प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर परिसरमा नव निर्मित वाधापारको समुदघाटन

२०८१-०१-१९

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको परिसरमा नव निर्मित वाधापारको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले समुदघाटन गर्नु भएको छ । आज बिहान तालिम केन्द्र परिरमा भएको एक कार्यक्रमका विच प्रदेश प्रहरी प्रमुख खापुङले नव निर्मित वाधापारको समुदघाटन गर्नुका साथै वाधापारको निरीक्षण तथा प्रहरी कर्मचारीहरुद्वारा गरिएका वाधापारको नमुना प्रदर्शनीको समेत अवलोकन गर्नु भएको थियो ।

वाधापारको निरीक्षण अवलोकन पश्चात कार्यक्रमलाई सम्वोधन गर्नु हुदै प्रदेश प्रहरी प्रमुख खापुङले स्थापनाकाल देखिनै दक्ष प्रहरी जनशक्ति उत्पादन गर्दै आएको यस प्रहरी तालिम केन्द्रले प्रशिक्षण पद्दतिलाई समयानुकुल व्यवस्थित र  बैज्ञानिक ढंगबाट प्रशिक्षण  प्रदान गर्नमा नव निर्मित वाधापारले थप टेवा पुग्ने बिश्वास व्यक्त गर्नु भयो । वहाँले वाधपार अभ्यास तालिमा सहभागी प्रहरी कर्मचारीलाई मात्र नभई सम्पुर्ण प्रहरी कर्मचारीहरु समेतले उक्त अभ्यास दैनिकरुपमा गर्नु पर्ने बताउनु भयो । तालिम केन्द्रेको आफ्नै आन्तरिक सिमित स्रोत साधन र जनशक्तिबाट बाधापार निर्माण गर्न उल्लेख्य योगदान पुर्‍याउनु हुने समादेशक लगायत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई विशेष धन्यवाद समेत ब्यक्त गर्नु भयो ।

वहाँले यस तालिम केन्द्रले प्रशिक्षण पद्धतिलाई आधुनिक, व्यवस्थित तथा उपलब्धिमुलक बनाई  नयाँ चुनौतीसँग सामना गर्न सक्षम, व्यावसायिक एवं कर्तव्यनिष्ठ प्रहरी जनशक्तिको उत्पादनमा निरन्तर अगाडि बढिरन र देशकै नमुना तालिम केन्द्रकोरुपमा सदैव स्थापित राख्न कार्यरत प्रशिक्षक लगायत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो । 

उक्त कार्यक्रममा तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारीले प्रमुख अतिथि लगायत कार्यक्रममा उपस्थित सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुका साथै नेपाल प्रहरीको वाधापार अभ्यास सम्वन्धि मापदण्ड २०७८ र नेपाल प्रहरीको तालिम संचालन कार्यादेश २०७९ अनुसार वाधापार निर्माण गरिएको बताउनु भयो । साथै वाहाँले बाधापार अभ्यासले प्रहरी कर्मचारीहरुको शारिरिक र मानसिक स्वास्थ्य सुदृढ हुनुका साथै कार्य क्षमता अभिबृद्धि भई प्रहरीको कार्य सम्पादनमा प्रभावकारीता आउने वताउनु भयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि खापुङले वाधापार संरचना निर्माण कार्यमा उल्लेखनिय योगदान पुर्‍याउनु हुने प्रहरी कर्मचारीहरुलाई प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८१-०४-०२

झापा र खोटाङको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो दिउँसो खोटाङको साकेला गाउँपालिका-१ स्थितमा भोजपुरबाट दिक्तेल तर्फ जाँदै गरेको प्रदेश २-०१-००१ त २०१५ नम्बरको ट्रयाक्टर अनियन्त्रित दुर्घटना हुँदा ट्याक्टर चालक स्थानिय २१ बर्षीय जिवन देउजाको घटनास्थलमानै मृत्यु भएको हो । यसैगरी झापाको गौरादह नगरपालिका-१ स्थितमा दुई वटा मोटरसाईकल आपसमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका बा. ७० प १८१ नम्बरको मोटरसाईकल चालक गौरादह-१ का २४ बर्षीय सन्जोक भण्डारीको उपचारको क्रममा निम्स अस्पताल दमकमा मृत्यु भएको हो भने मे.६ प ५८१ नम्बरको मोटरसाईकल चालक सोही स्थानका २८ बर्षीय दुर्गा ताजपुरीयाको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भई रहेको छ । घटना सम्वन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट कानुनि कार्वाही तथा आवश्यक अनुसन्धान भईरहेको छ ।

कुटपिटबाट बालकको मृत्यु
२०८१-०४-०२

सुनसरीको बराहक्षेत्र नगरपालिका-३ का ४५ बर्षीय विर बहादुर बिश्वकर्माले कुटपिट गर्दा ६ बर्षीय बालकको मृत्यु भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा बराहक्षेत्र-३ का बिक्रम बि.क.को ६ बर्षीय छोरा अबि बि.क. रहेका छन । हिजो दिउँसो मादक पदार्थ सेवन गरेका बिर बहादुर बि.क.ले बालकले कानमा लगाएको सुनको मुन्द्री तान्ने क्रममा बालकले इन्कार गरे पश्चात बालकलाई शरिरको बिभिन्न भागमा कुटपिट गरी घाईते बनाएका थिए । घाईते बालकको बिपि कोईला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।  पक्राउ परेका बि.क.को इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आवश्यक अनुसन्धान तथा कानुनि कारवाही भईरहेको  छ ।

पहिरोले पुरिएर २ जनाको मृत्यु १ जना घाईते ।
२०८१-०४-०१

संखुवासभाको सिलिचोङ गाउँपालिका-१ बिलुवा दोभान स्थितमा पहिरोले पुरिएर एकाघरका २ जनाको मृत्यु र १ जना घाईते भएका छन् । आज बिहान ५ बजे मोतीमाया राईको टाटी बेरा भएको  घरमा ढुंगासंगै झरेको पहिरो खस्दा घर भित्र रहेका ६ जना मध्ये घर धनि ५५ बर्षीया मोतीमाया राई र बुहारी २७ बर्षीया समिक्षा राईको घटनास्थलमानै मृत्यु भएको छ भने छोरी २७ बर्षीया रबिना राई घाईते भएकी छन् । घाईते रबिनालाई थप उपचारको लागी नेपाली सेनाको हेलीकप्टरद्धारा उद्धार गरी सशस्त्र प्रहरी बल अस्पताल बलम्बु काठमाण्डौ लगिएको छ ।   अन्य घरका सदस्य ज्वाई नाताका ३३ बर्षीय मनि कुमार राई, नाती १२ बर्षीय अमिर राई र नतिनी ४ बर्षीया समृद्धी राईलाई सकुशल उद्धार गरिएको छ ।घटनास्थलमा प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय समखुवासभाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटि गई उद्धार कार्य भईरहेको  छ । घटनास्थल सदरमुकामबाट ५ घण्टा पश्चिम उत्तर पैदल दुरीमा रहेको छ ।