प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध मुद्धाका फरार प्रतिबादी पक्राउ

२०७९-०४-२६

  • A
  • A-
  • A+
Share

लागु-औषध मुद्धाका फरार प्रतिबादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका वडा नं. ०४ काकुम बस्ने २६ बर्षीय निबेक श्रेष्ठ रहेका छन् । उनलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर (RIT) बाट खटीएको प्रहरी टोलिले हिजो खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरिएको हो ।

पक्राउ परेका श्रेष्ठलाई सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा सम्मानित अदालतले आज कैद भुक्तानको लागी झुम्का कारागार सुनसरी पठाएको छ । फरार रहेका श्रेष्ठको लागु-औषध मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८।०५।१० गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ९ महिना १ दिन कैद र एक लाख जरीवाना भई लगत नं. १२८८ मा कैद तथा जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका थिए ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।