प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु ३ जना घाईते

२०७८-०९-०१

  • A
  • A-
  • A+
Share

सुनसरी र झापा दुई छुट्टाछुटै स्थानमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु र ३ जना घाईते भएका छन् । मंसिर २९ गते दिउँसो साढे १ बजे सुनसरीको भोक्राहा नरसिंह गाँपालिका-६ स्थितमा प्रदेश १-०२-०४४ प ३५४० नम्बरको मोटरसाईकलले स्थानिय ४० बर्षिय बैजनाथ रिषिदेवलाई ठक्कर दिई दुर्घटना हुँदा रिषिदेव सहित मोटरसाईकल चालक भोक्राहा-८ का २१ बर्षिय सराज आलम, पछाडि सवार २३ बर्षिय ईरसाद आलम र महपुज आलम समेत  घाईते भई उपचारको लागि जिल्ला अस्पताल सुनसरी पुर्‍याईएकोमा उपचारको क्रममा मध्य राती साढे ११ बजे रिषिदेवको मृत्यु भएको हो । त्यसैगरी मंसिर २९ गते राती पौने ८ बजे झापाको कन्काई नगरपालिका-७ दुर्गापुर स्थितमा ना ५ ख ७९३७ नम्बरको बसले र बिपरीत दिशाबाट आउदै गरेको मे ७ प २८४६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक ईलाम रोङ गाँउपालिका-६ का ३३ बर्षिय सन्तोष राई र पछाडि सवार ४० बर्षिय चन्द्र बहादुर राई घाईते भई उपचारको लागि बि. एण्ड सि. अस्पताल बिर्तामोड पुर्‍याईएकोमा उपचारको क्रममा राती पौने ९ बजे दुबै जनाको मृत्यु भएको हो । बस र बस चालक ईलामको चुलाचुली गाँउपालिका-६ का ३१ बर्षिय सरोज ढकाललाई ईलाका प्रहरी कार्यालय सुरुङगाको नियन्त्रणमा लिईएको छ । घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।