प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण

२०८२-०२-१६

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ । जेष्ठ १६ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नु भएको छ । निरीक्षण प्रश्चात प्रदेश प्रहरी प्रमुख कार्कीले जिल्ला प्रहरीकार्यालय तथा मातहत इकाई प्रमुखहरु सहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको छ । निर्देशनको क्रममा वहाँले प्रदेशको राजधानी, औद्योगिक तथा व्यपारिक केन्द्र रहेको मोरङ जिल्लामा खटिने प्रहरी कर्मचारीहरुले नियमितरुपमा चुस्त दुरुस्त भई शिष्ट बोली बचन र ब्यवहारका साथ नागरिकहरुको बिश्वास जित्दै सुरक्षाको प्रत्याभुति हुने गरी प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु पर्ने बताउनुभयो ।


समाजमा अप्रिय घटना घट्न नदिन र घटि हालेमा त्यसको सुक्ष्म र सफल अनुसन्धान गरेर अपराधीलाई कानूनी दायरामा ल्याउन र पिढीतलाई न्याय प्रदान गराउन कटिबद्द हुनका साथै कोशी प्रदेश पर्यटन वर्ष,२०८२ को अवसरमा नेपाल भ्रमणको लागी आउनु हुने विदेशी पर्यटकहरुको यात्रा सहज र सरल बनाई सत्कार र सम्मानका साथ गुणस्तरीय प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।

साथै वँहाले सुरक्षाकर्मी शारिरिक तथा मानसिकरुपमा स्वस्थ्य र सुरक्षित भए मात्र आम नागरिकलाई सुरक्षाको प्रत्याभुति दिन सक्ने भएको हुँदा प्रहरी मानसिक तथा शारिरिकरुपमा स्वस्थ्य रहन जरुरी रहेको बताउनु भयो ।  


निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीयाले प्रदेश प्रहरी प्रमुख कार्कीलाई मोरङ जिल्लाको समग्र शान्ती सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावि कार्य योजना, सुरक्षा चुनौतीहरु र प्रदेश प्रहरी कार्यालयसंगको अपेक्षा सहितको प्रस्तुतिकरण गर्नु भएको थियो भने मोरङ जिल्ला अन्तरगत रहेका प्रहरी इकाईहरुका प्रमुखहरुले आ-आफ्नो एरियाको बस्तु स्थिति लगायत विविध विषयहरुमा प्रदेश प्रहरी प्रमुख कार्कीलाई अवगत गराउनु भएको थियो ।

 


सम्बन्धित समाचार
लागू औषध सहित ५ जना पक्राउ
२०८३-०५-०९

उदयपुर, झापा, सुनसरी र मोरङबाट लागू औषध सहित ५ जनालाई पक्राउ गरिएको छ । भदौ ०८ गते झापाको अर्जुनधारा नगरपालिका-६ महानन्द चोकस्थितबाट इलाका प्रहरी कार्यालय अनारमनीले इलाम चुलाचुली नगरपालिका-१ का २१ वर्षीय सन्जोक लुइटेललाई १ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित र बिर्तामोड नगरपालिका-४ का २४ वर्षीय अरबस अन्सारीलाई ३०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको पथरी शनिश्चरे नगरपालिका-१ अन्नपूर्ण चोकस्थितमा लागू औषध सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० वर्षीय सुमित पौदारलाई १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-५ मुसहरीटोलस्थितमा हातमा धारिलो हतियार तरवार बोकी स्थानीयलाई त्रसित बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले १८ वर्षीय मनोज मुसहर र जिल्ला सुनसरी रामधुनी नगरपालिका-५ हात्तिसारका ३० वर्षीय मनिराज राईलाई ट्रामाडोल-२१० पिस र नाईट्रोसन - ५० पिस प्रतिबन्धित औषधी र धारिलो हतियार तरवार सहित पक्राउ गरिएको छ ।

