प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पोखरीमा डुबी बालकको मृत्यु

२०७८-०७-२२

  • A
  • A-
  • A+
Share

सुनसरी ईटहरी उपमहानगरपालिका ४  बस्ने बलिन्द्र अधिकारीको ४ बर्षीय छोरा दर्पण अधिकारीको पोखरीमा डुबी मृत्यु भएको छ ।

हिजो बेलुका ६ बजे घर नजिकै रहेको पोखरीमा डुबी घाईते भएका दर्पणको घोपा धरानमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८१-०१-२७

सुनसरीको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो लागु औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको को. १७ प ८९४९ नम्बरको स्कुटर चालक ईनरुवा नगरपालिका-३ का ४० बर्षिय आशिष राई र पछाडि सवार २२ बर्षिय शेवनन्द राजबंशीको साथबाट १५ ग्राम २ सय ४० मिलिग्राम ब्राउन सुगर र भोक्राहा नरसिंह गाँउपालिका-६ स्थितमा बा. ६८ प ८६९८ नम्बरको मोटरसाईकलमा सवार उदयपुरको बेलका नगरपालिका-९ का २६ बर्षिय नरेश बिश्वकर्मा र  सुनसरी बराहक्षेत्र नगरपालिका-७ का ३० बर्षिय सामुएल राईलाई ३ ग्राम ४ सय मिलिग्राम बाउनसुगर सहित नियन्त्रणमा लिएको  छ ।  यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-८ का २२ बर्षिय साजन बि.क. लाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा सहित १ जना पक्राउ
२०८१-०१-२६

सुनसरीको धरान उप-महानगरपालिका-२० स्थितबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान १० बजे अस्थाई प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा धनकुटाबाट धरानतर्फ आदै गरेको को.१ ज २१७८ नम्बरको यात्रुबाहक बलेरोमा सवार धनकुटा साँगुरीगढी गाउँपालिका-८ का २४ बर्षीय दिपक मुडेलले अम्लिसो कुचो भित्र कालो झोलामा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा ४ के.जी. ४०० ग्राम लागुऔषध गाँजा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।  

अनियन्त्रित भई ट्याक्टर भिरबाट खस्दा १ जना बालकको मृत्यु ८ जना घाईते
२०८१-०१-२६

ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिका-४ डुम्रिसे स्थितमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा १ जना बालकको मृत्यु भएको छ भने ८ जना बालबालिका घाईते भएका छन् । आज बिहान १० बजे कावेली खोलाबाट माकोजातर्फ जादै गरेको प्रदेश १-०१-००१ त ९०६९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडक देखि करिव १५ मिटर तल झरी दुर्घटना हुँदा ट्याक्टरमा सवार स्थानीय किरण तामाङको ९ बर्षीय छोरा श्री सिदेश्वरी मावि डुम्रिसेमा अध्ययनरत मानस तामाङको घटनास्थलमै मृत्यु भएको  तथा दुर्घटनामा घाईते भएका स्थानीय १२ बर्षीय शिखर काङलिवाको स्थानीय क्लिनिकमा उपचार भईरहेको , अन्य  ११ बर्षीय साईमन तामाङ, १३ बर्षीया सुष्मा तामाङ, १३ बर्षीय दिपेन्द्र तामाङ, १३ बर्षीया अनिषा बिश्वकर्मा, १४ बर्षीया मुना बिश्वकर्मा, १२ बर्षीया मनिषा तामाङ, र १५ बर्षीया गुञ्जना तामाङलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर पठाईएको छ । घटनामा संलग्न चालक फरार रहेकोले खोजतलास भईरहेको अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।