गरेको हो भने सोही टोलीले सोमवार अपरान्ह भोक्राहा नरसिंह गाउँपालिका-६ बाट सुन्दरहरैचा नगरपालिका-७ मोरङका २० बर्षीय बिमल चौधरी र २१ बर्षीय निकेश चौधरीलाई ३ ग्राम ४९ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१६ बाट दुहवी-२ का २० बर्षीय शुसान्त चौधरीलाई २ ग्राम ३९ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित सोमवार दिउँसो पक्राउ गरेको हो । यस्तै लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचिनगर नगरपालिका-६ बाट दमक नगरपालिका-९ का २७ बर्षीय आषिश खडियालाई ५ ग्राम १०० मिलिग्राम लागुऔषध सहित सोमवार साँझ पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीलेर थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।