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०५-०८

उदयपुर, झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । उदयपुरको कटारी नगरपालिका-४ स्थितमा ना.७ ख ८१७३ नम्वरको टिपरबाट १ सय ९९ किलो ३२ ग्राम गाँजा  प्रहरीले बरामद गरेको छ । भदौ ८ गते राती विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले कटारी-४ मरुवा खोला स्थितमा बेतिनीबाट कटारी तर्फ आउदै गरेको  ना. ७ ख ८१७३ नम्वरको टिपरलाई रोकी चेकजाँच गर्दा टिपरको डालामा ९ वटा बोरामा प्याक गरी लुकाई छिपाई राखेको अबस्थामा १ सय ९९ किलो ३२ ग्राम गाँजा बरामद गरेको थियो । गाँजा बरामद भए संगै टिपर र चालक  कटारी-४ का सोम मगरलाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।  यसैगरी भदौ ०७ गते झापाको प्रहरी चौकी घेराबारीबाट खटिएको प्रहरी टोलीले कचनकवल गाउँपालिका-१ बनियाभिट्टा स्थितबाट कचनकवल गाउँपालिका-१ का २४ वर्षीय धिरेन केरुङ, २८ वर्षीय नानुङ लिम्बु, भद्रपुर नगरपालिका-४ का ३४ वर्षीय दिपेश माझी र २४ वर्षीया मिना राईलाई १ ग्राम २० मिलिग्राम ब्राउन सुगर र मे.३ प २३४१ नम्बरको मोटरसाइकल सहित, अस्थायी प्रहरी चौकी बुट्टाबारी र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका-६ का ३४ वर्षीय पदम चौधरीलाई २९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी शिवचोक कटानबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका-४ कोशी कटानस्थित पूर्व-पश्चिम राजमार्गबाट धनकुटाको साँगुरीगढी गाउँपालिका-८ का २८ वर्षीय चरन राईलाई ११ किलो १२० ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेकाहरूको थप अनुसन्धान भइरहेको छ ।  

प्रहरी कार्यक्रम प्रसारण गर्न सुर्योदय टेलिभिजनसंग सम्झौता
२०८३-०५-०८

समाजमा शान्ति सुरक्षा सुदृढ बनाउने तथा आम नागरिकमा सचेतनाको कमिबाट हुने अपराधका घटनाहरुलाई न्यूनीकरण गर्ने उद्धेश्यले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र सुर्योदय टेलिभिजन बिर्तामोड, झापाबीच "प्रहरी कार्यक्रम" प्रसारण गर्ने सम्झौता भएको छ । भदौ ६ गते बिर्तामोड स्थित सुर्योदय टेलिभिजनको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फबाट प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना र सुर्योदय टेलिभिजनको तर्फबाट कर्पोरेट निर्देशक यम नाथ बिमली बीच सुर्योदय टेलिभिजनबाट प्रत्येक शुक्रबार बेलुकी ०६:३० बजे प्रहरी कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले 'समुदाय-प्रहरी साझेदारी कार्यक्रम' अन्तर्गत सुरक्षित र अपराधमुक्त समाज निर्माणका लागि विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, स्थानीय तह तथा सञ्चार माध्यमहरूसँग निरन्तर सहकार्य गर्दै आईरको छ । यसै अभियान अन्तर्गत टेलिभिजन, रेडियो तथा डिजिटल माध्यमहरूबाट नियमित रूपमा प्रहरी कार्यक्रम मार्फत जनचेतनामूलक सामग्रीहरु प्रसारण हुँदा दुर दराज सम्म रहेका नागरिकहरुमा सचेतना अभिबृद्धि भई सुरक्षित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।साथै “प्रहरी कार्यक्रम”लाई अझ बढी परिष्कृत, उपयोगी र जनमुखी बनाउनका लागि यहाँहरूको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाको लागी कोशी प्रदेश प्रहरी हार्दिक अपेक्षा गर्दछ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०५-०७

