प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रुखबाट लडेर २ जनाको मृत्यु

२०७८-११-२०

  • A
  • A-
  • A+
Share

ओखलढुंगा र उदयपुरमा घास काट्ने क्रममा रुखबाट लडेर २ जनाको मृत्यु भएको छ । हिजो दिउसो ११ बजे ओखलढुङगा चिशंखुगढी गाऊपालिका ३ दियाले बस्ने ६३ बर्षीय बिर बहादुर आलेमगर घर निजकै आफ्नै बारीमा रहेको टुनिको रुखमा घास काट्ने क्रममा लडेर गम्भिर घाईते भएका थिए ।

घाईते मगरको दिउसो साढे १ बजे मिसन अस्पताल ओखलढुंगा पुर्याई चेकजाँच गर्दा मृत्यु भईसकेको थियो । यसैगरी  हिजै बेलुका ५ बजे उदयपुर त्रियुगा नगरपालिका १० करमगाछि की ५५ बर्षीया कालुमाया राई त्रियुगा नगरपालिका ११ बरुवा समुदायिक बनमा घाँस काट्ने क्रममा भोर्लाको रुखबाट लडि घाईते भएकी थिईन । घाईते राईको उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा दम्पतीको मृत्यु
२०८१-०५-२७

मोरङको बुढिगंगा गाउँपालिका-५ स्थितमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत भागलपुरका ७५ बर्षीय कैलाश मण्डल र उनको श्रीमती ७२ बर्षीया कुमा देबी मण्डल रहेका छन । भदौ २६ गते बिहान बुढिगंगा-५ स्थितमा कोठा भाडामा लिई  खेतीपाती गर्दै आएका दम्पत्तीले खेतमा पानी लगाउन मोटर जडान गरी ट्युवेल चलाउने क्रममा बिधुत सर्ट भइ करेन्ट लाग्दा दुबै जनाको घट्नास्थलमानै मृत्यु भएको हो । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय  मोरङबाट प्रहरी टोली खटि आवश्यक कानुनी प्रकृया गरी लाश पोष्टमार्टमको लागी कोशी अस्पताल पठाएको छ भने घटना सम्वन्धमा अन्य थप अनुसन्धान गरीरहेको छ ।

लागुऔषध सहित ८ जना पक्राउ
२०८१-०५-२७

झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २६ गते रतुवामाईमाई नगरपालिका-१ र २ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले रतुवामाई-८ का २६ बर्षीय सुजन मोते र ३१ बर्षीय शिव कुमार लामिछानेलाई २ ग्राम ७५ मिलिग्राम ब्राउन सुगर, उर्लबारी नगरपालिका-५ का ३० बर्षीय गणेश तामाङलाई ३ ग्राम २१ मिलिग्राम ब्राउन सुगर र उदयपुर चौदण्डीगढी-३ का २३ बर्षीय पुरन राई र रतुवामाई-६ का २१ बर्षीय संगम सुन्दासलाई TRAMADOL, VOMINE, PROMETH र LYCITON समेत गरी ८ सय चक्की निषेधित औषधी सहित  पक्राउ गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय रानी (सिमा) को प्रहरी टोलीले बिराटनगर-१६ स्थितबाट धरान-१७ का ३९ बर्षीय राजकुमार श्रेष्टलाई निषेधित औषधी AVIL, DIAZEPAM, LUPIZSIC, PHENARAGAN समेत गरी १२ एम्पुल सहित नियन्त्रणमा लिएको छ । यसका साथै झापाको शिवसताक्षी नगरपालिका- २ का ३३ बर्षीय अर्जुन कुमार राई ४ ग्राम ९ सय मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय झिलझिलेले र मोरङको सुन्दरहरैचा-५ का २१ बर्षीय श्याम कार्कीलाई १ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय लौकही सुनसरीले पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।    

लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित १ जना पक्राउ
२०८१-०५-२६

लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित १ जना पक्राउ धनकुटा, भदौ २६ गते । धनकुटाको सहिदभुमी गाँउपालिका- ४ खोकु स्थितबाट लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २६ गते राती प्रहरी चौकी आखिँसल्लाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले को.१ च ९२९० नम्बरको पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्दा उक्त पिकअपमा २५ वटा बोरामा २८७ किलोग्राम गाँजा बरामद गरेको थियो । लागुऔध गाँजा बरामद भए संगै ओसार पोसारमा संलग्न पिकअप र चालक सहिदभुमी-४ का २५ बर्षीय मेघराज राईलाई समेतलालई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध सहित २ जना पक्राउ
२०८१-०५-२५

लागुऔषध सहित २ जना पक्राउविराटनगर, भदौ २५ गते । मोरङको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गते साँझ ६ बजे पथरी शनिश्चरे नगरपालिका-७ का २८ बर्षीय ललित गुरुङ्ले आफ्नै घरमा लागुऔषध बेचबिखान गरिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा घर भित्र लुकाईछिपाई राखेको अवस्थामा ३ ग्राम ३ सय ५० मिलीग्राम ब्राउन सुगर फेला पारी उनलाई नियन्त्रणमा लिएको हो भने CRV बाँसबारी मोरङबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैँचा नगरपालिका-७ का २० बर्षीय रुपेश चौधरीलाई नियन्त्रित औषधी एभिल, डाइजेपाम र फेनारगन १७ एम्पुल सहित बुढिगंगा गाउँपालिका-२ गंगा चोकबाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित २ जना पक्राउ
२०८१-०५-२४

झापा र मोरङबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गते साँझ साढे ६ बजे झापाको झापा गाउँपालिका- ४ ग्रामथान स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले प्र. १ -०१-०१७ प १७९८ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकल चालक शिवसताक्षी गाउँपालिका- ३ का २१ बर्षीय थरेन्द्र गुरुङको साथबाट २ ग्राम ५९ मिलीग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय डोरिया मोरङबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-४ का २३ बर्षीय सुरज धिमाललाई प्रतिबन्धित औषधी नाईट्राभेट ४ सय २० पिस सहित रतुवामाई नगरपालिका- २ बाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ गरेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।