झापा, सुनसरी र उदयपुरबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ । भदौ ०६ गते झापाको झापा गाउँपालिका-४ टाघनडुब्बा स्कुलटोलबाट इलाका प्रहरी कार्यालय कुमरखोदले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका शिवसताक्षी नगरपालिका-६ शिवगञ्जका २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मुर्मुलाई १ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय सुरुङ्गाले कन्काई नगरपालिका-५का २२ वर्षीय सुमनराज प्रसाईं र ३० वर्षीय सिताराम तिवारीलाई २ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर र ३३ ग्राम ५४० मिलिग्राम गाँजा सहित र इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मे.३ प २८४४ नम्बरको मोटरसाइकल चालक बिर्तामोड नगरपालिका-३ का २१ वर्षीय प्रदीप टुडु, पछाडी सवार २० वर्षीय सचिन दास र बिर्तामोड नगरपालिका-१० का २२ वर्षीय संजित राजवंशीलाई २ ग्राम ३० मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको इनरुवा नगरपालिका-४ बसचोकस्थित पूर्व-पश्चिम राजमार्गबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी इनरुवा बसपार्कबाट खटिएको संयुक्त टोलीले को २८ प १३५ नम्बरको मोटरसाइकल चालक धरान उप-महानगरपालिका-५ का ३३ वर्षीय प्रेमबहादुर विक र पछाडी सवार ४३ वर्षीय अर्जुन राईलाई ५ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले कटारी नगरपालिका-७ रतनपुरस्थित रिस्कु–रतनपुर कच्ची सडकको छेउमा बेवारिसे अवस्थामा रहेको सेतो प्लास्टिकको बोराभित्रबाट ७ केलिग्राम गाँजा फेला पारेको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०५-०६

झापा र मोरङबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ । भदौ ०५ गते झापाको बिर्तामोड नगरपालिका-३ स्थीतबाट इलाका प्रहरी कार्यालय अनारमनीले भद्रपुर नगरपालिका-५ का २३ वर्षीय अर्जुन राजवंशीलाई १ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय घैलाडुब्बाले बिर्तामोड -८ सुनौलो बस्तीका ३० वर्षीय विवेक लिम्बुलाई १३० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी टाघनडुब्बाले झापा गाउँपालिका-४ चर्तागाछीबाट शिवसताक्षी गाउँपालिका-९का १७ वर्षीय गौरव चौधरीलाई ५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर र नाइट्रोजन ट्याब्लेट १८ पिस प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ भने मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीले कानेपोखरी गाउँपालिका-७ स्थीतबाट पथरी शनिश्चरे नगरपालिका-७ का ३१ वर्षीय विवेक राईलाई ३ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।  

“TEA WITH TEAM” कार्यक्रम सम्पन्न
२०८३-०५-०५

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी कर्मचारीहरुबीच आपसी सद्भाव, आत्मीयता, सहकार्य र सामूहिक भावनाको विकास गर्ने उद्देश्यले ‘सहकर्मीसँग एक कप चिया “Tea With Team” कार्यक्रमको आयोजना गरेको छ । भदौ ०५ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरीष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुँयाल, कोशी प्रदेश प्रहरी तालिमकेन्द्र विराटनगरका प्रहरी वरीष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया लगायतका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुले, गायन, कविता, मुक्तक तथा आफ्ना अनुभवहरु सहितको प्रतिभाहरु प्रस्तुत गर्नु भएको थियो ।   कार्यक्रमलाई सम्वोधनको क्रममा  प्रमुख अतिथि खनालले प्रहरी कर्मचारीको मनोबल उच्च राख्न, सामूहिक भावनाको विकास गर्न, प्रहरी कार्यशैलीमा शिष्टता र सम्मानभाव अभिवृद्धि गर्न तथा सकारात्मक वातावरण निर्माण गर्न यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले व्यस्त व्यावसायिक जीवनशैली र कार्यबोझका कारण प्रहरी कर्मचारीबीच कायम रहनुपर्ने आपसी भ्रातृत्व, शिष्टाचार तथा सद्भावपूर्ण वातावरणलाई थप सुदृढ बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । साथै, कार्यक्रमले तनाव व्यवस्थापनसँगै ऊर्जावान प्रहरी कर्मचारीहरु भित्र रहेका प्रतिभा प्रस्फुटन गराउन र आपसी भावना तथा अनुभव आदानप्रदान गर्न मद्दत मिलेको बताउनु भयो । कार्यक्रममा बिधि विज्ञान प्रयोगशाला धरानका प्रहरी उपरीक्षक सुदन कुमार बिष्ट सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।